काठमाडौं- राष्ट्रिय सभा उपनिर्वाचनमा बागमती प्रदेशका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापाको पक्षमा माहोल बनाउन एमाले नेताहरू छलफलमा जुटेका छन्। छलफल सिंहदरबारमा जारी छ।
छलफलमा एमाले महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री थापा, एमाले बागमती प्रदेशका अध्यक्ष (ओली पक्ष) आनन्द पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायत सहभागी छन्।
यही जेठ ६ गते राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशबाट रिक्त एक पदका लागि निर्वाचन हुँदैछ। एमालेले गृहमन्त्री थापालाई उम्मेद्वार बनाएको छ भने विपक्षी गठबन्धनले खिमलाल देवकोटालाई उम्मेद्वार बनाएको छ।
राप्रपाले पनि एमालेकै उम्मेद्वारलाई मतदान गर्ने जनाइसकेको छ। यसअघि एमालेको माधवकुमार नेपाल पक्षले देवकोटाको उम्मेद्वारीलाई समर्थन गरेपनि अहिले एमालेका दुवै पक्षबीच वार्ता चलिरहेकाले केही निर्णय गरिसकेको छैन।
एमालेले यसअघि बादलका पक्षमा मतदान गर्ने आफ्ना मतदातालाई ह्वीप जारी गरेको थियो। माओवादी केन्द्रले पनि देवकोटालाई मतदान गर्न ह्वीप जारी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।