काठमाडौं– सरकारले कर्मचारीको तलब २ हजार रुपैयाँले वढाएको छ।
शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको जानकारी दिए।
कर्मचारीका लागि महंगी भत्तालाई निरन्तरता दिँदै हालको प्रतिकुल अवस्थालाई ख्याल गर्दै यो रकम वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए।
यसरी वृद्धी भएको तलब साउन १ देखि लागू हुने छ। सरकारले कर्मचारीलाई सहुलियत आवास सुविधा पनि उपलव्ध गराउने घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।