• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सर्वोच्चमा बुझाएको हस्ताक्षर स्वीकार्न सकिन्न, जेठ २ को एमाले २४१ केन्द्रीय सदस्यसहितको हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, असार ४, २०७८  २२:४२
1140x725

नेकपा एमालेमा अन्तरसंघर्षरत दुई पक्षबीचको असमझदारी कायमै छ। एक पक्षले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छ। देउवालाई प्रधानमन्त्री तोक्न र प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधि सभा विघटन बदर गर्न माग गर्दै यो हस्ताक्षर सर्वोच्च अदालतमा दायर रिटमासमेत बुझाइएको छ। यो मुद्दा अहिले अदालतमा विचाराधीन छ।

यहीबीचमा दुई पक्षबीच समझदारी निर्माण गर्न दोस्रो पुस्ताका नेताहरु छलफलमा जुटिरहेका छन्। हालसालै उपप्रधानमन्त्रीको जिम्मेवारीबाट मुक्त भएर ईश्वर पोखरेल पार्टीको जिम्मेवारीमा केन्द्रित छन्। पोखरेल एमालेका महासचिव हुन्। एकताका लागि नेपालपक्षका नेताहरुसँग अनौपचारिक छलफल पनि गरिरहेका छन् उनी। एमालेको एकताका विषयमा पोखरेलसँग नेपाल लाइभका लागि डिबी खड्काले गरेको संवाद:

नेकपा एमालेको महासचिवकै रुपमा सम्बोधन ठीक कि नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको महासचिव भनेर सम्बोधन गर्नुपर्थ्यो तपाईंलाई?
म नेकपा एमालेको महासचिव हुँ। नवौं महाधिवेशनले निर्वाचित गरेको महासचिव हुँ। पार्टी एकता हुँदा महासचिव रहिनँ। जिम्मेवारी त छँदै थियो। फागुन २३ को निर्णयपछि म महासचिवका रुपमा कायम छु। म 'फुल फ्लेज' महासचिवका रुपमा कार्यरत हुनुपर्छ। आयोजक कमिटी त केन्द्रीय कमिटीले बनाएको हो। अधिवेशनका समयमा आयोजक कमिटी बन्छन्। त्यहाँ अध्यक्ष र महासचिव हुन्छन्। त्यसको पनि म महासचिव हुँ।

एमाले २०७५ जेठ २ गते फर्कनुपर्ने वरिष्ठ नेता नेपालपक्षको मागअनुसार जान तयार हो कि होइन भनेर मैले त्यसरी सवाल गरेको थिएँ!
वास्तवमा म एमालेकै महासचिव हुँ। त्यो दशौं महाधिवेशन आयोजक कमिटी र केन्द्रीय कमिटी भनेको प्राविधिक दृष्टिकोण मात्रै हो। जहाँसम्म फागुन २३ गतेको फैसलाले २०७५ साल जेठ ३ गतेभन्दा पहिलेको अवस्थामा पुर्‍यायो। २०७५ साल जेठ ३ गते एकीकरण हुनुअघिको अवस्थामा हामी पुगेका हौं।

एमालेभित्र जुन विग्रह देखिएको छ। दु:खद् सिलसिला चलिरहेको छ, अध्यक्षले त्यसको अन्त्य गर्नका लागि अपिल गरेर एकताका लागि बीचमा जेसुकै निर्णय भएका भए पनि जेठ २ गतेको ‘लेजिटिमेट’ बोर्डरलाइनमा उभिन्छौं भन्नुभएको हो।

ठ्याक्कै जेठ २ मा उभिन तपाईंहरु तयार भएको हो?
तयार भएको होइन, पार्टी अध्यक्षले औपचारिक रुपमा अपिल नै गर्नुभएको छ। म ‘यदि, तर’ नराखी भन्न चाहन्छु, जब सर्वोच्चले अदालतको फैसलापछि एमाले भएपछि हामी जेठ २ गते नै पुग्यौं। हाम्रो विरासत सीमा रेखा त्यही हो।

यसमा के बुझ्नुपर्छ भने तीन वर्षको अवधिमा त्यसबेलाको नेकपा एमालेका कति नेताहरु कता लाग्नुभयो, कतिको निधन भयो, कतिले पार्टी छाडे, कति निष्क्रिय भए होलान्। कति अन्य पार्टीबाट आएका छन्। अबको एमाले भनेको हिजोको एमाले होइन, एकीकरणको ‘स्पिरिट’लाई पनि प्रतिनिधित्व गर्ने एमाले हो। त्यसरी आएका साथीहरु कति केन्द्रमा हुनुहुन्छ, कति प्रदेशमा हुनुहुन्छ। स्थानीय तहमा नयाँ साथी संगठित हुनुभएको छ। त्यसैले यसका दुईटा आयाम छन्, विरासतको सीमा रेखा त्यही जेठ २ गते हो। यसलाई यान्त्रिक ढंगले मात्रै बुझ्नु हुँदैन। विकसित अवस्था पनि यहीँभित्र छ भनेर बुझ्नुपर्छ।

जेठ ३ पूर्व भन्नाले नेकपा माओवादी केन्द्रबाट आएका नेताकार्यकर्ताहरु र नेकपा बनाउँदा बढुवा भएर केन्द्र र स्थायी कमिटीमा पुगेकाहरु कायम छन् भन्ने बुझ्ने हो? 
यसमा अलमल भयो। यो २०७७ साल फागुन २३ गतेको फैसलापछि विरासतको सीमारेखा सर्वोच्च अदालतले त्यहाँ देखाइदियो। माओवादी केन्द्र आफ्ना अवस्थामा जाऊ, एमालेहरु आफ्नो ठाउँमा जाऊ भनिदियो अदालतले। तर, एकीकरणको झन्डा बोकेर आउनुभएका साथीहरुले परिवर्तित सन्दर्भमा पनि एमालेले एकीकरणको स्पिरिट बोकेको हुनाले यसैमा कायम रहन्छौं भन्नुभयो। उहाँहरु २०७५ जेठ २ गते पुग्नुभएको होइन, एकीकरणको स्पिरिट बोकेको एमालेमा आउन चाहनुभएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

हामी जब दुईटा पार्टी एमाले र माओवादी केन्द्र मिलिरहँदा केन्द्रीय नेतृत्वमा २०० र २४१ को कुरा थियो। त्यसबेला एमालेको तर्फबाट अन्तिम माइन्युटमा जो २४१ दर्ज छन्, ती त एमालेको आधिकारिक केन्द्रीय कमिटी सदस्यका रुपमै छन्। एमालेभित्र निर्वाचित भएर विभिन्न समयमा मनोनीत भएर आएकाहरु गरी २४१ हुनुहुन्छ। यो अन्तिम समयसम्म रहेको र एकीकरणको भावना बुझेको एमाले हो।

नेकपा एमालेमा चर्को दुईलाइन संघर्ष चलिरहेको छ। एउटै लाइनमा आइपुग्ने सम्भावना कमजोर रहेको भन्ने अनुमान हुन थालेको छ। त्यस्तो बेला एमालेको महासचिव सरकारको समेत जिम्मेवारीबाट मुक्त भएर पार्टी सम्हाल्न आइपुग्नुभएको छ। सम्हालिन्छ त यो पार्टी?
सम्हाल्छौं हामी। सबै साथीहरुलाई जानकारी गराउन चाहन्छु, चुनौती छन्। पहिलेका भन्दा विशिष्ट चुनौती छन् तर ती चुनौती सामना गर्ने क्षमता आर्जन गर्छौं। अब हामी पार्टीलाई नयाँ ढंगले अघि बढाउने र आन्दोलनलाई नयाँ ढंगले विकास गर्ने काम गर्छौं।

यो काम गर्नका लागि हाम्रो कार्यदिशासँग जोडिएको विषयमा एउटा उचाइबाट बहस गर्छौं। हाम्रो संगठनात्मक सिद्धान्तका विषयमा नयाँ ढंगले छलफल गर्छौं। पार्टी र सरकारको अन्तरसंघर्षका विषयमा नयाँ ढंगले छलफल गरेर निष्कर्षमा पुग्छौं। खासगरी पार्टी जीवनको लोकतान्त्रीकरणका सन्दर्भमा केही परिवर्तन जरुरी छ। एमालेले हिजो आफ्नो पार्टी जीवनलाई लोकतान्त्रिक बनाइरहँदा जुन खालको अभ्यास अगाडि बढायो, त्यो अभ्यासलाई पनि रिभिजिट गर्नुपर्छ भन्ने पक्षमा छौं। यिनै चारवटा कुरामा केन्द्रित भएर हामी आउने दिनमा पार्टीलाई अघि बढाउँछौं।

Xtrem

Xtrem

अध्यक्ष ओलीले दुई हप्ताअघि एकताको आह्वान गर्नुभयो। त्यसको जवाफ नेपालपक्षले पठायो। त्यसपछि त्यो एकता प्रक्रिया त्यहीँ रोकियो कि गतिशील नै छ?
मध्यरात भइसकेपछि उज्यालो हुन थाल्छ। अब दुईटा मात्र विकल्प छन्। कि नेकपा एमालेमा देखिएका यी समस्यालाई समाधान गर्नुपर्‍यो, कि नेकपा एमालेका नेता कार्यकर्ताले अहिलेसम्म नझेलेको समस्या झेल्नका लागि तयार हुनुपर्‍यो। हामीहरुले यसखालका समस्या सिर्जना हुन दिनुहुँदैन। हामीले जे-जे गल्ती कमजोरी गर्‍यौं, त्यसलाई महसुस गरौं। २०७५ जेठ २ वरिपरिकै विरासतबाट अघि जानुपर्छ। विकसित अवस्थालाई बुझेर जानुपर्छ। यसबीचमा भनिएका, गरिएका र बोलिएका कुरालाई पनि रिभिजिट गर्नुपर्छ। यी दुईटा काम गरेर यो विग्रहको अवस्थालाई रोक्नुपर्छ। म महासचिवका रुपमा सम्पूर्ण साथीहरुलाई आह्वान गर्छु, यो विग्रहबाट पार्टीलाई बचाउँ।

यहीबीचमा दुई पक्षका स्थायी कमिटी सदस्यहरुको संयुक्त बैठक बोलाउने तयारी पनि भइरहेको थियो। त्यो एकाएक रोकियो। नमिल्ने अवस्थामा पुगेर रोकिएको हो वा अझै मिलाएर बोलाउन?
बैठक बोलाउने कुरा अध्यक्ष र महासचिवको परामर्शमा हुन्छ। मलाई अध्यक्षले बैठकका लागि निर्देशन गर्नुभएको छैन। परामर्श पनि भएको छैन तर, बोलाउनुपर्छ भन्नेचाहिँ भएको छ। बोलाउनका लागि बोलाउने होइन, आवश्यक गृहकार्य गरेर बोलाउनुपर्छ। दैनदिनका समस्याहरु हल गर्दैछौं। त्यसपछि आवश्यक तयारी गरेर बैठक बोलाउँछौं। नेकपा एमालेको बैठक बोलाउँछौं।

शीर्ष नेताहरुसँग वर्षौं पुराना रिसराग होलान्। हिसाबकिताब पनि होलान्। तर, त्यही पार्टीका तपाईंलगायत अन्य नेताहरुलाई त्यसको असर पार्टीमा पर्न नदिएर एकता गर्न केले रोक्यो?
रोकिएको छैन। साथीहरु लागिरहनुभएको छ। एकअर्काका चिन्ताचासो बुझ्ने काम भइरहेको छ। हामी परिस्थितिलाई सकारात्मक दिशामा लैजाने कोसिसमा छौं।

शीर्ष नेतृत्वको त आफ्नो कुरा भइहाल्यो। तपाईंहरु दोस्रो तहका नेताहरु अजेन्डामा केन्द्रित कम आफ्नै राजनीतिक भविष्यप्रति बढी केन्द्रित भएर अघि बढ्दा यस्तो अवस्था आइलागेको कोणबाट पनि विश्लेषण हुन थालेको छ। के त्यो एक हदसम्म सही हो?
देख्नेहरुले केही टिप्पणी गर्नुहोला। म पूरा जिम्मेवारीसाथ भन्छु, मलगायत अहिले जो साथीहरु क्रियाशील हुनुहुन्छ, आफ्नो बारेमा चिन्ता लिएर हुनुभएको हैन। यो पार्टी र यो पार्टीले गरेको आन्दोलन र विग्रहका संकेत जुन देखापरेका छन्, त्यसलाई कसरी सम्बोधन गर्ने हो? यसको अन्त्य कसरी गर्ने हो? त्यसमा लाग्नुभएको छ। म उहाँहरुको प्रयत्नप्रति खुसी छु। 

पछिल्ला दिनमा विग्रहबाट जोगाउन तपाईं आफैं पनि लाग्नुभएको छ। दुवै पक्षबाट दोस्रो तहका प्रभावशाली नेता लागेका छन्। तर, सहमति हुन चाहिँ किन सकिरहेको छैन?
साथीहरुसँग कुराकानी हुँदा विभिन्न कारण र पृष्ठभूमिले विग्रहको अवस्था आयो। यसपछाडिका कारणको समेत समीक्षा नगरौं, यसरी विग्रह रोक्न सकिन्छ। त्यतातिर केन्द्रित हौं भनेर लागेका छौं। यसीबीचमा मत मात्रै होइन, मन पनि फाटे। मतसँगै मन कसरी मिलाउने भनेर जिम्मेवारीका साथ हामीले छलफल गरिरहेका छौं।

शीर्ष नेतृत्वको आपसी लडाइँका कारण एकीकृत भइसकेको नेकपा एमाले र माओवादी केन्द्र भयो। एमाले पनि एक नरहने अवस्थामा पुग्यो। यसरी पार्टीलाई फुटाउँदै लैजाने शीर्ष नेतृत्वमाथि तपाईंहरुको हस्तक्षेपकारी भूमिका किन देखिएन?
जो नेतृत्व गरेको पंक्ति छ, त्यसलाई सम्मान गर्ने स्कुलिङबाट हामी आएका हौं। त्यसलाई कमजोर हुन दिँदैनौं। तर, यो गरिरहँदा आफ्नो भूमिकालाई पनि प्रभावकारी बनाउनुपर्छ भन्नेमा सचेत छौं। दुवै कुरालाई समन्वय गरेर लैजान्छौं। यसैगरी नयाँ पुस्ताको जुन कुरा छ, नयाँ पुस्ताले त नयाँ ढंगले अगुवाइ गर्दै स्थापित हुँदै जान्छ। टीका लगाएर, घोषणा गरेर सेलिब्रिटी ढंगले प्रस्तुत भएर मात्रै हुँदैन। आफ्नो परिभाषित जिम्मेवारीमा क्षमता देखाएर मात्रै नेतृत्वको दाबी गर्न सकिन्छ।

एकता त भन्नुहुन्छ तर संस्थापन पक्षले एकतालाई जहिल्यै दाउपेचका रुपमा मात्रै प्रयोग गरिरहेको आशंका गरिन्छ नि?
सम्बन्ध बिग्रिएको बेला शंका उपशंका हुन्छन्। आरोप प्रत्यारोप चल्छन्। हेक्का त राख्नुपर्छ तर, त्यसलाई ठूलो मुद्दाका विषय बनाउनु हुँदैन। हिजो त्यस्तो गरिएको वा भनिएको रहेछ भने पनि एकताका लागि साथीहरु योगदान गर्नुहुन्छ भने त्यो विषय सम्झेर अहिलेको योगदान कमजोर बनाउनु हुँदैन।

महासचिव आफैंमा समन्वयकारी जिम्मेवारी हो। दुई पक्षलाई एक ठाउँ ल्याउन समन्वय त गरिरहनुभएकै होला। दुवैपक्ष एक ठाउँ आउन अध्यक्ष ओलीबाट के त्याग जरुरी छ र नेपालबाट कस्तो त्यागको अपेक्षा छ?
यसमा चाहिँ बढीघटी त्यागको कुरा गर्न चाहन्न। यो पार्टीको हितमा, आन्दोलनको हितमा र जनताका सपनामा तुषारापात नहोस् भन्नका लागि वास्तवमा हामी हरेकले जस्तोसुकै त्याग गर्न तयार छौं। यसमा हामी स्पष्ट छौं, कोही स्पष्ट छैन भने पनि स्पष्ट हुनुपर्छ। आन्दोलन र पार्टीलाई कमजोर बनाएर हामी बलियो बन्न सक्दैनौं।

त्यसकारण विधि पद्धतिबाट स्थापित भएका कुराहरु त्यहीअनुसार त्याग हुन्छन्। जस्तो, ओली नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ। उहाँ विधिसम्मत आएको अध्यक्ष हो। आउने दशौं महाधिवेशनमा अध्यक्षलगायत पदाधिकारीको छलफल हुन्छ। हुन पाउँछ। त्यसअघि नै अनेक ढंगका कुरा गरियो भने कस्तो सुनिन्छ? कस्तो देखिन्छ? त्यसले पार्टीभित्रको एकतालाई कस्ता देखाउँछ? त्यसैले हामीले कुनै कुरा बोलिरहँदा र प्रश्न गरिरहँदा त्यसको संगति मिल्नुपर्छ।

एमालेका २३ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी हस्ताक्षर गर्नुभएको छ र त्यो हस्ताक्षर सर्वोच्च अदालतमा छ। त्यसलाई संस्थापन पक्षले सबैभन्दा ठूलो विषय बनाएको छ। हस्ताक्षर फिर्ता लिनुभएन भने पनि एकता सम्भव छ?
आफ्नो पार्टीको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ। त्यो प्रधानमन्त्रीलाई हटाएर प्रमुख प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन यदि हस्ताक्षर गरिन्छ भने त्यो अदालतमा मुद्दाका रुपमा अघि बढ्छ भने कस्तो सुनिन्छ? संस्थापन पक्षले कसरी लिन्छ? जिज्ञासाभन्दा पनि यो कस्तो विद्रुप देखिएला? यो आजका लागि मात्रै होइन, इतिहासमा अभिलेखका रुपमा रहन्छ। जतिसुकै पीडा भए पनि, जति धेरै मन दुखेको भए पनि जतिसुकै गलत कुरा भए पनि यो तहको कृत्य गलत हो। यसलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन।

यसलाई उहाँहरुले भीरमा धकेलेपछि जोगिन समातेको झ्याङको परिभाषा दिनुभएको छ। गल्ती त धकेल्नेको पनि होला नि?
विषयवस्तुलाई भावनात्मक रुपले मात्र हेर्नुहुँदैन। त्यसको संगठनात्मक प्रमाणीकरण र औचित्य पुष्टि हुनुपर्छ। आज त तर्क गरौंला, हामीलाई खपिनसक्नु भएर यस्तो गरियो भनौंला। टिक्नै सकिएन, मनै थाम्न सकिएन भनौंला। इतिहासको कठघरामा यस्ता कृत्यहरु कुन रुपमा दर्ज हुन्छन्? त्यो ख्याल गर्नुपर्छ कि पर्दैन? भोलिको पुस्ताले यसलाई कसरी अनुशरण गर्ला? त्यो पनि ख्याल गर्नुपर्छ।

एमालेकै एउटा तहका नेताहरुले एमाले विग्रहलाई स्वार्थकेन्द्रित नेताहरुको अतिवादी सोचको उपज भनेका छन्। समकक्षीबाट चुनौती देखेर फाटोमै रमाइरहेको आरोप लगाइरहेका छन्। त्यो आरोपबाट त तपाईं पनि मुक्त हुनुहुँदो रहेनछ नि?
त्यो गलत आरोप हो। दृष्टिदोषीले त्यस्तो आरोप लगाउँछन्। म जहिले पनि पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिँदै आएको छु। एकताका विषयमा मेरो धारणा यसअघि पनि राखें। यस्तो आरोप जसले लगाउनुभएको छ, या त उहाँहरुले मलाई बुझ्नुभएको छैन, या त पूर्वाग्रह पीडितले त्यसो भन्छन्। पूर्वाग्रह पीडितलाई त के भन्नु? नबुझेका साथीहरुलाई मलाइै अझै नजिकबाट चिन्न आग्रह गर्दछु। हाम्रो व्यक्तिगत जीवन र पदभन्दा ठूलो पार्टीको एकता हो। अखण्डित एमाले नै हो।

दशौं महाधिवेशन घोषणा भएको छ। महाधिवेशन गर्नकै लागि घोषणा भएको हो भने मंसिरमा हुन्छ। त्यो महाधिवेशनमा तपाईंको दाबी अध्यक्षमा देखिन्छ त? 
अध्यक्षको विज्ञापन गर्ने बेला होइन। कामकुरा एकातिर कुम्लो बोकी अर्कैतिर भने जस्तै भयो। त्यसबेलाको आवश्यकता के हुन्छ? परिस्थिति कस्तो हुन्छ? देशभरिका कार्यकर्ताले माग के गर्छन्? त्यसमा भर पर्ने कुरा हो। निरपेक्ष प्रश्नको उत्तर हो भने त म अयोग्यता राख्दिनँ। मेरो निष्ठाले, निरन्तरताले, पृष्ठिभूमिले र सापेक्षित योग्यताले दाबी गर्न सकिन्छ। तर, यो दाबी गर्ने बेला हो? यतिबेला दाबी गर्न सुहाउँछ?

अहिले हामी समस्यामा छौं। यसको समाधान गरेर अघि बढ्नुपर्नेछ। को अध्यक्ष हुने र नहुने भनेर तँछाड र मछाड गर्ने बेला होइन। एमालेभित्र पदीय हिसाबले म दोस्रोपटक महासचिव छु। मेरो इतिहास र निष्ठाले जिम्मेवारी लिने कुरा अन्यथा होइन। तर, अहिले त्यो बेला होइन।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ
गगनलाई बधाई दिँदा खड्गीले के भने?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन शनिबार, असोज २४, २०८३
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्