• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

११ जना मन्त्रीको पद गएसँगै के जसपा फेरि एकजुट होला?

64x64
वीरेन्द्र ओली मंगलबार, असार ८, २०७८  २२:५४
1140x725

काठमाडौं– संसद विघटन गरेर कामचलाउ भइसकेका प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार नभएको भन्दै सर्वोच्च अदालतले मंगलबार जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको मंगलबारको इजलासले जारी गरेको आदेशानुसार ओली सरकारका २० जना मन्त्री पदमुक्त भएका छन्। 

सर्वोच्चको आदेशानुसार पदमुक्त हुनेमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका ९ र राज्यमन्त्री बनेका २ गरी ११ जना पनि छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेस गर्दा औपचारिक रुपमा सत्ता राजनीतिको दुई कित्तामा उभिएको जसपाका दुई पक्ष अब एउटै धरातलमा आइपुगेका छन्। 

वैशाख २७ गते यता ओलीलाई परेका हरेक राजनीतिक अप्ठेरामा साथ दिँदै आएको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सर्वोच्चको आदेशानुसार सरकारबाट अलग्गिएको छ भने उसले एउटा उपलब्धि मानेको नागरिकतासम्बन्धी अध्यादेशलाई पनि सर्वोच्चले नै कार्यान्वयन नगर्न भनेर यसअघि नै रोक लगाइदिएको छ। 

मधेस आन्दोलनका क्रममा विभिन्न मुद्दा लागेर जेलमा रहेका नेता–कार्यकर्ता तथा आन्दोलनकारी रिहा र नागरिकतासँग सम्बन्धित आफ्नो अजेण्डा समेट्ने गरी अध्यादेश जारी भएको भन्दै जसपाको ठाकुर–महतो पक्ष सरकारमा सहभागी भएको थियो। तर, जसपाका १० जनाले १९ र १ जनाले १३ दिनमै मन्त्री पद गुमाएका छन्। 

वैशाख २७ गतेयताका राजनीतिक घटनाक्रमले जसपाको उपेन्द्र यादव– बाबुराम भट्टराई तथा ठाकुर–महतो पक्षलाई सत्ता विपक्षी र सत्तपक्षीय गरी बेग्ला बेग्लै गठबन्धनमा समाहित गराइदिएका थिए। यादव–भट्टराई पक्ष अहिले पनि सरकारको विपक्षमा रहेको नेपाली कांग्रेस तथा माओवादी केन्द्रसहितको गठबन्धनमा छ। यादव–भट्टराई पक्षका १२ जना 'सांसद'ले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने र संसद विघटन बदर गरिनुपर्ने मागदाबीसहित दायर भएको रिटमा हस्ताक्षर गरेका छन्। 

यसबीचमा मंगलबार ओली सरकारबाट महन्थ–राजेन्द्र पक्षका मन्त्रीको पद गुमेपछि जसपाको तल्लो तहका केही नेताहरुले पार्टी अब एक ठाउँमा आउन सक्ने बताउन थालेका छन्। अब दुवै पक्ष एउटै धरातलमा रहेपछि पार्टी एकताको वातावरण बन्नसक्ने केन्द्रीय, प्रदेश तथा जिल्ला समितिका कतिपय नेताहरुको बुझाइ छ। 

तर, यादव–भट्टराई पक्षका नेता राजेन्द्र श्रेष्ठ भने महन्थ–राजेन्द्र पक्ष सरकारबाट बाहिरिनेवित्तिकै पार्टी एक हुने सम्भावना नरहेको बताउँछन्। त्यसका लागि राजनीतिक दृष्टिकोण प्रमुख हुने उनको भनाइ छ। 'अहिलेको राजनीतिक घटनाक्रमप्रतिको दृष्टिकोण प्रमुख कुरा हो। त्यसपछि राजनीतिक विचार, सिद्धान्त र अजेण्डाका आधारमा एकता हुने हो,' श्रेष्ठ भन्छन्।

पार्टी विवादको मुद्दा निर्वाचन आयोगमा समेत पुगिसकेकाले अब आयोगले गर्ने फैसलानुसार आगामी परिदृष्य प्रष्ट हुने उनले बताए।

Ncell 2
Ncell 2

‘सरकारबाट बाहिरिँदैमा जसपा एक हुँदैन। जसपा विवाद निर्वाचन आयोग पुगिसकेको छ। त्यहीँबाट फैसला हुन्छ’, श्रेष्ठले नेपाल लाइभसँग भने, ‘महन्थ–राजेन्द्रपक्षले गल्ती भयो भनेर आत्मआलोचना गर्नुपर्‍यो। ओलीको कदम प्रतिगमनकारी नै हो, त्यसका विरुद्ध लाग्छौं भन्नु भएमा एक ठाउँमा बस्ने स्थिति हुनसक्छ।’

तर, महन्थ–राजेन्द्रपक्षका नेता उमाशंकर अरगरियाले आफूहरुले गल्ती नगरेकाले आत्मआलोचना नगर्ने ठोकुवा गरे। ‘मधेस आन्दोलनका मुद्धा फिर्ता भए, नागरिकता अध्यादेश आयो, अदालतबाट रोकिनु अर्कै कुरा भयो, संविधान संशोधनका लागि कार्यदल बनाएको छ’, अरगरियाले भने, ‘ हामी सरकारमा त्यसै उधारोमा गएका थिएनौं, नगदमा गएका हौं। आत्मालोचना गरेर जसपा एक हुने भन्दापनि बाबुराम–उपेन्द्रपक्षको भविष्य माओवादीसँग हुन सक्छ।’

बाबुराम उपेन्द्रपक्ष सरकारमा जाँदा अग्रमनकारी हुने आफूहरु सरकारमा जाँदा प्रतिगमनकारी हुनै नसक्ने अरगरियाले दाबी गरे।

यसरी निम्तियो विवाद
ओली सरकारलाई समर्थन गर्दै महन्थ–राजेन्द्रपक्षले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहनेगरी २ सदस्यीय कार्यदल बनाएको भन्दै चार जना नेतालाई ७२ घण्टे, २४ घण्टे स्पस्टिकरण सोध्दै बाबुराम भट्टराई र उपेन्द्र यादवपक्षले पार्टीबाट निष्काशन गरेका थिए। लगतै महन्थले उपेन्द्र यादवलाई उस्तै शैलीमा पार्टीबाट निष्काशन गरेका थिए।

ओलीले जसपाका अधिकांश माग र मुद्धा सम्बोधन गरेको भन्दै महन्थ–राजेन्द्रपक्षबाट ९ मन्त्री र २ राज्यमन्त्री भएपछि उनीहरुलाई समेत उस्तै स्पस्टिकरण साध्दै पार्टीबाट निकालिएको थियो। 

जसपामा एकपछि अर्को गर्दै दुबैपक्षले आरोप-प्रत्यरोप गर्न थालेपछि विवाद निर्वाचन आयोगमा पुगेको पुगेको थियो। आयोगले दुबैपक्षले कारवाही गरेको निवेदनलाई अवैधानिक ठहर गरेको थियो। आयोगको निर्णयमा पुर्नविचार गर्न बाबुराम–उपेन्द्रपक्ष बहुमत ३१ जना भन्दा धेरै कार्यकारिणी सदस्यको हस्ताक्षर लगेर निर्वाचन आयोगमा बुझाएका थिए। लगतै महन्थ–राजेन्द्रपक्षको कार्यकारिणी सदस्य कम भएपछि महन्थले आफू पहिलो नम्बरको अध्यक्ष भएकाले कार्यकारिणी सदस्य थप गर्न मिल्ने भन्दै २० जना थप गरेर आयोगमा बुझाए।

यसअघि बैठकले ठाकुरलाई कार्यकारणी सदस्य थप गर्ने अधिकार भएको भन्दै नक्कली माइन्यूट सार्वजनिक गरेपछि विवाद बढ्न थालेको हो। उक्त हस्ताक्षरलाई महन्थ–राजेन्द्रपक्षले वास्तविक भएको भन्दै दाबी गर्दै आएका छन्। तर, बाबुराम–उपेन्द्रपक्ष किर्ते भएको भन्दै नक्कली हस्ताक्षर गर्नेलाई कारवाही हुनुपर्ने माग राखेका छन्। 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  २२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद (नामावलीसहित) दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । सोमबार, चैत २, २०८२
राष्ट्रपति पौडेलसँग योगेश भट्टराईले गरे भेट भेटमा भदौ २३ र २४ का घटनापछि उत्पन्न अनिश्चिततालाई अन्त्य गर्न राष्ट्रपतिले खेलेको अभिभावकीय भूमिकाप्रति भट्टराईले धन्यवाद व्यक्त गर... सोमबार, चैत २, २०८२
अर्थमन्त्री र वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट भेटका क्रममा अर्थमन्त्री खनालले समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने, पुँजी बजारलाई पारदर्शी र आ... सोमबार, चैत २, २०८२
ताजा समाचारसबै
मातृभूमि सम्झेर लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान सोमबार, चैत २, २०८२
काठमाडौँमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना सोमबार, चैत २, २०८२
यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद (नामावलीसहित) सोमबार, चैत २, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा सोमबार, चैत २, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
यी हुन् रास्वपाले टुंगो लगाएका समानुपातिक उम्मेदवार (सूचीसहित) आइतबार, चैत १, २०८२
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला आइतबार, चैत १, २०८२
बालुवाटार पुगेर कांग्रेसका नेताहरूले भेटे प्रधानमन्त्री आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्