• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १७, २०८२ Wed, Dec 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

बुढेसकालमा चलेको जाँगर- बालकृष्णले ७४ वर्षमा थाले ड्रागन फ्रुटको खेती

कौरव खत्री मंगलबार, जेठ २५, २०७८  ०७:००
1140x725

गुल्मी-  बागलुङको बडिगाड गाउँपालिका-५ ग्वालिचौर ताहालाका बालकृष्ण अर्यालले आफ्नो सक्रिय जीवन शिक्षण पेसामा बिताए। जीवनको 'उर्वर' समयमा चक घोटेर विद्यार्थीको भविष्य बनाएका उनी उमेरले ७४ वर्ष पुगेपछि भने कुटो-कोदालो चलाउन तम्सिएका छन्- त्यो पनि नयाँ प्रकारको फल (ड्रागन फ्रुट)को खेती गर्न।

ड्रागनको खेती सस्तो छैन। सुरुमै करिब ११ लाख रुपैयाँ जति खर्च गरिसकेका छन्। तर, 'बुढेसकाल'मा चलेको जाँगरले उनलाई त्यत्तिकै बस्न पनि दिएको छैन। 

अर्यालले गुल्मीको मुसिकोट नगरपालिका-१, भर्माचौरमा रहेको आफ्नै पाँच रोपनी जग्गामा व्यावसायिक रुपमा ड्रागन खेती थालिसकेका छन्। 

'जीवनको ३७ वर्ष शिक्षण पेसामा बित्यो। त्यतिबेला केही गर्छु भनेर खोज्दा पनि पेसा छाड्न मन लागेन। अवकाश पाइसकेपछिको जीवनमै भए पनि केही नयाँ गर्नुपर्‍यो भनेर ड्रागनको खेती थालेको छु,' अर्याल भन्छन्।

आफ्नो नयाँ सोचलाई अगाडि बढाउनका लागि उनले 'रचेबाराजियल ड्रागन प्यासन फलफूल विकास परियोजना' नामबाट मुसिकोट नगरपालिकामा फर्म दर्ता गरिसकेका छन्। 

घरमै नर्सरी जमाएर उनले ड्रागनका बिरुवाहरु हुर्काइसकेका छन्। अहिले ती बिरुवालाई बारीमा पनि सारिसके।

२६५ वटाजति सिमेन्टका पिल्लर बनाएर पिलरका चारै भागमा गरी एक हजार ६० वटा ड्रागनका बिरुवाहरु रोपेका छन्। अब भने बारीको वरिपरि तारबार लगाउने र सिँचाइको बन्दोबस्त गर्न बाँकी रहेको उनले सुनाए। त्यसका लागि करिब नाै लाख रुपैयाँ अझै खर्च हुने उनको अनुमान छ।  

Ncell 2
Ncell 2

पहाडी क्षेत्रमा ड्रागन खेतीको प्रचुर सम्भावना रहेको अर्याल बताउँछन्। अहिले आफूले रोपेको बिरुवाले कम्तीमा पनि २० वर्षसम्म फल दिने उनको भनाइ छ। 

फल लाग्न थालेपछि बजारको पनि समस्या नहुने उनी बताउँछन्। 'नेपालकै ठूला होटल र सुपरमार्केटमा महँगो मूल्यमा ड्रागन फल बेच्न सकिन्छ,' उनी भन्छन्, 'विदेशमा बेच्न पनि गाह्रो छैन।'

अहिले बारीमा रोपिएका बिरुवाले  एक वर्षपछिदेखि फल दिन सुरु गर्ने उनले बताए। सुरुआतको उत्पादनलाई स्थानीयस्तरमै खपत गर्ने उनको सोच छ। पछि विस्तारै नेपालकै ठूला सहर र विदेशमा पनि निर्यात गरिने उनले सुनाए।

शिक्षण पेसामै संलग्न हुँदा पनि उनी घरमा तरकारीदेखि नयाँ नयाँ प्रकारका फलफूल खेती गरिरहन्थे। तर, अहिले आफ्नो पूर्ण समय दिन सकिने भएकाले ड्रागन खेती थालेको उनको भनाइ छ।

औषधीय गुणयुक्त फल भएकाले ड्रागनको बजार पाउन समस्या नहुने उनले बताए। 'अहिले धेरै मानिसलाई यो फलबारे थाहा छैन। जब सबैलाई थाहा हुन्छ मान्छेले किन्न सुरु गर्छन्। यसको बजार पाउन समस्या हुँदैन,' अर्याल भन्छन्।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रधानमन्त्री कार्की र श्रीलंकाली समकक्षी डा. अमरसुरियाबीच टेलिफोन वार्ता
अति-दलीयकरण हुँदा मुलुकको प्रगति भएन, अब भ्रष्टाचारविरुद्धको कारबाही रोकिन्न : प्रधानमन्त्री
विराटनगरविरुद्ध लुम्बिनी ५ विकेटले बिजयी
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्की र श्रीलंकाली समकक्षी डा. अमरसुरियाबीच टेलिफोन वार्ता बुधबार, मंसिर १७, २०८२
अति-दलीयकरण हुँदा मुलुकको प्रगति भएन, अब भ्रष्टाचारविरुद्धको कारबाही रोकिन्न : प्रधानमन्त्री बुधबार, मंसिर १७, २०८२
विराटनगरविरुद्ध लुम्बिनी ५ विकेटले बिजयी बुधबार, मंसिर १७, २०८२
हामी काम गर्न नै आएको हो, जे सकेको गरिरहेका छौँ: प्रधानमन्त्री कार्की बुधबार, मंसिर १७, २०८२
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने बुधबार, मंसिर १७, २०८२
युक्रेनका दुई ठूला सहर कब्जा गरेको रुसी राष्ट्रपति पुटिनको दाबी मंगलबार, मंसिर १६, २०८२
एनपीएल–२ : पोखराको दोस्रो जित, पाँचौं हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली मंगलबार, मंसिर १६, २०८२
कुलमानको पार्टीलाई ओलीले दिए फ्युज गएको चिमको संज्ञा मंगलबार, मंसिर १६, २०८२
क्यानका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्