• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
बजेट २०७८/७९

कामचलाउ सरकारले ल्याउने बजेट ‘काम चलाउने’ मात्रै हुनुपर्छ

डा. रामशरण महत आइतबार, जेठ ९, २०७८  १३:४८
1140x725

सरकारले संसद् विघटन गरेको छ, यो सरासर गैरसंवैधानिक काम भएको छ। बजेट प्रस्तुत गर्ने समयमा संसद् नै विघटन गरेर संकटमा देशको अर्थतन्त्रमाथि झन संकट थप्ने काम भएको छ।

वर्तमान सरकारले यसअघि ल्याएका बजेटमा पनि धेरै कमजोरीहरु थिए। अहिलेसम्म व्यावहारिक बजेट प्रस्तुत गर्न सकेको छैन। सबै कृत्रिम बजेट छन्। बजेट कार्यान्वयनमा पनि सरकार चुकेको छ। कार्यान्वयन क्षमता एकदमै कमजोर छ।

सुशासनको अभाव छ। फेरि, अहिले बजेट प्रस्तुत गर्ने बेलामा सरकार कामचलाउ भएको छ। विश्वासको मत पनि पाउन नसकेको कामचलाउ सरकार हो। जसरी अहिले गलत ढंगबाट संसद् विघटनको सिफारिस र राष्ट्रपतिबाट अनुमोदन गर्ने काम भएको छ, यो गलत हो। विश्वासको मत नै नलिई नयाँ सरकार बनाउने भन्दै नयाँ प्रपञ्‍च रचियो। अनि संसद् नै विघटन गर्ने काम भएको छ।

संविधानको धारा ७६ को उपधार ५ अनुसार सरकार बनाउन समय दिइयो। त्यही नै अवैधानिक थियो। पहिले त संविधानको धारा ७६ को उपधार ३ अनुसार बनेको सरकारले उपधार ४ अनुसार विश्वासको मत लिनुपर्छ। विश्वासको मत पाउन नकेपछि मात्रै उपधारा ५ अनुसार सरकार गठनका लागि प्रक्रिया थालनी गर्ने हो।

अहिलेको सरकारले बजेट प्रस्तुत गर्नसक्ने अवस्था नै छैन। बजेट नै प्रस्तुत नै गर्न नसक्ने अवस्थामा देशको अर्थतन्त्रमा पर्ने क्षतिको पनि आकलन हुन सक्दैन।

प्रक्रिया नै पूरा नगरी उपधार ५ अनुसारको सरकार गठन गर्न समय दिने र सरकार निर्माणका लागि प्रतिपक्षी दलको नेताले पेस गरेको प्रस्तावलाई आधार नपुगेको भन्दै टोकरीमा हाल्ने काम भएको छ। यो सरासर गैरसंवैधानिक काम हो। यी सबै आपत्तिजनक काम हुन्। सबै काम संविधानविपरीत भएका छन्। यसकारण यो विश्वासको मत प्राप्त गरेको सरकार हैन र बहुमत प्राप्त सरकार पनि हैन। यो त केबल कामचलाउ सरकार मात्रै हो।

कामचलाउ सरकारले कुनै पनि निर्णय गर्दा कामचलाउने निर्णय मात्रै गर्ने हो। त्यसमा पनि महत्त्वपूर्ण वार्षिक बजेट प्रस्तुत गर्न सक्दैन। खाली नयाँ आर्थिक वर्षमा खर्च गर्नका लागि र चलिरहेका आयोजना तथा कामहरुलाई निरन्तरता दिने गरी एउटा कामचलाउ बजेट मात्रै प्रस्तुत गर्नुपर्छ। संसद् नै विघटन गरेपछि १५ गते नै बजेट प्रस्तुत गर्नुपर्छ भन्ने विषय पनि रहँदैन। संसद्‍मै पेस गर्ने भनेर संविधानमा लेखिएको छ। संसद् नै नभएपछि कहाँ पेस गर्ने र किन त्यही दिन ल्याउनुपर्‍यो?

अहिले संसदीय विश्वास प्राप्त गरेको सरकार छैन। सरकार विवादास्पद अवस्थामा छ। यस्तो अवस्था नआउनुभन्दा पहिले मैले पनि बजेट कस्तो हुनुपर्छ भनेर सल्लाह तथा सुझाव दिएको थिएँ। अहिलेको अवस्थामा त्यो अब बैग्लै कुरा हो।

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेको सरकारले बजेट प्रस्तुत गर्नसक्ने अवस्था नै छैन। बजेट नै प्रस्तुत नै गर्न नसक्ने अवस्थामा देशको अर्थतन्त्रमा पर्ने क्षतिको पनि आकलन हुन सक्दैन।

त्यसमा पनि  बजेट संसद्‍मै पेस हुनुपर्छ भनेर संविधानमा लेखिएको छ। बजेट प्रस्तुत गर्नुभन्दा पहिले प्रि-बजेट छलफल हुनुपर्छ। त्यो पनि भएको छैन। त्यसमा पनि वैशाख २७ गतेदेखि काम चलाउ सरकार भएपछि अन्य दलसँग परामर्श गरेर यस्तो अवस्थामा एउटा कामचलाउ बजेट प्रस्तुत गर्नुपर्ने थियो। त्यो अवस्था पनि अहिले छैन। अहिले बजेट अध्यादेशबाट ल्याउने हल्ला भएको छ। त्यो काम गर्नै हुँदैन। हुन पनि सक्दैन।

देशको अर्थतन्त्रमा अहिले ठुलो संकट आएको छ। स्वास्थ्य संकट आएको छ। त्यसलाई नै प्राथमिकता राखेर सरकार अगाडि बढ्नुपर्ने हो। त्यतातिर भन्दा अनैतिक काममा सरकारको ध्यान बढी छ।

कोभिडका लागि बजेट पनि छुट्याइएको छ। जुन खर्च हुने सकेको छैन। जनताले अक्सिजन नपाएर ज्यान गुमाइरेका छन्। तर, सरकार भने फेरि नयाँ बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ। यस्तो अवस्थामा पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिनेगरी कामचलाउ बजेटमात्रै ल्याउनुपर्छ। कामचलाउ सरकारले नयाँ कार्यक्रम ल्याउन सक्दैन। राजस्वका दरमा तलमाथि गर्न पाउँदैन। खर्च गर्ने रकमको खर्च प्रस्ताव पनि चालु आवकोभन्दा बढी गर्न पाउँदैन। गर्न पनि मिल्दैन। खाली काम चलाउ कामका लागि मात्रै निरन्तर दिनुपर्छ।

Xtrem

Xtrem

मुख्यत: यो सरकार नै परिर्वतन गर्नुपर्छ। संसद्‍मा जसको बहुमत छ उसलाई सरकार बनाउन दिनुपर्छ। संसद् विघटन गर्न मिल्दैन। यो विषय अदालतमा जाँदै छ। संसद्‍को पुन:स्थापना हुनुपर्छ। पुन:स्थापना भएपछि जसले सरकारका बनाउँछ उसैले वार्षिक बजेट प्रस्तुत गर्नेछ।

केही गरी जबर्जस्ती बजेट प्रस्तुत गर्ने नै हो भने पनि भएका कार्यक्रमलाई निरन्तरता दिनेबाहेक केही गर्न पाउँदैन।

कामचलाउ सरकारले केही गरी अध्यादेश मार्फत बजेट ल्याएको अवस्थामा पनि निर्वाचनलाई लक्षित गरी बजेट ल्याउन पाउँदैन। त्यसमा पनि भावी पुस्तालाई असर गर्ने गरी खर्च बढाउने गरी बजेट ल्याउनु अपराध हुन्छ। निर्वाचनमा आफ्नो स्वार्थपूर्तिका लागि बजेट ल्याउन पाइँदैन। 'पपुलर' बजेट ल्याएर सरासर गल्ती गर्न पाइँदैन र मिल्दैन पनि। कामचलाउ सरकारले विगतमा पनि पुरानै कार्यक्रमलाई नै निरन्तरता दिनेगरी नै ल्याउँथे। नयाँ कार्यक्रम राख्ने काम भएको छैन।

केही गरी जबर्जस्ती बजेट प्रस्तुत गर्ने नै हो भने पनि भएका कार्यक्रमलाई निरन्तरता दिनेबाहेक केही गर्न पाउँदैन। मैले पनि बजेट प्रस्तुत गर्दै गर्दा निर्वाचन हुने समयमा र जुन सरकार थियो त्यो चालु हुने अवस्था नभएको समयमा तथा सरकार परिर्वतन हुने अवस्थामा 'फुल फेज'को बजेट प्रस्तुत गरेको थिइनँ। अहिले पनि फुल फेजको बजेट ल्याउन पाइँदैन। अनिश्चित सरकार र निर्वाचन हुने अवस्थामा छ। सरकार परिर्वतन हुने अवस्थामा छ भने पूर्ण बजेट ल्याउन पाइँदैन र अभ्यास पनि त्यही छ।

(डा. महत पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता हुन्।)

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १३:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक मंगलबार, असोज १३, २०८३
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता मंगलबार, असोज १३, २०८३
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान मंगलबार, असोज १३, २०८३
फर्जी मतपत्र भेटिएपछि सिन्धुपाल्चोक–२ कांग्रेस अधिवेशन रोकियो मंगलबार, असोज १३, २०८३
दुई सहसचिव सचिवमा बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जामा मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्