• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘ओली र नेपाल दुवैलाई यसभन्दा अघि बढ्ने ठाउँ छैन, भित्तामा टाउको ठोक्किसकेको छ’

64x64
नेपाल लाइभ सोमबार, जेठ २४, २०७८  २२:४७
1140x725

नेकपा एमालेका युवा नेता विष्णु रिजालले अहिले अन्तरसंघर्षमा रहेका एमालेका दुवै पक्षसँग रहेर काम गरिसकेका छन्। पछिल्ला दुई महिनादेखि भने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा छन्। यसअघि रिजालले वरिष्ठ नेता माधवकुमार नेपालसँग रहेर काम गरेका हुन्। एमालेमा जारी अन्तरसंघर्ष आइतबारदेखि अर्को विन्दुमा प्रवेश गरेको छ। अध्यक्ष ओलीले ६ बुँदे प्रस्तावसहित एकताका लागि आह्वान गरेका छन्। नेपाल पक्षले त्यो प्रस्तावमा दाउपेच देखेको छ। यद्यपि अन्तरसंघर्ष मिल्ने वा सदाका लागि टाढिने तहसम्म पुग्न खोजेको प्रतीत हुन्छ। दुवै पक्षसँग निकटस्थ भएर काम गरिसकेका रिजालसँग एमालेको अहिलेको अवस्थाका विषयमा नेपाल लाइभले गरेको संवादः

आइतबारदेखि नेकपा एमालेको अन्तरसंघर्ष निर्णायक तहमा पुगेको मान्‍न सकिन्छ वा नियमित आकस्मिकता मात्रै हो?
म यो क्रम धेरै चल्ने देख्दिनँ। विगत पाँच महिनादेखि एमालेको अन्तरसंघर्षमा छौँ। अनपेक्षित घटनाक्रम विकास भए। जे गरिरहेका छौँ, ठीक गरिरहेका छैनौँ भन्‍ने महसुस नेता कार्यकर्तालाई भएको छ। हिजो मात्रै अध्यक्षज्यूले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सार्नुभयो। यो प्रस्तावसँगैको आह्वान पार्टी जीवनमा निर्णायक विन्दु बन्‍न पुग्छ।

तपाईं एकताको आह्वान भन्‍नुहुन्छ। नेपाल पक्षले यसलाई दाउपेचका रुपमा लिइरहेको देखिन्छ, कसरी सम्भव छ एकता?
राजनीतिलाई जोडघटाउ र दाउपेच मात्रै ठान्‍ने हो भने यसमा धेरै केही टिप्पणी गर्नु छैन। राजनीतिमा सबैका आ-आफ्ना योजना छन्, यसमा अध्यक्ष ओलीका योजना छैनन् भनेर भन्दा पनि कसैले पत्याउँदैन। दुवै पक्ष अहिले जुन विन्दुमा पुगेका छन्, त्यसबाट अघि बढ्ने ठाउँ समाप्त भएको छ। केपी शर्मा ओलीले पनि यसबीचमा आफूलाई मात्रै अनुकूल हुनेगरी अभ्यास गर्नुभयो। कारबाही, स्पष्टीकरण र निष्कासनका प्रक्रिया र अरु काम गर्नुभयो। माधव नेपालले पनि अनुपस्थिति, भेला, बैठक र अर्को पार्टी बनाउनेसम्मका कुरा उठाउनुभयो। दुवै पक्षले एकअर्कालाई कुरेको जस्तो बुझ्छौँ हामी। यसभन्दा अघि बढ्ने ठाउँ छैन, भित्तामा टाउको ठोक्किसकेको छ। अब आफ्नो टाउको सुम्सुमाउँदै पार्टी एकतामा फर्किनुबाहेकको विकल्प छैन।

तपाईं त माधवकुमार नेपालसँग लामो समय काम गरेको मान्छे। उहाँलाई नजिकबाट चिन्‍नुहुन्छ, उहाँको मनोविज्ञान चिन्‍नुहुन्छ र उहाँको कार्यशैली पनि थाहा छ। तपाईं अहिले उहाँलाई छाडेर अध्यक्ष ओलीको कित्तामा पुग्नुभयो। तपाईंलाई नेपाल यस्तो अवस्थामा आएर मिल्नुहोला जस्तो लाग्छ कि लाग्दैन?
उहाँका कम्युनिस्ट आन्दोलनको अगुवा नेता हुनुहुन्छ। २०३१ को-अर्डिनेसन केन्द्रको प्रमुख नेताका रुपमा उहाँ हुनुहुन्छ। त्यो आन्दोलनका कतिपय नेताहरु बित्‍नुभयो। यो पार्टीको १५ वर्ष नेतृत्व गर्नुभयो, जटिल अवस्थामा सन्तुलन मिलाएर यहाँसम्म ल्याउनुभयो। नेतृत्व, अभिावकत्व र छहारी सर्वथा आवश्यक पर्छ। उहाँले आफ्नो पूरा जीवन जुन पार्टीका लागि समर्पण गर्नुभएको छ, देशभरि लाखौं, हजारौं कार्यकर्ता उहाँलाई आइडल मानेर यो पार्टीमा लागेका छन्। उनीहरुलाई निराश पार्नुहुन्‍न। व्यक्तिगत सम्मान र मर्यादा हिसाबमा उहाँ सचेत हुनुहुन्छ। कसैले अपमानित नगरोस् र नहोस् भन्‍ने कुरामा उहाँ संवेदनशील हुनुहुन्छ। उहाँले सानोभन्दा सानो कुरालाई आफ्नो प्रतिष्ठाको विषय बनाउनुहुन्छ। संस्कारयुक्त राजनीति सुरु होस् भन्‍ने उहाँको चाहना हुन्छ।

यसबीचमा जेजति कारणले भए पनि उहाँको चित्त दुखेको छ। मानमर्यादा पुगेको छैन। उहाँलाई ठीक नलाग्ने काम भएका छन्। दुईजना नेता एक ठाउँ बसेपछि ९० प्रतिशत हल हुन्छ। वैशाख ३१ गते चार घन्टा कुराकानी भएको थियो। त्यसले दुई वर्षदेखि जारी तिक्तता स्वाट्टै घटाइदिएको थियो। फेरि पनि एउटा कोठामा बसेर छलफल गर्नुभयो भने दुई घन्टामा सारा समस्या समाधान हुन्छ।

वैशाख ३१ को छलफलपछि एकता प्रक्रिया अघि बढेको थियो। कार्यदल बनेको थियो। त्यही बीचमा नेपालसहित ११ जनालाई कारबाही गरेर वार्ताको औचित्यमाथि नै प्रश्न उठाउनुभयो नि त ओलीले। वैकल्पिक बाटो रोज्ने भनेपछि आत्तिए जस्तो देखिन्छ। तिक्तता त झन् बढ्यो क्या रे?
तिक्तता मेटिइसकेको छैन। सौहार्द्रतामा प्रवेश गरेको भए यो अवस्था आउँदैनथ्यो। त्यसैका लागि एकता आह्वान गरिएको हो। एउटाचाहिँ सांगठनिक एकता, अर्कोचाहिँ नेताहरुको मन माझामाझको पक्ष छ। यसका लागि समय लाग्छ। असहजता हुनु, अस्वाभाविक हुनु र अविश्वास हुनु स्वाभाविक हो। एउटा क्रिया गर्छ, अर्को प्रतिक्रिया दिन्छ। त्यसले यहाँसम्म पुर्‍याएको छ। विभाजन नै गर्ने हो भने त जारी राखे हुन्छ। एकताको चाहना हो भने र एकै ठाउँ आउने नै हो भने एकअर्कालाई आम्नेसामुन्‍ने हेर्ने ठाउँ राख्‍नुपर्छ। भोलि कुरा गर्दा आफैंलाई लाज नहोस्। वर्षौं सहकार्य गरेको सहकर्मीमाथि प्रयोग गरेको भाषाले आफैंलाई हीनताबोध नगराओस्।

तपाईं नेपालसँग निकटस्थ हनुहुन्थ्यो। मानवीयरुपमा उहाँ राम्रो व्यक्ति तपाईंले पनि भन्‍नुभयो। अजेन्डाका हिसाबले पनि उहाँ जहाँ उभिनुभएको छ, त्यही ठीक छ। तपाईंले चाहिँ के कारणले नेपाललाई छाड्नुभयो?  
हामी मूलतः नेकपा एमालेका कार्यकर्ता हौँ। काम गर्ने क्रममा केही निश्चित मूल्यमान्यता अवलम्बन गरेका हुन्छौँ। पार्टीमा लाग्ने क्रममा उहाँहरुबाट सिक्ने, सँगै काम गर्ने र सहयोग गर्ने भइरहन्छ र उहाँहरुबाट दीक्षित हुने मौका कार्यकर्ताले पाउँछ। म पनि माधव नेपालसँग काम गरेँ। म त्यसरुपमा प्रस्तुत गर्न चाहन्‍न, कुनै घटना र कारणवश खेमा परिवर्तन गरेको रुपमा प्रस्तुत गर्न चाहन्‍नँ। म नेकपा एमालेमा क्रियाशील हुन चाहेँ। नेकपा एमालेलाई अगाडि बढाइयो भने यसभित्र गरिने अन्तरसंघर्ष बढी परिणाममुखी र सुखद् हुन्छ भन्‍ने मेरो निष्कर्ष रह्यो। सबैतिर अन्तरविरोध छ। माओले भन्‍नुभएको थियो- विज्ञानको अन्तरविरोध त्यहाँभित्रको घर्षणले निर्क्यौल गर्छ, समाजको अन्तरसंघर्ष वर्ग संघर्षले निर्क्यौल गर्छ र त्यसैगरी पार्टीभित्रका अन्तरविरोध आलोचना र आत्मालोचनाले निर्क्यौल गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

मेरो विश्वास के छ भने एमालेभित्र अन्तरसंघर्ष गर्दा यहाँ मेरो भावना जोडिएको छ, भविष्य जोडिएको छ, देशको भविष्य जोडिएको छ। यसलाई बलियो पार्दै यहीँभित्र संघर्ष गर्न चाहेको हुँ।

अहिले आमजन र एमालेजनको फरक दृष्टिकोण छन्। आमजनको प्रश्न छ- संविधान मिचेको कुरा उठाउने नेपाल पक्षले एकताका नाममा ओलीलाई सजिलै माफ गर्न मिल्छ?
यसमा दृष्टिकोणको कुरा छ। पहिले प्रतिनिधि सभा विघटन हुँदा धेरैले आलोचना गरेका थियौँ, गलत भनेका थियौं र अदालतले निरुपण गरिसकेको छ। पहिलो विघटन र अहिलेको विघटनमा आधारभूत रुपमा भिन्‍नता छ। आज सामाजिक सञ्जालमा, सञ्चारमाध्यममा र अन्य ठाउँमा एमाले एकता हुन्छ कि भनेर जो आत्तिएको र चिढिएको देखिन्छ, त्यो उहाँहरुको राजनीति हो। उहाँहरुले नेकपा एमालेको नेताहरुबीच सहमति भयो र २३ जना सांसदले हस्ताक्षर फिर्ता लिनुभयो भने यो मुद्दा स्वतः डिसमिस हुन्छ र आफ्नो राजनीति सकिन्छ भन्‍ने विश्लेषण हो।

पार्टीभित्र अन्तरविरोध भएका कारण उहाँहरु त्यहाँसम्म पुग्नुभयो। पार्टीभित्रका अन्तरविरोध समाधान हुन्छन् भने स्वतः हस्ताक्षर फिर्ता गर्नुपर्दैन र?

हाम्रा लागि पार्टी पहिलो हो। हामीले पार्टीलाई जोगाउन र बलियो बनाउन सकेनौँ भने देशको लोकतन्त्रका लागि पनि योगदान गर्न सक्दैनौं। हामी ठीक ठाउँमा उभिएर मात्रै लोकतन्त्रलाई बल पुर्‍याउन सक्छौँ। आज सीपी मैनाली वा मोहनविक्रम सिंहले यो देशको लोकतन्त्र बलियो बनाउँछु भन्यो भने कसले पत्याउँछ? सानो गल्तीले पनि किन तरंगित तुल्याउँछ? हामी जिम्मेवार अवस्थामा छौँ। त्यसैले हामी बलियो हुनुपर्छ। त्यही मान्यता आधारमा नेकपा एमालेको सुदृढीकरण र समृद्धि पहिलो सर्त हुन्छ।

Xtrem

Xtrem

प्रधानमन्त्रीको प्रस्ताव तपाईंका दृष्टिमा पूर्ण छन्? 
अहिलेको अवस्थामा पर्याप्त छन्। बसेर छलफल गरेर मिलाउन सकिने विषयका लागि ठाउँ खाली छ। कार्यदलले टुंग्याउने वक्तव्यमा पनि उल्लेख छ। कम्युनिस्ट पार्टीमा पूर्ण भयो भने त साम्यवादमा पुग्छ। जहाँसम्म हाम्रो दार्शनिक मान्यता साम्यवादसम्म पुग्दैनौँ। कुनै पनि कुरालाई पूर्ण भएको मान्दैनौँ। निर्वाचनमा सयको सय सिट पनि पूर्ण होइन, किन भने फेरि चुनाव लड्नुपर्छ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पटक-पटक संवादका नाममा दाउपेच मात्रै गरेको उदाहरण छन्। उखान छ नि, ढाँटको निम्तो खाइ पत्याउनु। त्यसले नेपाल पक्षको अविश्वास स्वाभाविक होला नि?
आजको नेकपा एमाले एकता र एकीकरणले बनेको हो। यो पार्टीभित्र अन्तरविरोध र विभाजन भोगेका छौँ। विभाजन र एकता दुवै भोगेका छौँ। एकताले कहाँ पुर्‍यायो? त्यो पनि थाहा छ। विभाजनले कहाँ पुर्‍यायो? त्यो पनि भोगको छौं। आपसमा रहेका अविश्वास, तिक्तता र संशयलाई पार्टीभित्रबाट मात्रै खोज्न सक्छौँ। बाहिरबाट हुने प्रशंसा वा उक्साहटलाई आधार बनाउनुहुँदैन। जति नजिक जान्छौँ, त्यति सत्य थाहा हुन्छ। शीर्ष नेताहरु चार घन्टा बस्दा कार्यकर्तामाझ उत्साह छाएको थियो। अध्यक्षले अघि सारेको प्रस्तावमा लागेको अपूर्णता बसेर छलफल गरेर टुंग्याउनुपर्छ। मेरो विचारमा सबै नेता कार्यकर्तालाई लिएर जानु उहाँको पनि जित हो, नेपालले जुन अडान राख्‍नुभएको थियो, त्यसले यो प्रस्ताव आयो। उहाँको पनि जित हो र एकता हामी सबै नेता कार्यकर्ताको जित हो। मैले यसमा कसैको अहित देख्दिनँ। यसलाई प्रतिष्ठा र जुँगाको लडाइँ बनाउनुहुँदैन।

अध्यक्षले हस्ताक्षर फिर्ता गर्ने प्रस्ताव राख्‍नुभयो। नेपाल पक्षले प्रतिनिधि सभा विघटन नै फिर्ता लिनुपर्ने धारणा राख्यो। अजेन्डाका हिसाबले नेपाल पक्षको धारणा सही होला नि?
सबैभन्दा पहिले पार्टी एकतामा जाने हो कि नजाने हो स्पष्ट हुनुपर्छ। पार्टी एकतामा जाने हो भने सबै सांसदहरु एक ठाउँमा उभिनुपर्छ। नेकपा एमालेको संसदीय दलमा ओली पक्षधर र नेपाल पक्षधर हुन पाइन्छ। ओली पक्षधर र शेरबहादुर देउवा पक्षधर हुन पाइँदैन। देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्‍ने रिट कायम राख्दाराख्दै, एमालेका सांसदको हस्ताक्षर हुँदाहुँदै एउटै ठाउँमा, एउटै कमिटीमा निर्णय गरेर पार्टी एकताबद्ध छ, कसरी भन्‍न सकिन्छ?

पार्टीभित्र अन्तरविरोध भएका कारण उहाँहरु त्यहाँसम्म पुग्नुभयो। पार्टीभित्रका अन्तरविरोध समाधान हुन्छन् भने स्वतः हस्ताक्षर फिर्ता गर्नुपर्दैन र? यसमा षड्यन्त्र, जालसाँजी वा ओलीले सत्ता लम्ब्याउन खोज्यो भन्‍ने प्रश्न नै हुँदैन। मूल कुरामा आउनुपर्‍यो, पार्टी एकता गर्ने हो भने एकतामा आउनुपर्‍यो। अर्को पार्टीको सभापतिलाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता हुनुपर्‍यो। पार्टी एकताका लागि होइन, अरु कुनै अजेन्डा सेट भइसकेको छ र पार्टी फुटाउने निर्णय नै भइसकेको छ भने यो धेरै बहस गर्नुको अर्थ रहँदैन।

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  २२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्