• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चमा बहस- कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठनको अधिकार छैन, अहिल्यै हस्तक्षेप गरौं

64x64
नेपाल लाइभ मंगलबार, जेठ २५, २०७८  १४:१०
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद् विस्तार अवैधानिक भएकाले तत्काल अन्तरिम आदेश जारी गरेर हस्तक्षेप गर्नुपर्ने माग उठेको छ। 

संविधान अनुसार कामचलाउ भएको अवस्थामा प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठनको अधिकार नभएको भन्दै सर्वाेच्च अदालतमा जारी बहसमा यस्तो माग उठेको हो। 

मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएको रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता, पूर्वनिर्वाचन आयुक्त र अधिवक्ताहरुले सरकार संविधान भन्दा बाहिर स्वच्छन्दतापूर्वक हिँड्न खोजेकाले सर्वाेच्चले हस्तक्षेप गर्न माग गरेका हुन्।

मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएका ६ थान निवेदनमा बहस गर्दै सर्वोच्चमा सरकारलाई समयमै संविधान मिच्ने कार्यमा रोक लगाउन माग उठेको हो। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी,  कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्र प्रसाद शाहले सर्वोच्चमा रिट दायर गरेका थिए।

मन्त्रिपरिषद् विस्तारविरुद्ध मंगलबार बहस गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले निर्वाचन घोषणा गरेको सरकारले मनलाग्दी नियुक्ति, दूरगामी महत्वको निर्णय गर्ने र नियुक्ति लगायतका कार्य गर्न नपाउने भएकाले अन्तरिम आदेश जारी गरेर मन्त्री नियुक्त भएकाहरूलाई काम गर्न रोक लगाउन माग गरे।

‘अहिलेको प्रधानमन्त्री संविधानको धारा ७७ ले पदमुक्त हुँदै कामचलाउ हुनु भएको छ’ त्रिपाठीले भने ‘पदमुक्त प्रधानमन्त्रीले यसरी सरकार विस्तार गर्न सक्ने संविधानको धारा ७७ को उपधारा ३ ले उहाँलाई अधिकार दिँदैन।’

संविधानको धारा ७७ को उपधारा ३ मा ‘उपधारा (१) बमोजिम प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ। तर, प्रधानमन्त्रीको मृत्यु भएमा अर्काे प्रधानमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले प्रधानमन्त्रीको रूपमा कार्य सञ्चालन गर्नेछ’ भनिएको भन्दै उनले यसमा कतै पनि विस्तार गर्ने परिकल्पना नगरेको दाबी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त उपधाराले सोही मन्त्रीपरिषद भनी त्यसमा थप गर्न नपाउने स्पष्ट रुपमा भनेको तर, प्रधानमन्त्रीले संविधानको यो व्यवस्था मिच्दै मन्त्रिपरिषद् विस्तार गरेको त्रिपाठीले इजलाससमक्ष दाबी गरे।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा यो मुद्दाको बहस भइरहेको छ। त्रिपाठीलाई न्यायाधीश खतिवडाले कामचलाउ भएको प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्ने वा नगर्ने विषयमा विश्वका प्रजातान्त्रिक मुलुकमा कस्तो अभ्यास छन् भनेर प्रश्न गरेका थिए।

न्यायाधीशको प्रश्नमा उनले विश्वका धेरै लोकतान्त्रिक देशमा कामचलाउ भएको सरकारलाई निर्वाचन गर्ने वा तोकिएको दायित्व भन्दा अरु गर्ने अधिकार नभएको र अभ्यास पनि नभएको दाबी गरे।

उनले बहसका क्रममा पाकिस्तान र बंगलादेशमा यस्तो अभ्यास केही समय अघि भएको तर, अहिले निर्वाचन कानुन संशोधन नै गरेर रोक लगाएको प्रसंग इजलासलाई सुनाए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘पाकिस्तानमा यस्तो हुने गरेको थियो। पछि निर्वाचन कानुनमा संशोधन गरेर हटाइयो’, उनले भने ‘छिमेकी भारतमा पनि यस्तो अभ्यास हुने गरेको छैन भने बेलायतमा पनि यस्तो अभ्यास भएको छैन।’  प्रधानमन्त्रीद्वारा एकपछि अर्को गरेर संविधान भत्काउने काम भइरहेको र संविधान ध्वस्त भइसकेकाले अब अदालतले हस्तक्षेप गर्ने समय आएको उनले बताए।

पूर्वनिर्वाचन आयुक्त एवं अधिवक्ता इला शर्माले पनि निवेदनमा बहस गरेकी थिइन्। न्यायाधीश खतिवडाले शर्मासँग निर्वाचनको अनुभव बारेमा जिज्ञासा राखेका थिए। ‘प्रधानमन्त्रीबाट अधिकारको दुरुपयोग भयो। यसले निर्वाचन निष्पक्ष हुँदैन भन्ने संकेत देखिएको छ’, बहसका क्रमा शर्माले भनिन्  ‘यसरी मनलाग्दी गर्ने सरकारले निर्वाचन स्वतन्त्रतापूर्वक गराउँछ भन्ने केही ग्यारेन्टी हुँदैन।’

उनले निर्वाचन घोषणा गरेको सरकारले उक्त बाहेक अन्य कार्यमा लाग्नु भनेको अधिकारको दुरुपयोग र राज्यलाई अतिरिक्त भार पर्ने काम भएकाले रोक्नुपर्ने तर्क गरिन्।   

मंगलबार अधिवक्ताहरु केशरमणी अर्याल, विकास भट्टराई  र किर्तिनाथ शर्माले पनि बहस गरेका थिए। उनीहरुले पनि अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका थिए। सरकार संविधान मिच्ने कार्यमा अग्रसर भएकाले रोक्नुपर्ने नत्र सरकारले निर्वाचनलाई प्रभावित पार्ने धेरै कार्य गर्न सक्ने बताएका थिए।

प्रधानमन्त्री ओलीले शुक्रबार जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो समूहका १० र एमालेका दुई जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए।  वरिष्ठ अधिवक्ता त्रिपाठीको रिटमा प्रधानमन्त्रीको यो कदम गैरसंवैधानिक, बदनियतपूर्ण र संविधानसँगको धोकाधडी भएको जिकिर गरिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई गोरखा मिडिया नेटवर्कको अध्यक्षको हैसियतले आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै उनले यसमा अन्य सञ्चालकको संलग... शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ गुरुङ चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबास पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। सिर्दीबास गृहमन्त्री गुरुङको गृहपालि... शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ महासंघका महासचिव रामप्रसाद दाहालले समाचारमा चित्त नबुझेको विषयमा प्रचलित विधिअनुसार समाधान खोज्नुको सट्टा साइबर ब्यूरोमार्फत पक्राउ... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्