काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणलाई मध्य नजर गर्दै आवश्यक परेमा स्वास्थ्य संकटकाल लगाउने बताएका छन्।
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यक स्वास्थ्य उपचारका लागि कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरिएको बताए।
अध्यादेश बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति यसै मातहत चौविसै घण्टा खटिनेगरी कोभिड संकट व्यवस्थापन केन्द्र स्थापना भएको ओलीले बताए।
वीर अस्पताललाई कोभिड युनिफाईड केन्द्रीय अस्पताल तोकिएकाले यहाँबाट कोभिड विरामीहरुले स्क्रेनिङ डाइगोनिस्टिक गरिने उनले बताए।
वीर अस्पतालले जुनसुकै अस्पताललाई कोभिड उपचारमा समन्वयत्म ढंगले परिचालन गर्ने ओलीको भनाइ थियो। ‘कोडिभ उपचारका लागि १५७ अस्पतालहरु सूचिकृत भएका छन्। कोभिडको उपचार निःशुल्क गर्न ४५ निजी अस्पतालसंग सम्झौता गरिएको छ’ ओलीले भने।
महामारी भएको एक वर्षको अवधिमा भेन्टिलेटरको सख्या ३३७ बाट ९०४ आईसीयू बेड २६ सयबाट ३ हजार पुयाएको उनले बताए। देशैभर ९ सय अक्सिजन कन्सन्ट्रेटर थपिएका उनको भनाइ छ। छिट्टै १८० भेन्टिलेसन ६३० आईसीयू, ६ सय एचडीयू र १९ अक्सिजन प्लान्ट थपिने प्रधानमन्त्री ओलीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।