• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २७, २०८२ Thu, Nov 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युराेकप २०२० : यी हुन् उपाधि दाबेदार ८ टिम

64x64
दीप सुवेदी शुक्रबार, जेठ २८, २०७८  १८:५६
1140x725

काठमाडाैं- युरोपेली च्याम्पियनसिप अर्थात युरो कप २०२० शुक्रबार रातिदेखि सुरु हुँदैछ। कोरोना महामारीका कारण एक वर्ष पछि सरेको मिनी विश्वकपको रुपमा चिनिने युरो कपको यो १६औं संस्करण हो।

युरो कपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ। प्रतियोगितामा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन्। 

सन् १९६० को पहिलो संस्करणदेखि पाँचौ संस्करणसम्म युरो कप ४ टिमबीच खेलाइएको थियो। १९८० को छैटौ संस्करणदेखि टिम संख्या बढाएर ८ पुर्‍याइयो। १९९६ को दशौं संस्करणदेखि पुनः बढाएर १६ टिम पुर्‍याइएको थियो। पाँच वर्षअघि फ्रान्समा भएको १५औं संस्करणमा पहिलोपटक टिम संख्या २४ पुर्‍याइएको थियो।

युरो कपको ६० वर्षे इतिहासमा दोस्रो पटक २४ टिमबीच प्रतिस्पर्धा हुँदैछ। जसमध्ये १९ टिम अघिल्लो संस्करण खेलेका थिए। ११ आयोजक देशमध्ये सात देशले युरो कपको छनोट सिधा पार गरेका थिए। हंगेरी र स्कटल्याण्डले प्लेअफ जितेका थिए। 

यो पनि पढ्नुहोस्

युरोकप २०२० : यस्तो छ तालिका (खेल हुने नेपाली समयको सूचीसहित)शुक्रबार, जेठ २८, २०७८

फिनल्याण्ड र नर्थ मेसेडोनिया पहिलोपटक युरोकप खेल्दैछन्। फिनल्याण्ड, इटली रहेको समूह ‘जे’बाट दोस्रो हुँदै सिधै छनोट भएको हो। यता, नर्थ मेसेडोनिया प्लेअफ हुँदै छनोट हुन सफल भएको हो। 

यस्तै, स्कटल्याण्ड सन् १९९८ को विश्वकपपछि पहिलो मुख्य प्रतियोगिता खेल्दैछ। २५ वर्षपछि पहिलोपटक युरो कपमा छनोट भएको स्कटल्याण्डले सन् १९९६ मा युरो कप खेलेको थियो।

नेदरल्याण्ड्स २०१४ को विश्वकपपछि पहिलो पटक मुख्य प्रतियोगिता खेल्दैछ। अघिल्लो संस्करणमा नेदरल्याण्ड्स र डेनमार्क युरो कपमा छनोट हुन सकेको थिएन। नेदरल्याण्ड्स र डेनमार्क युरोकपका पूर्व विजेता राष्ट्रसम्मेत हुन्। यी दुवै राष्ट्र २०१६ मा छनोट हुन असफल भएका थिए। नेदरल्याण्ड्स र डेनमार्क छनोट चरण पार गरेपछि यसपटक पूर्वविजेता १० राष्ट्रमध्ये ९ राष्ट्र छनोट भएका छन्। 

यस्तै, यसअघि एक–एक पटक उपाधि जितेका सोभियत संघ र चेकोस्लोभाकिया भने अहिले विभिन्न राष्ट्रमा विभाजित भइसकेका छन्। यता, सन् २०१६ मा  डेब्यु गरेका वेल्स र स्लोभाकिया यसपटक पनि छनोट भएका छन्। यसपटकको युरो कपमा पूर्व विजेता ग्रिस सहभागी छैन। २००४ को विजेता ग्रिस छनोट पार गर्न असफल भएको थियो। यता, अल्बानिया, आइसल्याण्ड, उत्तरी आयरल्याण्ड, आयरल्याण्ड गणतन्त्र र रोमानिया युरो २०२० मा छनोट हुन सकेनन्। उनीहरुले सन् २०१६ को युरोकप खेलेका थिए।

Ncell 2
Ncell 2

यस्तै, आयोजक देशमध्ये रोमानिया र अजरबैजान भने छनोट हुन असफल भए।

युरो कप दाबेदारको रुपमा रहेका टिमहरु 

१) स्पेन
सर्वाधिक ३ पटकको विजेता स्पेन लगातार दुई पटक युरो कप जित्ने पहिलो टिम हो। २००८ मा स्पेनको 'गोल्डेन जेनेरेसन'ले युरो कप जित्दै त्यसको सुरुआत गरेको थियो। 

सन् २०१० मा विश्वकप जितेको स्पेनले २०१२ मा फेरि युरो कप जित्दै लगातार तीन ठूला प्रतियोगिताको उपाधि जितेको थियो।

लुइस एनरिकेको टिममा यस पटक नियमित कप्तान सर्जियो रामोस हुने छैनन्। यस्तै, २६ खेलाडी टिममा राख्न पाउनेमा उनले २४ खेलाडी मात्र छाने। यद्यपि, स्पेनी फुटबल संघले घोषित टिमबाहिर पनि १७ खेलाडीलाई समानान्तर तयारीमा राखेको छ ।

डिफेन्डर डिएगो लोरेन्टेलाई कोरोनाले छोएपछि स्पेनी फुटबल संघ यति चनाखो बनेको हो । उनी टिममा संक्रमित हुने दोस्रो खेलाडी हुन्। दुई खेलाडी, फरवार्ड डेजान कुलसेभ्स्की र मिडफिल्डर म्याथिस स्भानबर्ग पनि संक्रमित छन्। त्यसमा पनि कप्तान सर्जियो बुस्केटलाई संक्रमण भएको छ। अहिले टिम आइसोलेसनमा छ। त्यसैले एनरिकेले ब्याकअपका लागि अरु खेलाडीहरु समेत बोलाएका छन्।

यस पटक स्पेनमा स्टार खेलाडी नभएपनि प्रतिभावान युवा खेलाडीहरु छन्। फेरान टोरेस, पेड्री, ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका जेरार्ड मोरेनो जस्ता खेलाडी टिममा छन्। फिफा वरीयतामा स्पेन छैटौं स्थानमा छ। छनोटमा स्पेन अपराजित रहेको थियो।

यो पनि पढ्नुहोस्

युरोकप २०२० : मान्सिनीले उकासेको इटालीको खास परीक्षाशुक्रबार, जेठ २८, २०७८

२) फ्रान्स
गोलकिपर ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्सलाई यसपटक उपाधि दाबेदारको रुपमा हेरिएको छ। पाँच वर्षअघि घरेलु मैदानमा भएको युरो कप फाइनलमा पराजित फ्रान्सले २०१८ मा विश्वकप जितकाे थियाे। साविकको विश्वविजेता फ्रान्स विश्व वरीयतामा दोस्रो स्थानमा छ।

दुई पटकको च्याम्पियन फ्रान्स तेस्रो पटक युरो उपाधि जित्ने योजनामा छ। केलियन एमबाप्पे, करिम बेन्जेमा र एन्टोइन ग्रिजमनको उपस्थितिले फ्रान्स शक्तिशाली देखिएको हो। 

यसपटक सबैको नजर ३३ वर्षीय बेन्जेमाप्रति हुनेछ । उनी साढे पाँच वर्षको लामो निर्वासनपछि फ्रान्सेली टिममा फर्केका छन्। रियल मड्रिडमा पछिल्लो सिजन उनका लागि राम्रो रह्यो।  

यता, फ्रान्समा पउल पोग्वा, एनगोलो कान्टे जस्ता उत्कृष्ट खेलाडीहरु पनि छन्। छनोट चरणमा एक खेल हारे पनि फ्रान्स समूह  ‘एच’ मा शीर्ष स्थानमा रहेको थियो।

३) पोर्चुगल
डिफेन्डिङ च्याम्पियन पोर्चुगलले समूह ‘एफ’ मा हंगेरीको चुनौती सामना गर्नेछ। यस समूहलाई प्रतियोगिताको ‘ग्रुफ अफ डेथ’ भनिएको छ। विश्व वरीयतामा पाँचौ स्थानमा रहेको पोर्चुगलसँगै फ्रान्स र जर्मनी यसपटक एउटै समूहमा छन्। छनोटमा समूह ‘बी’ मा रहेको पोर्चुगल युक्रेनभन्दा पछि दोस्रो स्थानमा रहेर छनोट भएको थियो।

सन् २००४ मा घरेलु मैदानमा भएको युरो कपमा उपविजेता बनेको पोर्चुगलले २०१६ मा फ्रान्सलाई उसैको मैदानमा पराजित गर्दै पहिलो पटक युरो कप जितेको थियो।

३६ वर्षका क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा पोर्चुगल फेरि एक पटक उपाधि जित्ने लक्ष्यमा छ। उनलाई साथ दिने अहिलेको टिम ५ वर्षअगाडिको विजेता टिमको तुलनामा राम्रो छ।

प्रिमियर लिगको प्लेअर अफ दि इअर बनेका रुबेन डियाज, म्यानचेष्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, म्यानचेष्टर सिटीका बनार्डो सिल्भा र लिभरपुलका डिएगो जोता जस्ता खेलाडी पोर्चुगलकाे टाेलीमा छन्। 

यो पनि पढ्नुहोस्

आज रातिदेखि शुरु हुँदै 'मिनि विश्वकप'शुक्रबार, जेठ २८, २०७८

४)बेल्जियम
पछिल्लो समय बेल्जियमको टिमलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ। फिफा विश्व वरीयतामा अहिले शीर्ष स्थानमा रहेको बेल्जियम छनोटमा समूह ‘आई’मा अपराजित रहँदै सबै खेल जितेको थियो। तर, २०१६ को युरो कप र २०१८ को विश्वकपमा उपाधि दाबेदार मानिए पनि बेल्जियम फाइनल पुग्न सकेन।

बेल्जियमकाे टिममा अरु क्षमतावान खेलाडी छन्। म्यानचेष्टर सिटीबाट खेल्ने केभिन डे ब्रुएनाले चोटका कारण पहिलो खेल गुमाउने सम्भावना छ। यता, एडेन हाजार्डको फिटनेस बेल्जियमको लागि अर्काे टाउको दुखाई हाे।

यद्यपि, मुख्य गोलकर्ता रोमेलु लुकाक, गोलकिपर थिबाउट कोर्तवा जस्ता खेलाडीको साथ बेल्जियमलाई छ।

५) इटाली
इटाली सन् २०१८ को युरो कपमा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भएको थियो। त्यसको दुई वर्षपछि भएको विश्वकपमा इटाली छनोट हुन सकेन। त्यसपछि टिममा अहिले धेरै परिवर्तन आइसकेको छ।

रोबर्टो मान्चिनीको इटालीले पछिल्ला सबै आठ खेल जितेको छ। यसक्रममा कुनै गोल खर्चेको छैन। इटाली २०१८ यता अपराजित छ।

इटालीका लागि युरोपियन गोल्डेन बुट विजेता सिरो इमोबाइल प्रभावशाली देखिन सक्छन्। उनले सिरी ए मा २०१९–२० को सिजनमा कीर्तिमानी ३६ गोल गरेका छन्। फिफा वरीयतामा सातौं स्थानमा रहेको इटालीले एक पटक युरो कप जितेको छ। बेल्जियम जस्तै इटालीले पनि छनोट चरणमा समूह ‘जे’ मा सबै खेल जितेको थियो।

६) जर्मनी

सबैभन्दा धेरै युरो कप खेल्ने राष्ट्र जर्मनी हो। शुरुका तीन संस्करण नखेलेको जर्मनीले सन् १९७२ देखि निरन्तर रुपमा प्रतियोगितामा भाग लिइरहेको छ। जर्मनीले सर्वाधिक ६ पटक फाइनल समेत खेलेको छ। जसमा तीन पटक उपाधि जित्दा तीन पटक उपविजेता बनेको थियो। जर्मनीले यसअघि १२औं संस्करण खेलिसकेको छ। यसपटक जर्मनीको १३औं सहभागिता हुनेछ।

अहिलेसम्म जर्मनी (पश्चिम जर्मनीसहित) र स्पेनले सर्वाधिक ३ पटक युरो कपको उपाधि जितेको छ। सन् १९७२ र  १९८० मा पश्चिम जर्मनीले उपाधि जितेकाे थियाे। पछि जर्मनी एक भएपछि १९९६ मा उपाधि जितेकाे थियाे। 

सन् २०१४ को विश्वकप विजेता जर्मनी फिफा वरीयतामा १२औं स्थानमा छ। जर्मनी २०१६ को युरोमा सेमिफाइनलमै पराजित भएको थियो। यस्तै, २०१८ काे विश्वकपमा समूह चरणबाटै बाहिरिएकाे थियाे। छनोट चरणमा जर्मनी समूह ‘सी’ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको थियो। जर्मनीलाई पुनरागमनका लागि  यो युरो कप महत्वपूर्ण सक्छ।

थोमस मुलर र माट हुमेल्सले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। उनीहरु २ वर्षदेखि टाेली बाहिर थिए। प्रशिक्षक जोचिम लोउको टाेलीमा टिमो वेर्नर, काइ हाभेर्ज, लरे साने, जोसुअ किम्मिक जस्ता खेलाडी छन्। 

लोउले यस युरो कपपछि जर्मनीको टिम छाड्दैछन्। त्यसैले छाड्नुअघि उनी सुखद् रुपमा अन्त्य गर्न चाहन्छन्। 

७) इंग्ल्याण्ड
फिफा वरीयतामा चौथो स्थानमा रहेको इंग्ल्याण्ड जुनसुकै ठूलो प्रतियोगितामा दाबेदारको रुपमा रहन्छ। तर, सन् १९६६ को विश्वकप विजेता इंग्ल्याण्डले अहिलेसम्म युरो कप उपाधि जित्न सकेको छैन। २०१८ को विश्वकपमा इंग्ल्यान्ड सेमिफाइलन पुगेको थियो। 

पाँच वर्षअघि इंग्ल्याण्डलाई आइसल्याण्डले प्रि-क्वाटरफाइनलमा अप्रत्यासित रुपमा पराजित गरेको थियो। प्रशिक्षक गारेथ साउथगेटकाे नेतृत्वमा रहेकाे टाेली छनोटमा समूह ‘ए’ मा अपराजित रहँदै  शीर्ष स्थानमा रहेको थियो।

यस पटक हृयारी केनको नेतृत्वमा रहेको इंग्लिस टोलीमा फिटनेसको समस्या छ। ट्रेन्ट अलेकजान्डर आर्नोल्ड चोटकै कारण टिमबाट बाहिरिसकेका छन्। सेन्टर ब्याक हृयारी मगुएर पनि पूर्ण फिट छैनन्।

रहिम स्टर्लिङ, मार्कुस रासफोर्ड र जोर्डन हेन्डरसन उस्तै छैनन्। तर, युवा खेलाडीहरु फिल फोडेन, मासोन माउन्ट र जाडोन सान्चोको आगमनले इंग्ल्याण्डलाई बलियाे बनाएकाे छ।

यद्यपि, इंग्लिस कप्तान केन यसपल्टको प्रतियोगितामा आफ्नो टिमको सम्भावना बढी देख्छन्। ‘हाम्रो टिम बढी अनुभवी भएको छ, मलाई यस्तै लाग्छ। हाम्रा खेलाडीले क्लबका लागि ठूल्ठूला खेल खेलिसके। विश्वकप खेलेका खेलाडी पनि अझै टिममा छन्। यो पनि बहुमूल्य अनुभव भयो। इंग्ल्याण्डले ठूलो उपाधि नजितेको धेरै समय भइसकेको छ। त्यसैले हामीले बलियो मानसिकता लिएर खेल्नुपर्छ,’ उनी भन्छन्।

८) नेदरल्याण्ड्स
२०१६ को युरो कपमा छनोट हुन नसकेको सन् १९८८ को विजेता नेदरल्याण्ड्सले प्रतियोगितामा पुनरागमन गरेको छ। समूह ‘सी’ मा जर्मनीपछि दोस्रो स्थानमा रहेर नेदरल्याण्ड्स युरो कपका लागि छनोट भएको हो।

यसअघि नै कप्तान भर्जिल भान डाइकले युरो कप नखेल्ने घोषणा गरेपछि जर्जिनिओ विज्नाल्डमले नेदरल्याण्ड्सको कप्तानी गर्ने सम्भावना छ। 

फ्रान्क डे बोएरको टिममा उनीसँगै मेम्पिस डिपाए, माथिस डे लिग्ट, फ्रेँकी डे जोङ, राएन ग्राभेनबर्च जस्ता युवा खेलाडीहरु छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसद्वारा राजीनामा अखिल नेपाल फुटबल संघ(एन्फा) लाई उनले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। यस विषयमा एन्फाबाट हालसम्म कुनै आधिकारिक जानकारी आएको छ... बिहीबार, कात्तिक १३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि प्रतियोगिता जितेको हो। आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन दुवै गोल यासि... सोमबार, कात्तिक ३, २०८२
विधि र पद्धतिविपरीत काम गरेको आरोपमा एन्फा महासचिव किरण निलम्बित साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित काम गरेको भन्दै कार्यवाहक अध्यक्ष खड्काल... आइतबार, कात्तिक २, २०८२
ताजा समाचारसबै
२ महिनामा शान्ति सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भयौँ : गृहमन्त्री अर्याल बिहीबार, कात्तिक २७, २०८२
श्रीलङ्काद्वारा अवैध शिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ बिहीबार, कात्तिक २७, २०८२
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक बिहीबार, कात्तिक २७, २०८२
केपी ओली नै अबको अध्यक्ष हुनेमा शङ्का छैनः नेता अधिकारी बिहीबार, कात्तिक २७, २०८२
जेनजी आन्दोलनको भावना अनुसार अघि बढ्न गृहमन्त्रीले खुट्टा कमाइरहेका छन्: सुधन गुरुङ बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस् बुधबार, कात्तिक २६, २०८२
निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्