• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युराेकप २०२० : यी हुन् उपाधि दाबेदार ८ टिम

64x64
दीप सुवेदी शुक्रबार, जेठ २८, २०७८  १८:५६
1140x725

काठमाडाैं- युरोपेली च्याम्पियनसिप अर्थात युरो कप २०२० शुक्रबार रातिदेखि सुरु हुँदैछ। कोरोना महामारीका कारण एक वर्ष पछि सरेको मिनी विश्वकपको रुपमा चिनिने युरो कपको यो १६औं संस्करण हो।

युरो कपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ। प्रतियोगितामा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन्। 

सन् १९६० को पहिलो संस्करणदेखि पाँचौ संस्करणसम्म युरो कप ४ टिमबीच खेलाइएको थियो। १९८० को छैटौ संस्करणदेखि टिम संख्या बढाएर ८ पुर्‍याइयो। १९९६ को दशौं संस्करणदेखि पुनः बढाएर १६ टिम पुर्‍याइएको थियो। पाँच वर्षअघि फ्रान्समा भएको १५औं संस्करणमा पहिलोपटक टिम संख्या २४ पुर्‍याइएको थियो।

युरो कपको ६० वर्षे इतिहासमा दोस्रो पटक २४ टिमबीच प्रतिस्पर्धा हुँदैछ। जसमध्ये १९ टिम अघिल्लो संस्करण खेलेका थिए। ११ आयोजक देशमध्ये सात देशले युरो कपको छनोट सिधा पार गरेका थिए। हंगेरी र स्कटल्याण्डले प्लेअफ जितेका थिए। 

यो पनि पढ्नुहोस्

युरोकप २०२० : यस्तो छ तालिका (खेल हुने नेपाली समयको सूचीसहित)शुक्रबार, जेठ २८, २०७८

फिनल्याण्ड र नर्थ मेसेडोनिया पहिलोपटक युरोकप खेल्दैछन्। फिनल्याण्ड, इटली रहेको समूह ‘जे’बाट दोस्रो हुँदै सिधै छनोट भएको हो। यता, नर्थ मेसेडोनिया प्लेअफ हुँदै छनोट हुन सफल भएको हो। 

यस्तै, स्कटल्याण्ड सन् १९९८ को विश्वकपपछि पहिलो मुख्य प्रतियोगिता खेल्दैछ। २५ वर्षपछि पहिलोपटक युरो कपमा छनोट भएको स्कटल्याण्डले सन् १९९६ मा युरो कप खेलेको थियो।

नेदरल्याण्ड्स २०१४ को विश्वकपपछि पहिलो पटक मुख्य प्रतियोगिता खेल्दैछ। अघिल्लो संस्करणमा नेदरल्याण्ड्स र डेनमार्क युरो कपमा छनोट हुन सकेको थिएन। नेदरल्याण्ड्स र डेनमार्क युरोकपका पूर्व विजेता राष्ट्रसम्मेत हुन्। यी दुवै राष्ट्र २०१६ मा छनोट हुन असफल भएका थिए। नेदरल्याण्ड्स र डेनमार्क छनोट चरण पार गरेपछि यसपटक पूर्वविजेता १० राष्ट्रमध्ये ९ राष्ट्र छनोट भएका छन्। 

यस्तै, यसअघि एक–एक पटक उपाधि जितेका सोभियत संघ र चेकोस्लोभाकिया भने अहिले विभिन्न राष्ट्रमा विभाजित भइसकेका छन्। यता, सन् २०१६ मा  डेब्यु गरेका वेल्स र स्लोभाकिया यसपटक पनि छनोट भएका छन्। यसपटकको युरो कपमा पूर्व विजेता ग्रिस सहभागी छैन। २००४ को विजेता ग्रिस छनोट पार गर्न असफल भएको थियो। यता, अल्बानिया, आइसल्याण्ड, उत्तरी आयरल्याण्ड, आयरल्याण्ड गणतन्त्र र रोमानिया युरो २०२० मा छनोट हुन सकेनन्। उनीहरुले सन् २०१६ को युरोकप खेलेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै, आयोजक देशमध्ये रोमानिया र अजरबैजान भने छनोट हुन असफल भए।

युरो कप दाबेदारको रुपमा रहेका टिमहरु 

१) स्पेन
सर्वाधिक ३ पटकको विजेता स्पेन लगातार दुई पटक युरो कप जित्ने पहिलो टिम हो। २००८ मा स्पेनको 'गोल्डेन जेनेरेसन'ले युरो कप जित्दै त्यसको सुरुआत गरेको थियो। 

सन् २०१० मा विश्वकप जितेको स्पेनले २०१२ मा फेरि युरो कप जित्दै लगातार तीन ठूला प्रतियोगिताको उपाधि जितेको थियो।

लुइस एनरिकेको टिममा यस पटक नियमित कप्तान सर्जियो रामोस हुने छैनन्। यस्तै, २६ खेलाडी टिममा राख्न पाउनेमा उनले २४ खेलाडी मात्र छाने। यद्यपि, स्पेनी फुटबल संघले घोषित टिमबाहिर पनि १७ खेलाडीलाई समानान्तर तयारीमा राखेको छ ।

डिफेन्डर डिएगो लोरेन्टेलाई कोरोनाले छोएपछि स्पेनी फुटबल संघ यति चनाखो बनेको हो । उनी टिममा संक्रमित हुने दोस्रो खेलाडी हुन्। दुई खेलाडी, फरवार्ड डेजान कुलसेभ्स्की र मिडफिल्डर म्याथिस स्भानबर्ग पनि संक्रमित छन्। त्यसमा पनि कप्तान सर्जियो बुस्केटलाई संक्रमण भएको छ। अहिले टिम आइसोलेसनमा छ। त्यसैले एनरिकेले ब्याकअपका लागि अरु खेलाडीहरु समेत बोलाएका छन्।

यस पटक स्पेनमा स्टार खेलाडी नभएपनि प्रतिभावान युवा खेलाडीहरु छन्। फेरान टोरेस, पेड्री, ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका जेरार्ड मोरेनो जस्ता खेलाडी टिममा छन्। फिफा वरीयतामा स्पेन छैटौं स्थानमा छ। छनोटमा स्पेन अपराजित रहेको थियो।

यो पनि पढ्नुहोस्

युरोकप २०२० : मान्सिनीले उकासेको इटालीको खास परीक्षाशुक्रबार, जेठ २८, २०७८

२) फ्रान्स
गोलकिपर ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्सलाई यसपटक उपाधि दाबेदारको रुपमा हेरिएको छ। पाँच वर्षअघि घरेलु मैदानमा भएको युरो कप फाइनलमा पराजित फ्रान्सले २०१८ मा विश्वकप जितकाे थियाे। साविकको विश्वविजेता फ्रान्स विश्व वरीयतामा दोस्रो स्थानमा छ।

दुई पटकको च्याम्पियन फ्रान्स तेस्रो पटक युरो उपाधि जित्ने योजनामा छ। केलियन एमबाप्पे, करिम बेन्जेमा र एन्टोइन ग्रिजमनको उपस्थितिले फ्रान्स शक्तिशाली देखिएको हो। 

यसपटक सबैको नजर ३३ वर्षीय बेन्जेमाप्रति हुनेछ । उनी साढे पाँच वर्षको लामो निर्वासनपछि फ्रान्सेली टिममा फर्केका छन्। रियल मड्रिडमा पछिल्लो सिजन उनका लागि राम्रो रह्यो।  

यता, फ्रान्समा पउल पोग्वा, एनगोलो कान्टे जस्ता उत्कृष्ट खेलाडीहरु पनि छन्। छनोट चरणमा एक खेल हारे पनि फ्रान्स समूह  ‘एच’ मा शीर्ष स्थानमा रहेको थियो।

३) पोर्चुगल
डिफेन्डिङ च्याम्पियन पोर्चुगलले समूह ‘एफ’ मा हंगेरीको चुनौती सामना गर्नेछ। यस समूहलाई प्रतियोगिताको ‘ग्रुफ अफ डेथ’ भनिएको छ। विश्व वरीयतामा पाँचौ स्थानमा रहेको पोर्चुगलसँगै फ्रान्स र जर्मनी यसपटक एउटै समूहमा छन्। छनोटमा समूह ‘बी’ मा रहेको पोर्चुगल युक्रेनभन्दा पछि दोस्रो स्थानमा रहेर छनोट भएको थियो।

सन् २००४ मा घरेलु मैदानमा भएको युरो कपमा उपविजेता बनेको पोर्चुगलले २०१६ मा फ्रान्सलाई उसैको मैदानमा पराजित गर्दै पहिलो पटक युरो कप जितेको थियो।

३६ वर्षका क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा पोर्चुगल फेरि एक पटक उपाधि जित्ने लक्ष्यमा छ। उनलाई साथ दिने अहिलेको टिम ५ वर्षअगाडिको विजेता टिमको तुलनामा राम्रो छ।

प्रिमियर लिगको प्लेअर अफ दि इअर बनेका रुबेन डियाज, म्यानचेष्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, म्यानचेष्टर सिटीका बनार्डो सिल्भा र लिभरपुलका डिएगो जोता जस्ता खेलाडी पोर्चुगलकाे टाेलीमा छन्। 

यो पनि पढ्नुहोस्

आज रातिदेखि शुरु हुँदै 'मिनि विश्वकप'शुक्रबार, जेठ २८, २०७८

४)बेल्जियम
पछिल्लो समय बेल्जियमको टिमलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ। फिफा विश्व वरीयतामा अहिले शीर्ष स्थानमा रहेको बेल्जियम छनोटमा समूह ‘आई’मा अपराजित रहँदै सबै खेल जितेको थियो। तर, २०१६ को युरो कप र २०१८ को विश्वकपमा उपाधि दाबेदार मानिए पनि बेल्जियम फाइनल पुग्न सकेन।

बेल्जियमकाे टिममा अरु क्षमतावान खेलाडी छन्। म्यानचेष्टर सिटीबाट खेल्ने केभिन डे ब्रुएनाले चोटका कारण पहिलो खेल गुमाउने सम्भावना छ। यता, एडेन हाजार्डको फिटनेस बेल्जियमको लागि अर्काे टाउको दुखाई हाे।

यद्यपि, मुख्य गोलकर्ता रोमेलु लुकाक, गोलकिपर थिबाउट कोर्तवा जस्ता खेलाडीको साथ बेल्जियमलाई छ।

५) इटाली
इटाली सन् २०१८ को युरो कपमा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भएको थियो। त्यसको दुई वर्षपछि भएको विश्वकपमा इटाली छनोट हुन सकेन। त्यसपछि टिममा अहिले धेरै परिवर्तन आइसकेको छ।

रोबर्टो मान्चिनीको इटालीले पछिल्ला सबै आठ खेल जितेको छ। यसक्रममा कुनै गोल खर्चेको छैन। इटाली २०१८ यता अपराजित छ।

इटालीका लागि युरोपियन गोल्डेन बुट विजेता सिरो इमोबाइल प्रभावशाली देखिन सक्छन्। उनले सिरी ए मा २०१९–२० को सिजनमा कीर्तिमानी ३६ गोल गरेका छन्। फिफा वरीयतामा सातौं स्थानमा रहेको इटालीले एक पटक युरो कप जितेको छ। बेल्जियम जस्तै इटालीले पनि छनोट चरणमा समूह ‘जे’ मा सबै खेल जितेको थियो।

६) जर्मनी

सबैभन्दा धेरै युरो कप खेल्ने राष्ट्र जर्मनी हो। शुरुका तीन संस्करण नखेलेको जर्मनीले सन् १९७२ देखि निरन्तर रुपमा प्रतियोगितामा भाग लिइरहेको छ। जर्मनीले सर्वाधिक ६ पटक फाइनल समेत खेलेको छ। जसमा तीन पटक उपाधि जित्दा तीन पटक उपविजेता बनेको थियो। जर्मनीले यसअघि १२औं संस्करण खेलिसकेको छ। यसपटक जर्मनीको १३औं सहभागिता हुनेछ।

अहिलेसम्म जर्मनी (पश्चिम जर्मनीसहित) र स्पेनले सर्वाधिक ३ पटक युरो कपको उपाधि जितेको छ। सन् १९७२ र  १९८० मा पश्चिम जर्मनीले उपाधि जितेकाे थियाे। पछि जर्मनी एक भएपछि १९९६ मा उपाधि जितेकाे थियाे। 

सन् २०१४ को विश्वकप विजेता जर्मनी फिफा वरीयतामा १२औं स्थानमा छ। जर्मनी २०१६ को युरोमा सेमिफाइनलमै पराजित भएको थियो। यस्तै, २०१८ काे विश्वकपमा समूह चरणबाटै बाहिरिएकाे थियाे। छनोट चरणमा जर्मनी समूह ‘सी’ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको थियो। जर्मनीलाई पुनरागमनका लागि  यो युरो कप महत्वपूर्ण सक्छ।

थोमस मुलर र माट हुमेल्सले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। उनीहरु २ वर्षदेखि टाेली बाहिर थिए। प्रशिक्षक जोचिम लोउको टाेलीमा टिमो वेर्नर, काइ हाभेर्ज, लरे साने, जोसुअ किम्मिक जस्ता खेलाडी छन्। 

लोउले यस युरो कपपछि जर्मनीको टिम छाड्दैछन्। त्यसैले छाड्नुअघि उनी सुखद् रुपमा अन्त्य गर्न चाहन्छन्। 

७) इंग्ल्याण्ड
फिफा वरीयतामा चौथो स्थानमा रहेको इंग्ल्याण्ड जुनसुकै ठूलो प्रतियोगितामा दाबेदारको रुपमा रहन्छ। तर, सन् १९६६ को विश्वकप विजेता इंग्ल्याण्डले अहिलेसम्म युरो कप उपाधि जित्न सकेको छैन। २०१८ को विश्वकपमा इंग्ल्यान्ड सेमिफाइलन पुगेको थियो। 

पाँच वर्षअघि इंग्ल्याण्डलाई आइसल्याण्डले प्रि-क्वाटरफाइनलमा अप्रत्यासित रुपमा पराजित गरेको थियो। प्रशिक्षक गारेथ साउथगेटकाे नेतृत्वमा रहेकाे टाेली छनोटमा समूह ‘ए’ मा अपराजित रहँदै  शीर्ष स्थानमा रहेको थियो।

यस पटक हृयारी केनको नेतृत्वमा रहेको इंग्लिस टोलीमा फिटनेसको समस्या छ। ट्रेन्ट अलेकजान्डर आर्नोल्ड चोटकै कारण टिमबाट बाहिरिसकेका छन्। सेन्टर ब्याक हृयारी मगुएर पनि पूर्ण फिट छैनन्।

रहिम स्टर्लिङ, मार्कुस रासफोर्ड र जोर्डन हेन्डरसन उस्तै छैनन्। तर, युवा खेलाडीहरु फिल फोडेन, मासोन माउन्ट र जाडोन सान्चोको आगमनले इंग्ल्याण्डलाई बलियाे बनाएकाे छ।

यद्यपि, इंग्लिस कप्तान केन यसपल्टको प्रतियोगितामा आफ्नो टिमको सम्भावना बढी देख्छन्। ‘हाम्रो टिम बढी अनुभवी भएको छ, मलाई यस्तै लाग्छ। हाम्रा खेलाडीले क्लबका लागि ठूल्ठूला खेल खेलिसके। विश्वकप खेलेका खेलाडी पनि अझै टिममा छन्। यो पनि बहुमूल्य अनुभव भयो। इंग्ल्याण्डले ठूलो उपाधि नजितेको धेरै समय भइसकेको छ। त्यसैले हामीले बलियो मानसिकता लिएर खेल्नुपर्छ,’ उनी भन्छन्।

८) नेदरल्याण्ड्स
२०१६ को युरो कपमा छनोट हुन नसकेको सन् १९८८ को विजेता नेदरल्याण्ड्सले प्रतियोगितामा पुनरागमन गरेको छ। समूह ‘सी’ मा जर्मनीपछि दोस्रो स्थानमा रहेर नेदरल्याण्ड्स युरो कपका लागि छनोट भएको हो।

यसअघि नै कप्तान भर्जिल भान डाइकले युरो कप नखेल्ने घोषणा गरेपछि जर्जिनिओ विज्नाल्डमले नेदरल्याण्ड्सको कप्तानी गर्ने सम्भावना छ। 

फ्रान्क डे बोएरको टिममा उनीसँगै मेम्पिस डिपाए, माथिस डे लिग्ट, फ्रेँकी डे जोङ, राएन ग्राभेनबर्च जस्ता युवा खेलाडीहरु छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
आबुधाबीमा मिसाइलको अवशेष खस्दा घाइते भएकामध्ये ६ जना नेपाली डिस्चार्ज शनिबार, चैत २१, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै शनिबार, चैत २१, २०८२
अमेरिकाका स्थल सेना प्रमुख बर्खास्त शनिबार, चैत २१, २०८२
रवि लामिछाने र ज्ञानेन्द्र शाही बीच भेटघाट, सत्ता समीकरणमा नयाँ संकेत शनिबार, चैत २१, २०८२
इरान–अमेरिका युद्ध: दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
यी हुन् एमाले सचिवालय बैठकका ६ निर्णयहरु शुक्रबार, चैत २०, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्