काठमाडाैं- नेपाली सेनाले पछिल्लो सात दिनभित्र देशका विभिन्न स्थानमा ९३० थान अक्सिजन सिलिण्डर ढुवानी गरेको छ। सेनाले आफ्नो हवाई तथा सडक सवारी साधनमार्फत् ती सिलिन्डर ढुवानी गरेको हो।
कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै देशभरका अस्पतालहरुमा देखिएको अक्सिजन अभावलाई मध्यनजर गर्दै सेनाले अक्सिजन सिलिण्डर आपूर्तिमा अग्रसरता लिएको हो।
सेनाले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयसँगको समन्वयमा अक्सिज सिलिण्डर ढुवानीमा आफ्नो जनशक्ति खटाएको जानकारी दिएको छ।
साथै, सेनाले काठमाडाैंको थानकोट, काभ्रेको पनाैती, रुपन्देहीको छिपागढ, ठुटिपीपल र बागदुरामा अक्सिजन प्लान्टसमेत सञ्चालन गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।