• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

सुधारको मार्गचित्र कोर्दै निगम प्रवेश गरेका पूर्वसचिव घिमिरे १४ महिनामै बाहिरिए

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २८, २०७८  २१:२२
1140x725
सुशील घिमिरे

काठमाडौं- १४ महिनासम्म नेपाल वायुसेवा निगमको बोर्ड अध्यक्षको भूमिकामा रहेका पूर्वपर्यटन सचिव सुशील घिमिरेले पदबाट राजीनामा दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयले नयाँ मन्त्री पाएको नाै दिनमै घिमिरेले राजीनामा दिएका हुन्। यद्यपि, उनको राजीनामा भने स्वीकृत हुन बाँकी छ। पर्यटनमन्त्री उमाशंकर अरगरियाले घिमिरेले राजीनामा दिएको पुष्टि गरे।

घिमिरेको नेतृत्वमा बनेको कार्यदलले २०७६ असोजमा निगम सुधारको मार्गचित्र कोर्दै सरकारलाई बुझाएको थियो। मार्गचित्र कोरेका घिमिरेलाई २०७७ वैशाख ३ मा सरकारले निगमको कार्यकारी अध्यक्षसहितको भूमिकामा नियुक्त गरेको थियो।

घिमिरेलाई तत्कालीन पर्यटनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन मन्त्रालयबाट मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेर निगमको नेतृत्वमा पुर्‍याएका थिए। असोजसम्म निगम कार्यकारी अध्यक्षको भूमिकामा रहेका घिमिरे त्यसपछि भने बोर्ड अध्यक्षमात्रै रहेका थिए। १४ महिना अगाडि कोरोना महाकारीकै बीचमा सरकारले घिमिरेलाई निगममा ल्याएको थियो।

निगममा कसरी पुगे घिमिरे?
२०७६ साउन १५ गते मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका तत्कालीन पर्यटनमन्त्री भट्टराईले 'वाह, नेपाल एयरलाइन्स!' बनाउने भन्दै एउटा प्रतिबद्धता गरेका थिए। तर, भट्टराईले भनेजस्तो त्यसो भन्ने दिन आउला भनेर धेरैले विश्वास गरेनन्। आजका दिनसम्म पनि 'वाह, नेपाल एयरलाइन्स!' भन्ने दिन कहिले आउला भन्नसक्ने अवस्था छैन।

आव २०६६/६७ पछि कहिले पनि घाटामा नगएको नेपाल एयरलाइन्स २०७५/७६ मा मात्रै दुई अर्ब र आर्थिक वर्ष ०७६/७७ मा झन्डै तीन अर्ब रुपैयाँ घाटामा गइसकेको छ। यो आर्थिक वर्षमा अझ घाटा बढ्ने निश्चित छ।

घाटामात्रै बढ्ने नभएर अहिले निगममा कार्यरत कर्मचारीलाई मासिक तलब खुवाउनसमेत समस्या पर्ने अवस्था आएको छ। वाइडबडी जहाज खरिद गर्न लिएको ऋणको किस्तासमेत समयमै तिर्न नसकेको निगमले कोरोनाका कारण आर्थिक संकट भोग्दै आएको छ।

आन्तरिक उडानमा शाख गुमाएको नेपाल एयरलायन्सको अन्तर्राष्ट्रिय उडानमा भने उपस्थिति राम्रै छ। एयरलाइन्सको भविष्य संकटमा पर्न लागेको भन्दै सुधारका लागि तत्कालीन मन्त्री भट्टराईले २०७६ साउन २२ गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार सुझाव कार्यदल र सुझाव कमिटी गठन गरेका थिए। उक्त कमिटीको नेतृत्वमा पूर्वसचिव घिमिरे थिए। घिमिरेको टिममा चार्टर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्ण, व्यवस्थापनविज्ञ डिनप्रकाश पौडेल, क्याप्टेन सुधीर राई सदस्यका रूपमा थिए भने र मन्त्रालयलका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव थिए। पौडेल अहिले निगम महाप्रबन्धक छन्। निगमको छवि सुधार गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ काम गरिरहेका पौडेललाई घिमिरेले साथ दिइरहेका थिए। अब भने मार्गचित्र कोर्ने टोलीका घिमिरेले राजीनामा दिएपछि पौडेलमात्रै निगममा रहने छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुको कमिटीले नेपाल एयरलाइन्स सुधारका लागि भन्दै ४५ दिन अध्ययन गरी असोज १ गते प्रतिवेदन बुझाएको थियो। घिमिरेको कमिटीले निगम सुधारका लागि व्यवस्थापन परिर्वतनदेखि कम्पनी मोडलमा जानुपर्नेसम्म विषय प्रमुख प्राथमिकताका साथ औँल्याएको थियो। कार्यदलले तत्कालीन र दीर्घकालीन सुधारका दर्जनभन्दा बढी सुझावसहितको खाका मन्त्रीसमक्ष बुझाएका थियो।

तत्कालीन मन्त्री भट्टराईले पनि अध्ययन कार्यदलको प्रतिवेदन बुझ्दै 'वाह, नेपाल एयरलाइन्स!’ बनाउने सुझाव कार्यन्वयन गर्ने प्रतिबद्धता गरेका थिए। तर, आजको दिनसम्म त्यो सम्भावना देखिएको छैन। भट्टराईले मन्त्रालय छाडिसकेका छन्, अब घिमिरे पनि निगममा नरहने भएका छन्। ४९ पेजको निगम सुधारका लागि सुझाव दिने घिमिरेलाई नै तत्कालीन मन्त्री भट्टराई र सरकारले जिम्मेवारी सुम्पने निर्णय गरेको थियो। तर, घिमिरेले १४ महिनामा जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्।

कार्यदलले तत्कालीन सुधारका लागि वित्तीय पुनर्संरचना, व्यवस्थापकीय पुनर्संरचना, संस्थागत पुनर्संरचना, गन्तव्यको विश्लेषण, विमान तथा उडान व्यवस्थापन, बजार व्यवस्थापन, मानव स्रोत व्यवस्थापन, सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड, सम्पत्ति तथा दायित्व पुनर्मूल्यांकन, एनएफआरएस, कार्यसम्पादन सूचक, संस्थागत सुशासन र गोपनीयतामा सुधार र आन्तरिक नियन्त्रण प्रणालीमा सुधार ल्याउनुपर्ने भन्दै १३ बुँदे सुझाव दिएको थियो।

यसैगरी दीर्घकालीन सुधारका लागि संस्थागत संरचना सुधारअन्तर्गत निमगलाई कम्पनी मोडलमा लैजानुपर्ने विषय अगाडि सारिएको थियो। एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने भन्दै निगम सञ्चालक बोर्डले समेत अनुमोदन गरेको थियो। तर, कार्यान्वयनमा आउनसकेको थिएन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घिमिरे कार्यदलले निगममा विदेशी साझेदार पनि आवश्यक रहेको सुझाव दिएको थियो। सोहीअनुसार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा यो विषय पनि समावेश भएको छ।  यसैगरी निगमको विभिन्न ठाउँमा रहेको सम्पत्तिको सदुपयोगका विषयमा पनि घिमिरेको कार्यदलले सरकारलाई सुझाव दिएको थियो।

साथै, घिमिरेको कार्यदलले हेलिकोप्टर सेवा सञ्चालनलगायत एक दर्जनभन्दा बढी काम गर्न सकिने सुझाव तत्कालीन मन्त्री भट्टराईसमक्ष पेस गरेका थिए। उनै भट्टराईले घिमिरेलाई निगमको नेतृत्वमा ल्याएका थिए।

खरेलको राजीनामा, घिमिरेको नियुक्ति
२०७४ मंसिरमा भएको संघ र प्रदेशको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्‍यो। बहुमतप्राप्त गठबन्धनको तर्फबाट फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री बने। ओलीले नेपाल वायुसेवा निगम सञ्चालक बोर्ड सदस्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सचिव कृष्णप्रसाद देवकोटालाई हटाएर निगममा पहिले नै नेतृत्वमा बसेका मदन खरेललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरे।

२०७५ भदौ २७ गते सदस्य नियुक्त गरिएको खरेललाई ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्पूर्ण अधिकारसहितको कार्यकारी अध्यक्षमा नियुक्ति गरे। तत्कालीन महाप्रबन्धक सुगतरत्‍न कंसाकारको अधिकार खोसियो। कंसकारलाई वाइडबडी जहाज खरिदमा आर्थिक हिनामिनाको आरोप लागिरहेको थियो।

ओलीले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सहमतिविना नै ठाडो आदेशमा कार्यकारी अध्यक्षमा खरेल ल्याएका थिए। खरेलले पनि कार्यकारी अध्यक्ष भएर आएपछि लामो समयदेखि ग्राउन्डेड भएका र दुर्गम विमानस्थलमा उडान हुन नसकेको वाई-१२ जहाजको परीक्षण उडान गरे। तर, पदबाट राजीनामा दिएर जाँदासम्म प्रभावकारी उडानको सट्टा सबै जहाज ग्राउन्डेड हुने अवस्था आयो।

त्यतिमात्रै नभइ खरेलले निगममा आर्थिक संकट रहेको भन्दै श्वेतपत्र सार्वजनिक गरे। उनीभन्दा पहिलेको नेतृत्वलाई दोष लगाउने काम गरे। तर, उनले प्रधानमन्त्रीसमक्ष आफैंले पेस गरेको कार्ययोजनाअनुसार काम गर्न सकेनन्। काम गर्न नसकेको भन्दै २०७६ साउनमा निगमले वार्षिकोत्सव मनाउने कार्यक्रममा नै प्रधानमन्त्री ओलीले खरेललाई काम गर्न नसके राजीनामा दिन सुझाव दिँदै हस्तक्षेप गर्ने बताएका थिए। त्यसपछि भने खरेलले आफूमाथि संकट सुरु भएको महसुस गर्न थालेका थिए। तर, उनले काममा कुनै ध्यान दिनेभन्दा पद जोगाउनमा मात्रै केन्द्रित भए।

भट्टराईको मन्त्रालयमा आगमनसँगै खरेलमाथि बज्रपात नै सुरु भयो। भट्टराईले निगमको उच्च पदस्थ कर्मचारीहरुसँगको छलफलमै खरेललाई बुढेसकालमा आराम गर्न सुझाएका थिए। त्यति गर्दा पनि खरेलले पदबाट राजीनामा दिने कुनै सोच बनाएनन्। जब मन्त्रालयले मंसिरमा चार महिनाको समीक्षा गर्दैगर्दा बारम्बार निगमसँग नयाँ व्यावसायिक योजना माग्ने काम भयो, खरेलले कुनै व्यावसायिक योजना पेस गर्न सकेनन्। खरेलले जापानको नारिता उडान नगरेर कमिसनका लागि ओसाका उडान गरेको रहस्य पनि खुल्न थाल्यो।

निगमभित्र विवाद नै विवाद सिर्जना हुँदै गए। खरेलको काममा विरोध गर्दै २२ जनाभन्दा बढी पाइलटले संयुक्त राजीनामापत्र बुझाउने तयारी गरेपछि खरेलले राजीनामा दिए। पहिलोपटक पूर्णकार्यकाल पूरा नगरी राजीनामा दिएका खरेलले निगममा दोस्रोपटक राजीनामा दिएका थिए। सोही पदमा घिमिरे आएका थिए। यसरी निगम आइपुगको १४ महिनामै घिमिरे राजीनामा दिएर बाहिरिएका हुन्।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  २१:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्