काठमाडौं– नेपाली कांगेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले मेलम्ची क्षेत्रका विभिन्न अस्पताललाई अक्सिजनसहितको बेड सहयोग गरेका छन्।
सिन्धुपाल्चोकका विभिन्न अस्पताल तथा स्वास्थ्यकेन्द्रलाई १ महिनाभित्र १ सय अक्सिजनसहितको बेड सहयोग गर्ने प्रतिबद्धता अनुसार बस्नेतले मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकामा सञ्चालित अस्पतालाई सहयोग गरेका हुन्।
यसअघि उनले सिन्धु सदावहारमा अस्पताललाई २५ तथा भोटेकोशी गाउँपालिकाको चाकुमा ५ बडेको कोभिड उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएका थिए्।
त्यसैगरी, कोभिड उपचार सेवा केन्द्र सञ्चालनका लागि उनले जिल्लाका जलबीरे, चौतारा तथा नवलपुरका विभिन्न अस्पताल तथा स्वास्थ्यकेन्द्रलाई बेडसहित अक्सिजन सहयोग गरेका छन्।
जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा गरी एक सय अक्सिजनसहितको बेड प्रदान गर्ने कार्यलाई निरन्तरता दिइरहेको उनको भनाइ छ।
नेता बस्नेतले महामारीको चपेटामा परी उपचार विहीन बनेका सिन्धुवासीको सहयोगका लागि ततकाल जिल्लाका विभिन्न अस्पतालमा अक्सिजनसहित १ सय बेड सहयोग गर्ने तथा दीर्घकालीन रुपमा सम्पूर्ण सुविधासहितको एक सय शय्याको अस्पताल बनाउने घोषणा गरेका थिए।
शय्याको अश्स्पताल निर्माणमा लागिने बताउँदै उनले यसका लागि स्थान छनोट भइसकेको समेत बताए। हालको महामारी नियन्त्रणमा आई सहज वातावरण बनेपछि तत्काल सुनकोशी गाउँपालिकाको थुमपाखर खेलमैलानमा अस्पताल निमार्णको काम शुरु हुने नेता बसनेतले बताए। जिल्लामा अक्सिजन प्लान्ट निर्माणका लागि समेत अध्ययन तथा आवश्यक गृहकार्य भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।