काठमाडौं–मध्याह्न १२ बजे बस्ने भनिएको जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक शुरु हुन सकेको छैन।
पार्टी कार्यालय बालकुमारीमा पदाधिकारी बैठक बस्ने भन्दै अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठ पुगेपनि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नपुग्दा बैठक औपचारिक रुपमा शुरु हुन नसकेको हो।
ठाकुर र महतो आउने भनेपनि नपुगेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान शुक्रबार ५ बजेसम्मको समयसीमा दिएसँगै जसपाको पदाधीकारी बैठक बस्ने भनिएको थियो।
तर विहान जसपाको संसदीय दलको बैठक बसेको थियो उक्त बैठकमा अध्यक्ष उपेन्द्र यादव पक्षका सांसदहरुको उपस्थिति थिएन।
जसपाको ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको छ भने यादव भट्टराई नयाँ सरकार गठनका बारेमा कांग्रेस माओवादीसँग छलफलमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।