काठमाडौं- नेकपा (एमाले)भित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक शुरु भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ।
कार्यदल बनेको दुई दिनपछि पहिलोपटक बैठक बसेको हो। दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरूको कार्यव्यवस्ताले ढिलागरी शुरु भएको छ। बैठकमा कार्यदलका दुई सदस्य विष्णु पाैडेल र शंकर पोखरेल भने अनुपस्थित छन्।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो। कार्यदलमा दुवै पक्षका पाँच/पाँच जना नेता रहेका छन्। ओली पक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र नेपाल पक्षको नेतृत्व भीम रावलले गरेका छन्।
कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पाैडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्। यस्तै, नेपाल पक्षबाट रावलसँगै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन्।
कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।