काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको dt पाउँदिन भनेर नै मार्ग प्रसस्त गरेको बताएका छन्। राष्ट्रपतिले दिएकाे समय छाेटाे भयाे भन्न् केबल गफमात्र भएकाे उनकाे भनाइ छ।
यसमा कुनै षडयन्त्र नभएकाे भन्दै उनले अढाइ महिना दिँदा किन सरकार गठन भएन त? भनेर प्रश्नसमेत गरेका छन्।
किन अविश्वासको प्रस्ताव आएन भन्दै उनले बहुमतको सरकार बनाउन ३ दिन दिँदा किन बनेन भनेर उल्टै विपक्षीलाई प्रश्न गरेका छन्।
उनले भने, ‘२४ घन्टा दिँदा किन बनाउन नसक्ने। वैकल्पिक सरकार बनाउनुस्।’ रचनात्मक सरकार बनाउनसमेत उनले विपक्षीलाई आग्रह गरेका छन्।
विपक्षीले सरकार बनाए आफ्नाे दलले सहयोग गर्ने उनकाे भनाइ छ। ‘सक्नुहुन्न भने मलाई समर्थन गर्नुस्,’ उनले भने, ‘संसद विघटन हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।