फाइल तस्वीर।
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।
अध्यक्ष महन्थ ठाकुरले शनिबार र आइतबारका लागि तय बैठक स्थतिग गरेका हुन्। कोरोना भाइसको बढ्दो संक्रमणलाई कारण देखाउँदै उनले बैठक स्थगित गरेका छन्।
जसपाको अर्को पक्षले भने एकतर्फी रुपमा बैठक स्थगित गरिएको आरोप लगाएको छ। जसपा नेता मोहम्मद इस्तियाक राईले पार्टीमा कुनै छलफल नगरी बैठक एकतर्फी रुपमा स्थगित गरिएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने र नगर्ने विषयमा जसपाभित्र मतान्तर हुँदा पार्टी फुटको संघारमा पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।