काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघ शान्ति सेना दिवस (मे २९)को शुभकामना दिएकी छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् शुभकामना सन्देश जारी गर्दै नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहने बताएकी छन्।
'संयुक्त राष्ट्रसंघ शान्ति सेना दिवस‚ मे २९ को अवसरमा शान्ति सेनाको रूपमा खटिने सुरक्षाकर्मीसहित सम्पूर्ण राष्ट्रसंघ परिवारमा शुभकामना। शान्ति स्थापनार्थ खटिने क्रममा सहादत प्राप्त गर्ने शान्ति सेनाप्रति श्रद्धाञ्जलि। नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहनेछ,' राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।