काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा आफ्नै दलका उम्मेदवारलाई हराउन खेलेको भूमिकाको पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग हिसाबकिताब लिने बताएका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। पार्टीभित्र अनुशासनहीनता बढेको भन्दै उनले पार्टी नीतिविपरीत काम गर्नेमाथि कारबाही हुने बताएका छन्।
'कर्णालीमा फ्लोर क्रस गर्यो। बादललाई विपक्षीसँग साँठगाँठ गरी हराइयो। अनैतिक काम गरियो। हराउन नेतृत्व उनीहरुले नै गरे। समानान्तर कमिटी बनाएर पार्टी ध्वस्त बनाउन लागियो। संगठित तरिकाले संसद्मा अनुपस्थित बने,' उनले भने, 'पार्टी अनुशासनहीनतामा चल्दैन। फोहोरी खेल मैदानजस्तो भएको छ। यसको हिसाबकिताब लिन्छाैं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।