काठमाडौं- आज देशभर बदली रही पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा को सम्भावना रहेको छ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको र देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।
आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।