• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कृष्ण थापाको पुनर्बहाली खारेज भएपछिको प्रश्न– अरु ८ जना प्रदेश सांसदको पद के हुन्छ?

64x64
दुर्गा दुलाल मंगलबार, असार १, २०७८  ०८:५०
1140x725

काठमाडौं– पार्टीले कारबाही गरेपछि पद गुमाए पनि सर्वोच्च अदातलको आदेशले हालसम्म ९ जना प्रदेश सभा सदस्य पुनर्बहाली भएका थिए। तर, राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेश सभा सदस्य रहेका कृष्ण थापालाई पुनर्वहाली गर्ने अन्तरिम आदेश भने सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ। 

आफ्नो दल (राष्ट्रिय जनमोर्चा)को सिफारिसानुसार प्रदेश सभाले सांसदबाट कारबाही गरिएको सूचना निकालेपछि थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। थापाको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको जेठ २३ गतेको इजलासले उनलाई प्रदेश सभा सदस्यबाट कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। 

सर्वोच्चको अन्तरिम आदेशविरुद्ध गण्डकी प्रदेश सभा सचिवालय, सभामुख नेत्रनाथ अधिकारी र राष्ट्रिय जनमोर्चाले पुनरावलोकनको निवेदन (भ्याकेट) दर्ता गरेका थिए। पुनरावलोकनको निवेदनमाथि सोमबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले यसअघि (जेठ २३ गते) को अन्तरिम आदेश खारेज हुने आदेश गरेको छ। 

एउटै प्रकृतिको थापाको मुद्दामा पुनर्बहाली गर्ने अन्तरिम आदेश खारेज भएपछि सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका अन्य ८ जना सांसदको हकमा के हुन्छ?  

जसपाका चार  सांसदको मुद्दा 


पार्टीको ‘केन्द्रीय नीति विपरीत’ नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन गरेको तथा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पनि मन्त्री हुन गएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सभाका आफ्ना ४ जना सदस्यलाई कारबाही गरेको थियो।    

जसपा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यहरुको बैठकले लुम्बिनी प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई कारबाही गरेको थियो। 

लुम्बिनीका मुख्यमन्त्री  पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले वैशाख ६ मा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। सोही दिन दिउँसो अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये जसपाका ४ जना सांसदहरु पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। जसपाका पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, यादव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, पाण्डे शिक्षा तथा सामाजिक विकासमन्त्री र रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुलाई पार्टीले मन्त्रीबाट राजीनामा दिएर फिर्ता आउन निर्देशन दिँदै स्पष्टिकरण समेत सोधेको थियो। स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरु कारबाहीमा परेका थिए। 

सांसदबाट हटाउने निर्णयविरुद्ध उनीहरुले जेठ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले जेठ ३ गते ४ जनालाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश नहकुल सुवेदीको इजलासले उनीहरुलाई आफ्नो कुरा भन्ने मौका समेत नदिइ कारबाही भएको भन्दै पुनर्बहाली हुने आदेश गरेको थियो।

यो मुद्दामा दोस्रो पेसी जेठ १६ गते रहेको थियो, तर विपक्षीबाट स्थगितको निवेदन आएपछि हटेको थियो। अव अर्को सुनुवाइको पेसी असार ७ गते रहेको छ। उक्त दिन अन्तरिम आदेश निरन्तर भएमा उनीहरुको पद निरन्तर हुने छ, खारेज गरेमा भने उनीहरुले सांसद पद गुमाउने छन्। 

कर्णाली  प्रदेशको विवाद 


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गत वैशाख १ गते (नयाँ वर्षको दिन) विश्वासको मत लिने निर्णय गरे। विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गर्दै शाहीले पत्र लेखेपछि प्रदेश सभा सचिवालयले वैशाख ३ गते (शुक्रबार)को बैठकमा कायसूची तोक्यो। 

मुख्यमन्त्री शाहीको दल माओवादी केन्द्रका १२ तथा नेपाली कांग्रेसका ६ सांसदले समर्थन गर्दा मात्रै शाहीको सरकार जोगिने अवस्था थिएन। प्रदेश सभामा १ सांसद रहेको राप्रपाले तटस्थ बस्ने निर्णय गरेपछि शाहीको सरकार जोगाउन ४ सांसदको साथ आवश्यक पर्‍यो। शाही सरकारबाट समर्थन फिर्ता लिएको नेकपा एमालेले विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेर सांसदहरुलाई ह्वीप समेत जारी गरेको थियो। तर, एमालेका ४ सांसदले विश्वासको मतको पक्षमा मत दिएर शाहीको सरकार जोगाइदिए। 

माओवादीको सरकार जोगाउन ‘फ्लोर क्रस’ गर्ने सांसदलाई नेकपा एमाले (ओली पक्ष)ले प्रदेश सभा सदस्य नरहने गरी कारबाही गर्‍यो। एमालेको १० औं महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयपछि प्रदेश संसदीय दलको सिफारिसानुसार प्रदेश सभा सचिवालयले प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा प्रदेश सभा सदस्य नरहेको सूचना पनि निकाल्यो। 

प्रदेश सभा सदस्यबाट हटाउने गरी कारबाही गरिएको १ महिनाभन्दा बढी समयपछि (जेठ २६ गते) मात्रै ४ जनाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराए। रिट दर्ता भएको भोलिपल्टै सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले ४ जनामाथि गरिएको कारबाही मान्य नहुने आदेश जारी गर्‍यो। 

राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रदेश सभा सदस्यलाई पार्टीको केन्द्रीय समिति (कमिटी)ले मात्रै कारबाही गर्न सक्ने सर्वोच्चको ठहर छ। एमालेको १० औं महाधिवेशन आयोजक कमिटी आधिकारिक पार्टी संरचना नभएकाले त्यसले गरेको कारबाही मान्य नहुने सर्वोच्चले आदेशमा भनेको छ। 

अदालतले अन्तरिम आदेशमार्फत उनीहरूको पद थमौति मात्र गरेन, ओली पक्षको कारबाहीमाथि नै प्रश्न उठायो। थापा दैलेख १ ‘ख’, ज्वाला सल्यान १ ‘ख’, शाही कालिकोट १ ‘क’ र बुढा डोल्पा १ ‘क’ बाट प्रदेश सभाबाट निर्वाचित भएका थिए।  उनीहरुको निवेदनमा दोस्रो सुनुवाइको पेसी हालसम्म सार्वजनिक भएको छैन।  

सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका सांसदलाई एमालेले ‘स्वीकार’ गरिसकेको छ। उनीहरु सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा भएको छलफलमा पनि उपस्थित भएका छन्। 

सर्वोच्चबाट औंल्याइएका केही प्रक्रियागत त्रुटी  
प्रदेश सभा सदस्यहरुलाई भएको कारबाहीसँग सम्बन्धित मुद्दामा जारी आदेशमा सर्वोच्च अदालतले मुख्यतः ३ वटा कुरा उठाएको देखिन्छ। स्पष्टीकरणको मौका नदिएको, प्राकृतिक न्यायको सिद्धान्त पालना नभएकोे र कारबाही गर्ने निकायले नगरी अन्यत्रबाट भएको भन्ने विषयलाई सर्वोच्चका आदेशमा ‘त्रुटी’का रुपमा औंल्याइएको छ।

सर्वाेच्चको अन्तरिम आदेशले संघीय संसद् वा प्रदेश सभाभित्र लगाइएको ह्वीप बाहेकका अन्य निर्देशन नमानेकै आधारमा पार्टीले सांसदहरूलाई पदमुक्त गर्न नपाउने ‘मान्यता’लाई आत्मसात गर्न खोजेको कानुन व्यवसायीको भनाइ छ। 

ह्वीप उल्लंघन गरेको अवस्थामा पनि कानुनले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्रै सम्बन्धित पार्टीको केन्द्रीय समितिले पदमुक्तको निर्णय गर्न पाउने विषयलाई अन्तरिम आदेशमा जोड दिइएको छ। पछिल्लोपटक कर्णाली र लुम्बिनी प्रदेशको विवादमा केन्द्रीय समिति बाहेक (अन्य निकाय)ले कारबाहीको निर्णय गरेको विषय सर्वोच्चको आदेशमा औंल्याइएको छ। गण्डकी, कर्णाली र लुम्बिनीका तीनवटै मुद्दामा सर्वोच्चले औंल्याएको त्रुटी हो– आफ्नो कुरा भन्न पाउने प्राकृतिक न्यायको सिद्धान्त पालना नहुनु। प्राकृतिक न्यायको सिद्धान्त पालना नभएको देखिएकाले सर्वोच्चले जनमोर्चाका गण्डकी प्रदेश सांसदलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो। तर, थापालाई पार्टीले पुनः कारबाही गरिसकेको अवस्थामा पहिलेको अन्तरिम आदेश खारेज हुने सर्वोच्चले सोमबारको आदेशमा ठहर गरेको छ। 

यी तीन वटै प्रदेशका सांसदको मुद्दामा सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा भएको दलत्यागसम्बन्धी प्रावधान अनुकुल नभएको भनेर उल्लेख गरेको छ। उक्त ऐनले संघीय संसद् वा प्रदेश सभाका कुनै पनि सांसदले दल त्याग गरेमा पदमुक्त हुने व्यवस्था गरेको छ। दफा ३२ मा ‘सांसदले दलको सदस्यबाट लिखित रूपमा राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा वा अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने छ’ भनिएको छ। यो अवस्थामा ती सांसदले पद गुमाउनेछन्। 

माओवादी केन्द्रका नेता रहेका राष्ट्रिय सभा र प्रतिनिधि सभाका केही सांसदहरु भने यसैगरी दल त्याग गरेर कारबाहीमा परेका थिए। राष्ट्रिय सभाका सदस्यहरु रामबहादुर थापा 'बादल' र चन्द्रबहादुर खड्का तथा प्रतिनिधि सभाका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी एमालेमा गएपछि पार्टीले कारबाही गरेपछि सांसद पद गुमाएका थिए। 

तर, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा क्रमशः राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (जसपा) र एमालेका सांसदहरू भने यो प्रावधानअनुसार पदमुक्त भएका थिएनन्। राजनीतिक दलसम्बन्धी ऐनले संघीय संसद् वा प्रदेश सभामा दलको ह्वीप उल्लंघन गर्ने सांसदलाई पनि सम्बन्धित पार्टीले प्रक्रिया पुर्‍याएर कारबाही गर्नसक्ने व्यवस्था अनुसार उनीहरु कारबाहीमा परेका थिए। 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा ‘संसदीय दलको नेताको निर्देशनमा सचेतकले सघीय संसद्को कुनै सदन वा प्रदेश सभामा हुने मतदानमा त्यस्तो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलको सदस्यलाई ह्वीप जारी गर्नसक्ने’ भनिएको छ। यसरी ह्वीप उल्लंघन गरेको आरोपमा कारबाहीका लागि प्रक्रियाहरु तोकिएका छन्। शुरुमा सचेतकले पार्टीको केन्द्रीय समितिलाई जानकारी दिने, उसले स्पष्टीकरण सोध्ने, कारबाही गर्नुपूर्व सफाइको मौका दिने, अनि मात्रै केन्द्रीय समितिले कारबाहीको प्रक्रिया अघि वढाउने व्यवस्था दल सम्वन्धी ऐनमा उल्लेख छ। यसरी कारबाही गरेको पत्र सम्वन्धित संसदमा पुग्नुपर्ने छ। संसदको अधिवेशन नभएको अवस्थामा सभामुखले सुचना प्रकाशन गर्दै सांसद पदवाट पदमुक्त गराउन सक्ने छ। यी सबै प्रक्रिया पालना नभएको देखेपछि सर्वोच्चले गण्डकी, लुम्बिनी र कर्णालीमा गरिएको कारबाही कार्यान्वयन नहुने आदेश जारी गरेको हो। 

यद्यपि राजमोका गण्डकी प्रदेश सांसद थापाको हकमा सोमबार जारी आदेशले भने यसअघि उनको पक्षमा जारी अन्तरिम आदेश खारेज गरेको छ। दुवै पक्षबीच छलफल भएको र प्रक्रिया पुर्‍याएर थापालाई दोस्रो पटक कारबाही गरिएको पाइएको भन्दै सर्वोच्चले उनको पक्षमा यसअघि जारी आदेश खारेज हुने आदेश जारी गरेको हो। 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ। मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–... मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्