काठमाडौं- राष्ट्रिय सभा उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा (एमाले)का तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेद्वारी दर्ता गराएका छन्।
खड्काले मंगलबार निर्वाचन अधिकृतको कार्यालय घोराही, दाङ पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। लुम्बिनी प्रदेशतर्फको रिक्त एक पदका लागि यही जेठ १७ गते उपनिर्वाचन हुँदैछ।
यसअघि उक्त क्षेत्रमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि कारबाहीमा परेका थिए। कारबाहीसँगै उनको सांसद पद पनि गुमेको थियो।
रिक्त सोही स्थानमा उपनिर्वाचन हुन लागेको छ। एमालेले खड्कालाई उम्मेद्वार बनाएको हो।
विपक्षी गठबन्धनको तर्फबाट दृगनारायण पाण्डेले उम्मेद्वारी दर्ता गराएका छन्। उनले केही समय पहिले लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।