• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद पुनःस्थापना नभए विपक्षी गठबन्धन चुनावी मोर्चाबन्दीसम्म जाने तयारी

64x64
वीरेन्द्र ओली सोमबार, जेठ १७, २०७८  १०:५९
1140x725

काठमाडौं- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले(माधवकुमार नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले प्रतिनिधि सभा पुनःस्थापना नभएमा भावी चुनावमा समेत मोर्चाबन्दी गरेर जाने रणनीतिमा लागेका छन्। प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा १४६ सांसदको हस्ताक्षर सहित सर्वोच्च अदालतमा रिट हाल्न गएका उनीहरुको पहिलो आशा भने प्रतिनिधि सभा पुनःस्थापना हुनेमै छ।

एमालेको केपी शर्मा ओली र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष एकातिर भएका छन्। उनीहरुको विरुद्ध विपक्षी गठबन्धन सक्रिय भएको छ। शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै सुरु भएको यो गठबन्धन ओली विरुद्धको संघर्षमा थप लामो समयसम्म जाने नेताहरुले बताएका छन्।

देउवासहित १४६ जना सांसद्ले हारेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। संवैधानिक र कानुनी दृष्टिकोणले प्रतिनिधि सभा पुनःस्थापना हुने सम्भावना यसअघि भन्दा बलियो रहेको संविधानविद् र कानुनविद्हरुले बताएका छन्। पुनःस्थापित भएको खण्डमा विपक्षी गठबन्धनबीच सत्ता साझेदारी हुने छ।

यसअघि प्रतिनिधि सभा विघटन हुँदा विपक्षीहरुले छुट्टाछुट्टै र ओलीपक्षले आमसभा र सडक प्रदर्शन गरेर अदालतमा माथिदबाब बढाएका थिए। अदालतमा मुद्दा विचाराधीन अवस्थामै हुँदापनि ओलीपक्षले निर्वाचनको पक्षमा र विपक्षमा उभिएका दलहरु संघर्षमा उभिएका थिए। यसैबीच अदालतले प्रतिनिधि सभा पुनःस्थापित गरिदिएको थियो।

दोस्रो पटक प्रतिनिधि सभा विघटन हुँदा कोरोना महामारी र निषेधाज्ञा कारण विपक्षी गठबन्धनले विरोध सभा र सडक प्रदर्शन गर्न पाएका छैनन्। ओली समूहले पनि यसअघि जस्तो प्रदर्शन गर्न पाएका छैनन्। विपक्ष गठबन्धनले भने बैठकहरु बसेर विज्ञप्ति जारी गरिहरेका छन्। विपक्षी दलमा आबद्ध नेताहरुले सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभा विघटन गर्ने कदमको विरोध जनाउँदै आएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

प्रतिनिधि सभा पुनःस्थापना भए पनि सबैभन्दा ठूलो दलको रुपमा ओली नेतृत्वको एमाले कायमै रहन्छ। त्यतिबेला पनि आफूहरुको गठबन्धन कायमै राख्नुपर्ने विपक्षी गठबन्धनका नेताहरुको भनाइ छ। लोकतन्त्र संरक्षणको सुनिश्चित नभएसम्म विपक्षी मोर्चा कायम हुने बताउँदै चुनावसम्म तालमेल हुनसक्ने नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले संकेत गरे। ‘लोकतन्त्र संरक्षण सुनिश्चित नभएसम्म गठबन्धनबीचको तालमेल,सहकार्य र सहमतिकायम रहन्छ। त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने सबै नेताहरुको धारणा छ’,खाँडले भने,‘लोकतान्त्रिक पद्धति र मूल्यपद्धतिआत्मसात् गरेका राजनीतिक दलहरुले न्यायपालिकाले स्वतन्त्र, निष्पक्ष र विवेकसम्मत ढंगले निर्णय गर्छ भन्ने छ। न्यायपालिकाले संविधान अनुकूलको निर्णय गरेपनि यो गठबन्धन रहिरहन्छ। किनकि सदन सामना गर्न पनि हामीलाई गठबन्धन चाहिन्छ। सडकमा जानुपर्‍यो भनेपनि गठबन्धन चाहिन्छ।’

ओलीले संवैधानिक अंगहरु कब्जा गर्ने काम गरेकाले त्यसलाई सच्याउन  पनि गठबन्धन आवश्यक हुने  खाँडले बताए। ‘ओलीजीले संवैधानिक अंगलाई  आफू अनुकूल र आफ्नो स्वार्थमा काम गर्ने बनाउनुभयो। त्यो एउटा निरकुश सोच र शैली हो। जुनसुकै सर्वसत्तावाद अधिनायकवादको खिलापमा मोर्चाबन्दी हुँदै आएको छ। अहिलेको मोर्चाबन्दी स्वभाविकै छ। आवश्यक हुने छ’,उनले भने।

विगतका दिनहरुमा निरकुशंताका विरुद्ध आन्दोलन हुँदा मोर्चाबन्दी बनेको स्मरण गर्दै खाँडले त्यस्तो मोर्चाहरुले सकारात्मक परिणाम दिएको समेत टिप्पणी गरे। ‘तत्कालीन राजा ज्ञानेन्द्रलेपनि निरकुंशढंगले अगाडि बढे। र लोकतान्त्रिक  मूल्यमान्यतालाई पनि प्रहार गरे। लोकतन्त्रको रक्षा र नागरिकहरुको हक अधिकारका लागि नै सात दल र माओवादीबीच मोर्चा बनेको थियो’, उनले भने।

संविधान सभाबाट  संविधान निर्माण भएपछि कार्यान्वयनमा जानेक्रममा ओलीले संविधान विपरीत गतिविधि गरेको भन्दै खाँडले आक्रोश पोखे। ‘ओलीको प्रधानमन्त्रीत्वमा प्रारम्भिक दिनमा संविधान विपरीतका गतिविधि हुँदै आए। संविधानमाथि प्रहार भयो। एकतातिर जननिर्वाचित संसदलाई बाइपास गर्ने, संसदप्रति उत्तरदायी नहुने, संसदको बैठकपनि चलाउन नमान्ने र संसद भंग गर्ने, अध्यादेशको माध्यमबाटराष्ट्रपतिलाई उपयोग गरेर मुलुक निरकुंशढंगले चलाउने प्रत्यन्न भयो’,खाँडले  भने,‘त्यसको खिलापमा संघीय लोकतन्त्रकोमूल्य मान्यताको रक्षा, संविधानको रक्षाको लागिसहकार्य गर्न जरुरी भएर अहिले संसदमा रहेका दलहरुबीचमा सहमति गरेर अगाडि  बढिरहेका हौँ।’

केपी ओलीको प्रतिगमन नसच्चिँदासम्म संयुक्त मोर्चा कायम हुने नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। प्रतिगमन विरुद्धको मोर्चा बनाएकाले त्यो नसच्चिए चुनावसम्मै कायम रहने उनले आकलन गरे। ‘यो प्रतिगमन विरुद्धको संघर्षको क्रममा निर्माण भएको मोर्चा हो। प्रतिगमन विरुद्धको संघर्ष र लोकतन्त्रलाई रक्षा गर्ने सवालमा जतिहदसम्म आवश्यक हुन्छ, त्यतिहदसम्म मोर्चाबन्दी गर्ने काम हुन्छ’,श्रेष्ठले भने, ‘प्रतिगमन विरुद्धको संघर्षको मोर्चा बनेकाले आवश्यक परेमा चुनावसम्म त्यस्तो हुन सक्छ।’

संयुक्त मोर्चा कति बलियो र कमजोर बन्छ भन्नेचाहिँ अब सर्वोच्चको फैसला र ओलीको कदममा भरपर्ने नेताहरुको भनाइ छ।

 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा क... मंगलबार, जेठ १२, २०८३
विपक्षीलाई सभामुखले भने– प्रधानमन्त्रीज्यू संसद्‍मा आएर जवाफ दिने अवस्थामा हुनुहुन्छ, छिट्टै आउनुहुनेछ उनले संसदको अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको पनि बताए। मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा दालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दाब... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्