• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

प्रहरीको पीडा– अरु घरबाट निस्कन डराउँछन्, हामी घरभित्र पस्न डराउँछौं

64x64
नेपाल लाइभ बिहीबार, जेठ ६, २०७८  ०७:०६
1140x725

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण (कोभिड-१९)को दोस्रो लहर फैलिएपछि देशभरका अधिकांश ठाउँमा अहिले निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमणको 'चेन ब्रेक' गर्न भनेर अहिले देशभरका ७४ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। 

निषेधाज्ञा कार्यान्वयनका लागि नेपाल प्रहरी अग्रमोर्चामा खटिएको छ। निषेधाज्ञाको कार्यान्वयनसँगै प्रहरीले कोरोनाविरुद्ध जनचेतना जगाउने अभियान समेत चलाइरहेको छ।

अक्सिजन सिलिण्डर संकलन गर्ने, सडकपेटीमा बस्दै आएका घरबारविहीन वृद्धवृद्धाहरूको स्वास्थ्यको ख्याल गर्दै उद्धार गरी सामाजिक संघसंस्थाहरूको सहयोगमा पुनस्थापित गर्ने लगायतका कार्य पनि प्रहरीले गर्दै आएको छ। 

संक्रमण विस्तार हुन नपाओस् र मानवीय क्षति नहोस् भन्दै चोक र गल्लीमा निधेषाज्ञा कार्यान्वयन गराउनका लागि प्रहरी खटिएको करिब महिना दिन हुन लागिसकेको छ। फिल्डमा खटिएका अधिकांश सुरक्षाकर्मी सुरक्षा कवच (पीपीई)  बिना नै मैदानमा उत्रेका छन्। 

कोरोना महामारीको नियन्त्रणका लागि उच्च जोखिम मोलेर अग्रपंतिमा खटिने सुरक्षाकर्मीले अहिलेसम्म पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा कवच (पीपीई) नै पाएका छैनन्। फिल्डमा खटिने तल्लो दर्जाका अधिकांश सुरक्षाकर्मीको गुनासो यही छ। जोखिमपूर्ण तरिकाले दैनिक फिल्डमा खटिएपछि संक्रमित हुने त्यत्तिकै डर सुरक्षाकर्मीमा छ। आफू त संक्रमित भइएला, तर परिवार नै संक्रमित हुने हो कि भन्ने चिन्ता तल्लो दर्जाका प्रहरी कर्मचारीमा देखिन्छ। केही दिनअघि मात्रै प्रहरी हवल्दार सन्तोष धमालले फेसबुकमा स्टाटस लेखे, ‘अरु घरबाट बाहिर निस्कन डराउँछन्। आफू घरभित्र पस्न डराउनुपर्छ।’

उनको यो एक लाइनको स्टाटसले आम प्रहरीले भोग्दै आएको समस्याको प्रतिनिधित्व गरेको छ। पर्याप्त सुरक्षा कवचबिना दैनिक फिल्डमा खटिनुपर्दा कोरोनाको उच्च जोखिम भएकाले घर जान समेत डराउनुपर्ने उनको भनाइ थियो। उनीजस्तै समस्यामा धेरै प्रहरी कर्मचारी छन्। काठमाडौंमै डेरा लिएर परिवारसहित बसेका प्रहरीसमेत अहिले ब्यारेक छाडेर परिवारसँग बस्न सक्ने अवस्थामा छैनन्। कारण उही हवल्दार धमलाकै स्टाटसले प्रष्ट पार्छ। त्यसो त अतिआवश्यक कामबिना ब्यारेक तथा आफ्नो कार्यालय नछाड्न भनेर प्रहरी प्रधान कार्यालयले सर्कुलर नै जारी गरिसकेको छ।

हरेकजसो कार्यालयका हाकिमहरुले सुरक्षित भएर ड्युटी गर्न भन्दै दैनिक निर्देशन दिने गरेको, तर सुरक्षित हुनका लागि चाहिने सामग्रीबारे कोही नबोल्ने गरेको तल्लो दर्जाका प्रहरीको गुनासो छ। ‘हाकिमको निर्देशन सर्तकता अपनाएर काम गर्ने भन्नेमात्रै हुन्छ। तर, कसरी अपनाउने, सुरक्षा सामग्री के हुन् भन्ने कसैलाई मतलब भएन,’ एक प्रहरी जवानले गुनासो गरे।

धमलाजस्तै अहिले देशभर नेपाल प्रहरीका ३४ हजार जनशक्ति निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका छन्। नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवरका अनुसार खटिएका जनशक्तिलाई कोरोना लागिहाल्यो भने उक्त ठाउँमा खटाउन भनेर १२ हजार जनशक्तिलाई 'स्टयाण्डबाई' राखिएको छ। उनीहरुको पीडा धमलाले भनेजस्तै छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, अवस्था ट्राफिक प्रहरीमा पनि छ। संक्रमित हुने ट्राफिकका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्नो कार्यालयमै आइसोलेसन सेन्टर बनाएको छ। सडक भरिभराउ हुँदा पनि उही ट्राफिक र अहिले खाली हुँदा उही ट्राफिक खटिरहेका छन्।

सडकमा दैनिक खटिरहने ट्राफिकका दु:ख पनि आफ्नै छन्। निषेधाज्ञा कार्यान्वयन गराउन जाँच गर्नै पर्यो! 'कोही मलाई कोरोना लागेको छ अलि पर बस्नुस् भन्छन्। त्यसपछि झस्केर पछि सर्नुपर्ने हुन्छ। यस्तो बेला निकै डर लाग्ने गर्छ,' ट्राफिक प्रहरी जवान काजिराम घिमिरे भन्छन्। 

सडकमा सवारी लिएर निस्केका अधिकांशजसोले अहिले समस्या देखाउने गरेको उनी सुनाउँछन्। ‘कोही परिवारका सबैलाई कोरोना लागेको छ म मात्रै बाँकी हो भन्दै औषधि लिन हिँडेको भन्छन्, कोही बिरामी कुरुवा हो भन्छन् छाड्नै पर्यो,’ घिमिरेले सुनाए, ‘दिनभर सडकमा सयौं मान्छेसँग आमने-सामने भइन्छ। राति हल्का टाउको दुख्यो भने पनि कोरोना नै हो कि भनेर पिर लाग्छ।’

कोरोना महामारी नियन्त्रणका लागि दिनरात नभनी, ज्यानको माया मारेर खटिँदा पनि राज्यले नै घोषणा गरेको जोखिम भत्ता एक वर्ष नाघिसक्दा नपाएको तल्लो दर्जाका प्रहरीको गुनासो छ। कोरोनाको बेला फिल्डमा खटिँदाका समस्या छँदै छन्, त्यसमाथि जोखिम वापतको भत्ता दिने भनेर घोषणा गरेर अहिलेसम्म नपाइँदा  निराश बनाएको उनीहरुको गुनासो छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत वर्षको चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई जोखिम भत्ता दिने निर्णय गरेको थियो।  

मन्त्रिपरिषद्ले सुरक्षाकर्मीलाई तीन किसिममा बाँडेर दैनिक ३ सय रुपैयाँदेखि तलबको शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो। प्यासेन्ट रिसिभिङ टिम (पीआरटी) मा रहेर पर्सनल प्रोटेक्ट इक्विपमेन्ट (पीपीई) लगाएर खटिने सुरक्षाकर्मीलाई खाइपाई आएको तलबको शतप्रतिशतसम्म भत्ता, पीपीई नलगाई पीआरटीमा खटिनुपर्ने सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ता र कोरोना रोकथामका लागि पीआरटी र पीपीई नलगाई खटिएका अन्य सुरक्षाकर्मीलाई दैनिक ३ सय भत्ता दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। उक्त निर्णय भएको वर्ष दिन बितिसक्दा समेत सुक्षाकर्मीले भत्ता पाउन सकेका छैनन्। 

फिल्डमा खटिने प्रहरीका लागि अर्को पीडाको विषय बनेको छ– निषेधाज्ञा उल्लंघन गर्दै लखरलखर डुल्नेहरुको व्यवहार। स्वास्थ्य सुरक्षाका मापदण्डको समेत पालना नगरी सडकमा हिँड्ने सर्वसाधारणको बानीले पनि प्रहरी आजित छन्। 

ट्राफिक प्रहरी निरीक्षक (इन्सपेक्टर) जितेश दाहाल सर्वसाधारणमा कोरोनाबाट बच्नुपर्छ भन्ने चेतना विकास भइनसकेको बताउँछन्। 

निषेधाज्ञा उल्लंघन गर्नेको जमात देखेपछि चेतनामुलक सन्देशसहित इन्सपेक्टर दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरीको चेक प्वाइन्टबाट त भाग्नु होला। तर, कोरोनाको चेक प्वाइन्टबाट भाग्न सक्नुभएन भने नि ? निषेधाज्ञा कोरोनाबाट बच्नको लागि हो, प्रहरीबाट होइन। त्यसैले कोरोनासँग भागौं, प्रहरीसँग होइन।’

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्