• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संविधान नमान्‍ने राष्ट्रपतिको निर्णय मान्‍नुपर्दैन, सभामुखले तत्काल प्रतिनिधि सभा बोलाउनुपर्छ

शम्भु थापा शनिबार, जेठ ८, २०७८  १५:०४
1140x725
शम्भु थापा, वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष

पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर पल्केका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि विघटन गरे। यो खेल राष्ट्रपति विद्यादेवी भण्डारीको पनि मिलेमतोमै भएको छ। यति कुरा भन्नका लागि कानुन व्यवसायी हुनु पर्दैन। दृश्य र परिदृश्यहरूले यसरी गरेको विघटनलाई नियोजित नै हो भन्ने प्रस्ट तस्बिर देखाएको छ।

पहिलोपटक विघटन भएको प्रतिनिधि सभा सर्वोच्चले पुनःस्थापना गरेको प्रधानमन्त्रीलाई मन नपरेको उनको सार्वजनिक अभिव्यक्तिले देखिएकै थियो। उनले सर्वोच्चलाई होच्याउने अभिव्यक्ति दिँदै आएका छन्। अघिल्लोपटकको मुद्दामा प्रतिनिधि सभा पुनःस्थापना हुन सक्दैन भन्ने अभिव्यक्ति दिनेदेखि पूर्वन्यायाधीश र कानुन व्यवसायीलाई होच्याउने काम गरेका थिए। उनले ‘के फैसला गर्छन्’, ‘बहस फिटेकै फिटेका छन् तर पुनःस्थापना हुँदैन’ भनेकै हुन्। तर, सर्वोच्च अदालत संविधान बचाऊको पक्षमा उभियो। 

अहिले फेरि मध्यरातमा दुई जनाको मिलेमतोमा संसद् विघटन गरिएको छ। अल्पमतको सरकारको नेतृत्व गर्ने अनि विघटनमा जाने हुन सक्दैन। अहिले संसद्मा वैकल्पिक सरकार बन्ने प्रस्ट तस्बिर राष्ट्रपतिसमक्ष विपक्षी गठबन्धनले पेस गरेकै थिए। उक्त हस्ताक्षर ठीक थियो कि थिएन त्यो कुरा प्रमाणित गर्ने जिम्मेवारी राष्ट्रपतिको थियो। तर, त्यसो नगरी दुवै दाबी नपुग्ने भन्दै मनोगतरूपमा खारेज गरेर विघटनलाई सदर गर्नुले गलत मनसायले गरेको काम भन्ने प्रस्ट देखिन्छ।

अब प्रतिनिधि सभा वैठक राख्ने अनि भटाभट सरकार गठनदेखि राष्ट्रपतिलाई कारबाही गर्नेसम्मका काम गर्नुपर्छ।

विघटनको सिफारिस भइसकेकाले अब के गर्ने त्यसतर्फ केन्द्रित हुनुपर्ने अवस्था छ। अब घटीमा १३६ सांसदको रिट बोकेर सर्वोच्च अदालतमा राजनीतिक दलहरू जानुपर्छ, यदि कानुनी उपचार खोज्ने हो भने। दोस्रो कुरा सर्वोच्चको अस्तीको फैसलाले विघटन नै हुँदैन।  विघटन नै नभएको अवस्थामा किन यसलाई मानेर अरू दलहरू अघि बढ्ने? अब प्रतिनिधि सभा वैठक राख्ने अनि भटाभट सरकार गठनदेखि राष्ट्रपतिलाई कारबाही गर्नेसम्मका काम गर्नुपर्छ।

हस्ताक्षर गरेका १४९ जना सांसद सर्वोच्च जानुपर्छ। विघटन नै नहुने कुरालाई जे पायो त्यही लेखेर विघटन हुन्छ? मेरो भनाइमा त दलहरूले अब संसद् बैठक बोलाउनुपर्छ। पटक–पटक जे मनलाग्यो त्यही लेखेर कहीँ पनि विघटन हुन्छ? सभामुख अग्निप्रसाद सापकोटाले तत्काल प्रतिनिधि सभाको बैठक बोलाउने अनि राष्ट्रपति र उपराष्ट्रपतिलाई समेत उक्त बैठकमा बोलाउनुपर्छ। केपी शर्मा ओलीले जे पायो त्यही गर्न हुने अनि अरूले वैधानिकरूपमा प्रतिनिधि सभाको बैठक किन राख्न नहुने? नहुने भन्ने कतै देखिँदैन।

राजनीतिक दलहरूले अब हिम्मत देखाउने समय आएको छ। राष्ट्रपतिसँग के छ? न त जनमत, न नैतिक बल नै छ। प्रहरी वा आर्मीको प्रमुख हुँ भन्दैमा हुन्छ र? कानुनी शासन मान्न पर्दैन? संविधान अरूले मात्रै मान्नुपर्ने हो? राष्ट्रपति प्रधानमन्त्रीले मान्नुपर्दैन? जे पायो त्यही लेख्ने अधिकार कसले दियो?

हामीले २०६२/६३ मा जनआन्दोलन गरेर ल्याएको संविधान अहिले ‘कोल्याप्स’ गराउने बाटोमा प्रधानमन्त्री र राष्ट्रपति लागेका छन्। निरंकुश राजतन्त्रविरुद्ध सडकमा ज्यानको बाजी थापेर ल्याएको संविधान र गणतन्त्र कसैको बिर्ता होइन। अहिले देशको अवस्था कहाँ छ? अहिले सबै किरियापुत्री बसेको बेला पनि चुनाव गर्छु भनेर कहीँ चुनाव हुन्छ? कसैले पनि यस्तो महामारीको अवस्थामा चुनाव गर्न सक्छ? अस्पतालमा नागरिक बाँच्नका लागि संघर्ष गरिरहेका छन्। अक्सिजन नपाएर धमाधम मरिरहेका छन्। औषधि छैन, भेन्टिलेटर र उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको छ। अस्पतालको चित्कार र संविधानले दिएको स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्ने दायित्व राज्यको हैन? नागरिकको उपचार गर्नुपर्ने सरकारले आफ्नो दायित्व पूरा गर्न पर्दैन?

Ncell 2
Ncell 2

सबै किरियापुत्री र अस्पतालमा बसेको समयमा राष्ट्रपति र प्रधानमन्त्रीमात्रै सिंहासनमा बसेका छन्। सारा देश शोकमग्न छ। आफन्त गुमाएर नागरिक त्रास र पीडामा छन्। देशमा स्वास्थ्य संरचना ध्वस्त भएको छ। हरेक दिन आफन्तलाई गुमाएर नागरिक बोल्न नसक्ने अवस्थामा छन्। तर, सत्ताको सिंहासनमा बसेका राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जनताप्रति कुनै दायित्व छैन? के उनीहरूले नागरिकको दायित्वबाट उन्मूक्ति पाएका हुन्? उनीहरूले नागरिकप्रति गर्नुपर्ने कुनै दायित्व नभएकै हो?

नेपालको प्रजातन्त्र खोस्नसक्ने हैसियत त कसैको छैन तर हामी नागरिकले दुःख धेरै पाउनुपर्ने भएको छ।

अहिलेको अवस्था के छ, कुन अवस्थामा हामी गुज्रेका छौं, देशमा महामारीले गर्दा दैनिक ज्याला गरेर खानेहरू कुन अवस्थामा कहाँ छन्, सरकारलाई यी कुरा थाहा छ कि छैन? अहिलेको अवस्थामा को मर्ने र को बाँच्ने थाहा छैन। यस विषयमा सरकारको सामाजिक दायित्व हुँदैन?

विश्वका हरेक देश लकडाउन गरेर नागरिकको ज्यान बचाउने काममा लागेका छन्। हामीचाहिँ यस्तै खेलमा लागिरहने हो? यो देश केपी शर्मा ओलीको मात्र हो? उनले मात्रै सत्ता र सरकार पाउनुपर्ने हो?

अबको बाटो म त अन्धकार मात्र देख्छु। नेपालको प्रजातन्त्र खोस्नसक्ने हैसियत त कसैको छैन तर हामी नागरिकले दुःख धेरै पाउनुपर्ने भएको छ। यसअघि निरंकुश राजतन्त्रविरुद्ध लड्यौं संविधान जारी गर्‍यौं, अब यही संविधानअनुसार जन्मेका गलत मानिसका विरुद्धमा संघर्ष गर्नुपर्ने भएको छ। अब मान्छे चिन्नुपर्ने भएको छ। नागरिक समाजको आवाज अब दलहरूले सुन्नुपर्छ। जनतालाई केन्द्रित राखेर अब दलहरू अघि बढ्न जरुरी छ। अब मुख्य कुरा राजनीतिक दलहरू अग्रसर भएर तात्न जरुरी छ। सरकारले चालेका गलत कदमहरूका बारेमा उनीहरूले दरोसँग खुट्टा टेक्न जरुरी छ। दलहरूले राजनीतिक रूपमा खुट्टा नटेकेसम्म अरूले कराएर हुँदैन। 

२०६२/६३ मा हामीले नै आन्दोलनको घोषणा गरेका थियौं। अग्रमोर्चामा हामी उत्रेपछि अरू निस्केका थिए। तत्कालीन समयको त्यो परिस्थिति र अहिलेको अलि फरक छ। अहिले हामीले नै निर्वाचित गरेको व्यक्ति साँढे भएको छ। त्यसलाई तह लगाउने जिम्मेवारी पनि दलहरूकै हो।

अब सञ्चारमाध्यमले एकजुट भएर अगाडि आउनुपर्ने अवस्था भएको छ। सञ्चारमाध्यमले सरकारका समाचार नै नदिने कार्य गर्न सक्नुपर्छ। यस्तो सरकारको के समाचार दिने? अब सोच्नुपर्ने समय आएको छ।

मेरो तर्फबाट देखेको दुईमात्र विकल्प भनेको अब सबै राजनीतिक दलहरू एकजुट भएर १४९ भन्दा धेरै सांसद लिएर सर्वोच्च जाने र दोस्रो भनेको संसद् बैठक राख्ने हो। सबैभन्दा उत्तम विकल्प भनेको सभामुखले प्रतिनिधि सभाको बैठक बोलाउने हो। सभामुखले तत्काल प्रतिनिधि सभाको बैठक राखेर राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि बोलाएर त्यही छलफल गर्नुपर्छ। आइलाग्नेमाथि जाई नलाग्ने हो भने झन् अझ अवैधानिक र निरंकुश हुँदै जाने खतरा देखिएको छ। 

अब कति हामीमात्र कराउने भन्ने प्रश्न उठेको छ। अस्ति पनि विघटन हुँदा हामीले महिनौ सर्वोच्चमा र सडकमा गएर कराएकै हौं। अहिले पनि कराउन तयार छौं। असंवैधानिक कदमलाई असंवैधानिक कहाँ गएर भन्नुपर्ने हो भन्न तयार छौं, तर त्यसको नेतृत्व त राजनीतिक दलहरूले गर्नुपर्‍यो नि। अघिल्लोपटक पनि विघटन हुँदा हामीले एकलौटीरूपमा कराएर पुनःस्थापना गरिदियौं, तर केपी शर्मा ओली र विद्यादेवी भण्डारीले आफूमात्र सिंहासनमा बस्नुपर्ने भन्दै अवैधानिक कदम चाले। यसरी अवैधानिक कदमलाई संवैधानिक बनाउन के गर्ने भन्ने दलहरूकै हातमा रहेको छ।

(वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष थापासँग नेपाललाइभले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि शनिबार, माघ १७, २०८२
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्