• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संविधान नमान्‍ने राष्ट्रपतिको निर्णय मान्‍नुपर्दैन, सभामुखले तत्काल प्रतिनिधि सभा बोलाउनुपर्छ

शम्भु थापा शनिबार, जेठ ८, २०७८  १५:०४
1140x725
शम्भु थापा, वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष

पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर पल्केका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि विघटन गरे। यो खेल राष्ट्रपति विद्यादेवी भण्डारीको पनि मिलेमतोमै भएको छ। यति कुरा भन्नका लागि कानुन व्यवसायी हुनु पर्दैन। दृश्य र परिदृश्यहरूले यसरी गरेको विघटनलाई नियोजित नै हो भन्ने प्रस्ट तस्बिर देखाएको छ।

पहिलोपटक विघटन भएको प्रतिनिधि सभा सर्वोच्चले पुनःस्थापना गरेको प्रधानमन्त्रीलाई मन नपरेको उनको सार्वजनिक अभिव्यक्तिले देखिएकै थियो। उनले सर्वोच्चलाई होच्याउने अभिव्यक्ति दिँदै आएका छन्। अघिल्लोपटकको मुद्दामा प्रतिनिधि सभा पुनःस्थापना हुन सक्दैन भन्ने अभिव्यक्ति दिनेदेखि पूर्वन्यायाधीश र कानुन व्यवसायीलाई होच्याउने काम गरेका थिए। उनले ‘के फैसला गर्छन्’, ‘बहस फिटेकै फिटेका छन् तर पुनःस्थापना हुँदैन’ भनेकै हुन्। तर, सर्वोच्च अदालत संविधान बचाऊको पक्षमा उभियो। 

अहिले फेरि मध्यरातमा दुई जनाको मिलेमतोमा संसद् विघटन गरिएको छ। अल्पमतको सरकारको नेतृत्व गर्ने अनि विघटनमा जाने हुन सक्दैन। अहिले संसद्मा वैकल्पिक सरकार बन्ने प्रस्ट तस्बिर राष्ट्रपतिसमक्ष विपक्षी गठबन्धनले पेस गरेकै थिए। उक्त हस्ताक्षर ठीक थियो कि थिएन त्यो कुरा प्रमाणित गर्ने जिम्मेवारी राष्ट्रपतिको थियो। तर, त्यसो नगरी दुवै दाबी नपुग्ने भन्दै मनोगतरूपमा खारेज गरेर विघटनलाई सदर गर्नुले गलत मनसायले गरेको काम भन्ने प्रस्ट देखिन्छ।

अब प्रतिनिधि सभा वैठक राख्ने अनि भटाभट सरकार गठनदेखि राष्ट्रपतिलाई कारबाही गर्नेसम्मका काम गर्नुपर्छ।

विघटनको सिफारिस भइसकेकाले अब के गर्ने त्यसतर्फ केन्द्रित हुनुपर्ने अवस्था छ। अब घटीमा १३६ सांसदको रिट बोकेर सर्वोच्च अदालतमा राजनीतिक दलहरू जानुपर्छ, यदि कानुनी उपचार खोज्ने हो भने। दोस्रो कुरा सर्वोच्चको अस्तीको फैसलाले विघटन नै हुँदैन।  विघटन नै नभएको अवस्थामा किन यसलाई मानेर अरू दलहरू अघि बढ्ने? अब प्रतिनिधि सभा वैठक राख्ने अनि भटाभट सरकार गठनदेखि राष्ट्रपतिलाई कारबाही गर्नेसम्मका काम गर्नुपर्छ।

हस्ताक्षर गरेका १४९ जना सांसद सर्वोच्च जानुपर्छ। विघटन नै नहुने कुरालाई जे पायो त्यही लेखेर विघटन हुन्छ? मेरो भनाइमा त दलहरूले अब संसद् बैठक बोलाउनुपर्छ। पटक–पटक जे मनलाग्यो त्यही लेखेर कहीँ पनि विघटन हुन्छ? सभामुख अग्निप्रसाद सापकोटाले तत्काल प्रतिनिधि सभाको बैठक बोलाउने अनि राष्ट्रपति र उपराष्ट्रपतिलाई समेत उक्त बैठकमा बोलाउनुपर्छ। केपी शर्मा ओलीले जे पायो त्यही गर्न हुने अनि अरूले वैधानिकरूपमा प्रतिनिधि सभाको बैठक किन राख्न नहुने? नहुने भन्ने कतै देखिँदैन।

राजनीतिक दलहरूले अब हिम्मत देखाउने समय आएको छ। राष्ट्रपतिसँग के छ? न त जनमत, न नैतिक बल नै छ। प्रहरी वा आर्मीको प्रमुख हुँ भन्दैमा हुन्छ र? कानुनी शासन मान्न पर्दैन? संविधान अरूले मात्रै मान्नुपर्ने हो? राष्ट्रपति प्रधानमन्त्रीले मान्नुपर्दैन? जे पायो त्यही लेख्ने अधिकार कसले दियो?

हामीले २०६२/६३ मा जनआन्दोलन गरेर ल्याएको संविधान अहिले ‘कोल्याप्स’ गराउने बाटोमा प्रधानमन्त्री र राष्ट्रपति लागेका छन्। निरंकुश राजतन्त्रविरुद्ध सडकमा ज्यानको बाजी थापेर ल्याएको संविधान र गणतन्त्र कसैको बिर्ता होइन। अहिले देशको अवस्था कहाँ छ? अहिले सबै किरियापुत्री बसेको बेला पनि चुनाव गर्छु भनेर कहीँ चुनाव हुन्छ? कसैले पनि यस्तो महामारीको अवस्थामा चुनाव गर्न सक्छ? अस्पतालमा नागरिक बाँच्नका लागि संघर्ष गरिरहेका छन्। अक्सिजन नपाएर धमाधम मरिरहेका छन्। औषधि छैन, भेन्टिलेटर र उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको छ। अस्पतालको चित्कार र संविधानले दिएको स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्ने दायित्व राज्यको हैन? नागरिकको उपचार गर्नुपर्ने सरकारले आफ्नो दायित्व पूरा गर्न पर्दैन?

Ncell 2
Ncell 2
nimb
nimb

सबै किरियापुत्री र अस्पतालमा बसेको समयमा राष्ट्रपति र प्रधानमन्त्रीमात्रै सिंहासनमा बसेका छन्। सारा देश शोकमग्न छ। आफन्त गुमाएर नागरिक त्रास र पीडामा छन्। देशमा स्वास्थ्य संरचना ध्वस्त भएको छ। हरेक दिन आफन्तलाई गुमाएर नागरिक बोल्न नसक्ने अवस्थामा छन्। तर, सत्ताको सिंहासनमा बसेका राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जनताप्रति कुनै दायित्व छैन? के उनीहरूले नागरिकको दायित्वबाट उन्मूक्ति पाएका हुन्? उनीहरूले नागरिकप्रति गर्नुपर्ने कुनै दायित्व नभएकै हो?

नेपालको प्रजातन्त्र खोस्नसक्ने हैसियत त कसैको छैन तर हामी नागरिकले दुःख धेरै पाउनुपर्ने भएको छ।

अहिलेको अवस्था के छ, कुन अवस्थामा हामी गुज्रेका छौं, देशमा महामारीले गर्दा दैनिक ज्याला गरेर खानेहरू कुन अवस्थामा कहाँ छन्, सरकारलाई यी कुरा थाहा छ कि छैन? अहिलेको अवस्थामा को मर्ने र को बाँच्ने थाहा छैन। यस विषयमा सरकारको सामाजिक दायित्व हुँदैन?

विश्वका हरेक देश लकडाउन गरेर नागरिकको ज्यान बचाउने काममा लागेका छन्। हामीचाहिँ यस्तै खेलमा लागिरहने हो? यो देश केपी शर्मा ओलीको मात्र हो? उनले मात्रै सत्ता र सरकार पाउनुपर्ने हो?

Xtrem

Xtrem

अबको बाटो म त अन्धकार मात्र देख्छु। नेपालको प्रजातन्त्र खोस्नसक्ने हैसियत त कसैको छैन तर हामी नागरिकले दुःख धेरै पाउनुपर्ने भएको छ। यसअघि निरंकुश राजतन्त्रविरुद्ध लड्यौं संविधान जारी गर्‍यौं, अब यही संविधानअनुसार जन्मेका गलत मानिसका विरुद्धमा संघर्ष गर्नुपर्ने भएको छ। अब मान्छे चिन्नुपर्ने भएको छ। नागरिक समाजको आवाज अब दलहरूले सुन्नुपर्छ। जनतालाई केन्द्रित राखेर अब दलहरू अघि बढ्न जरुरी छ। अब मुख्य कुरा राजनीतिक दलहरू अग्रसर भएर तात्न जरुरी छ। सरकारले चालेका गलत कदमहरूका बारेमा उनीहरूले दरोसँग खुट्टा टेक्न जरुरी छ। दलहरूले राजनीतिक रूपमा खुट्टा नटेकेसम्म अरूले कराएर हुँदैन। 

२०६२/६३ मा हामीले नै आन्दोलनको घोषणा गरेका थियौं। अग्रमोर्चामा हामी उत्रेपछि अरू निस्केका थिए। तत्कालीन समयको त्यो परिस्थिति र अहिलेको अलि फरक छ। अहिले हामीले नै निर्वाचित गरेको व्यक्ति साँढे भएको छ। त्यसलाई तह लगाउने जिम्मेवारी पनि दलहरूकै हो।

अब सञ्चारमाध्यमले एकजुट भएर अगाडि आउनुपर्ने अवस्था भएको छ। सञ्चारमाध्यमले सरकारका समाचार नै नदिने कार्य गर्न सक्नुपर्छ। यस्तो सरकारको के समाचार दिने? अब सोच्नुपर्ने समय आएको छ।

मेरो तर्फबाट देखेको दुईमात्र विकल्प भनेको अब सबै राजनीतिक दलहरू एकजुट भएर १४९ भन्दा धेरै सांसद लिएर सर्वोच्च जाने र दोस्रो भनेको संसद् बैठक राख्ने हो। सबैभन्दा उत्तम विकल्प भनेको सभामुखले प्रतिनिधि सभाको बैठक बोलाउने हो। सभामुखले तत्काल प्रतिनिधि सभाको बैठक राखेर राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि बोलाएर त्यही छलफल गर्नुपर्छ। आइलाग्नेमाथि जाई नलाग्ने हो भने झन् अझ अवैधानिक र निरंकुश हुँदै जाने खतरा देखिएको छ। 

अब कति हामीमात्र कराउने भन्ने प्रश्न उठेको छ। अस्ति पनि विघटन हुँदा हामीले महिनौ सर्वोच्चमा र सडकमा गएर कराएकै हौं। अहिले पनि कराउन तयार छौं। असंवैधानिक कदमलाई असंवैधानिक कहाँ गएर भन्नुपर्ने हो भन्न तयार छौं, तर त्यसको नेतृत्व त राजनीतिक दलहरूले गर्नुपर्‍यो नि। अघिल्लोपटक पनि विघटन हुँदा हामीले एकलौटीरूपमा कराएर पुनःस्थापना गरिदियौं, तर केपी शर्मा ओली र विद्यादेवी भण्डारीले आफूमात्र सिंहासनमा बस्नुपर्ने भन्दै अवैधानिक कदम चाले। यसरी अवैधानिक कदमलाई संवैधानिक बनाउन के गर्ने भन्ने दलहरूकै हातमा रहेको छ।

(वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष थापासँग नेपाललाइभले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ?
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्