काठमाडाैं- सरकारले खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिने भएकाे छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै उक्त कुराकाे जानकारी दिएका हुन्।
उनका अनुसार आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने सरकारले लक्ष्य लिएकाे छ।
यसका लागि ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।