• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चमा बहस : संविधान बचाउन ७ मन्त्रीलाई काम गर्न रोकौं, प्रधानमन्त्रीलाई पुनः शपथ लिन लगाऔं

64x64
नेपाल लाइभ मंगलबार, जेठ ४, २०७८  १४:३६
1140x725

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित नयाँ मन्त्रीहरुको शपथ र माओवादी मन्त्रीको पुनर्नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ चलिरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा जारी सुनुवाइमा वरिष्ठ अधिवक्तादेखि अधिवक्ताहरुले बहस गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले लिएको शपथविरुद्ध दर्ता भएका चार थान निवेदन प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा पेशी राखेका थिए। बिहान करिब ११:३० बाट इजलासमा बहस सुरु भएको थियो।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीको रिटमा सुनुवाइ सकिएको छ। अब एक थान रिटको सुनुवाइ सुरु हुँदै छ।

पहिलो रिटमा अधिवक्ताहरुले कानुन नै नभएकाले प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथलाई अवैध भएको जिकिर गरेका छन्। त्यसैगरी माओवादी मन्त्रीको पुनर्नियुक्ति पनि संविधानको मर्म र भावनाविपरीत भएकाले बर्खास्तीको माग गरिएको छ।

वरिष्ठ अधिवक्ता ज्ञवाली र अधिवक्ता ओलीका अनुसार पहिलो रिटमा बहसका क्रममा निवेदकले माओवादीबाट एमाले प्रवेश गरेका तर हाल संघीय संसद्‍को सदस्य नभएका व्यक्तिहरुलाई पुन: मन्त्री बनाउने कार्य गैरसंवैधानिक भएकाले बदर गर्नुपर्ने तर्क इजलासमा उठेको छ। त्यस्तै नयाँ मन्त्रिपरिषद्‍को शपथलाई सबै अधिवक्ताहरुले प्रमुखताका साथ उठाएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

बहसका क्रममा उनीहरुले प्रधानमन्त्री ओलीले पुन: शपथ लिनुपर्ने माग गरेका छन्। यसअघि पूर्वउपराष्ट्रपति परमानन्द झाले पुन: शपथ लिएको र अमेरिका राष्ट्रपति बाराक ओबामाले केही शब्दहरु छुटाउँदा फेरि शपथ लिएको प्रशंग पनि बहसका क्रममा इजलासमा उठाएका थिए। उनीहरुले भारत, बेलायत र अमेरिकामा भएका शपथसम्बन्धी विवादका फैसलाहरु पनि इजलासमा पेस गरेका छन्।

त्यस्तै गैरसांसदलाई मन्त्री बनाउएर संविधान मिच्‍ने काम भएको उनीहरुको साझा दाबी थियो। ‘संविधानले एकपटक ६ महिनाका लागि मन्त्री बनाउने व्यवस्था गरेको हो, तर यसरी पटक-पटक ६ महिनाका लागि पुन: नियुक्त गर्ने कार्य संविधानको भावना र मर्मविपरीत हुने भएकाले बदर गर्न अन्तरिम आदेश जारी हुनुपर्छ,' इजलासमा बहसका क्रममा उनीहरुले भने।

संघीय संसद्‍को सदस्य नभएको व्यक्तिको पुन:वियुक्ति नहुने र पुनःमन्त्री बन्न धारा ७८ (३) ले रोकेको दाबी बहसका क्रममा गरेका छन्। गैरसांसद भएर दुई/दुई पटक मन्त्री भइसकेकाले उनीहरुलाई कामकाजमा रोक लगाउनुपर्ने कानुन व्यवसायीहरुको तर्क छ। यसरी नियुक्त भएका मन्त्रीहरुलाई अन्तरिम आदेश जारी गरी बर्खास्त गरेर संविधान बचाउन उनीहरुले माग गरेका छन्।

यो पनि पढ्नुहोस्

यस्तो छ तत्कालीन उपराष्ट्रपति परमानन्द झालाई पुनः शपथ लिन लगाउने सर्वोच्चको फैसला मंगलबार, जेठ ४, २०७८

संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्‍को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्नसक्ने प्रावधान छ। साथै, नियुक्त मन्त्रीले ६ महिनाभित्र संघीय संसद्‍को सदस्यता प्राप्त गर्नुपर्ने प्रावधान पनि छ। उपधारा (३) मा सांसद बन्न नसके प्रतिनिधिसभाको कार्यकालभर पुनः मन्त्री बन्न नपाउने व्यवस्थासमेत रहेको कानुन व्यवसायीहरुले बताए। संविधानको यो व्यवस्था विपरीत नियुक्त भएका मन्त्रीहरुले दूरगामी महत्त्वका कार्य गर्नसक्ने भएकाले अन्तरिम आदेशमार्फत् रोक्नुपर्ने माग गरिएको छ।

पहिलो रिटमा निवेदक केशरजंग केसी, वरिष्ठ अधिवक्ता ज्ञवाली, अधिवक्ताहरु दिनमणि पोखरेल, ललितबहादुर बस्नेत र लोकेन्द्र बलीले बहस गरेका थिए। चारवटै रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १४:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति
प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक र देशद्रोही : गगन थापा
अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति विज्ञप्तिमा २०७७ साल जेठ ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको न... सोमबार, जेठ १८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक र देशद्रोही : गगन थापा कांग्रेसको बिहीबारदेखि सुरु लुम्बिनी प्रदेशस्तरिय जरा अभियानको सुरुवात गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।  ‘तथ्य, प्रमाण र दस्त... सोमबार, जेठ १८, २०८३
झलनाथले भने– ‘बालेनको अभिव्यक्ति खतरनाक’ ‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे । यो अत्यन्त... सोमबार, जेठ १८, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति सोमबार, जेठ १८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक र देशद्रोही : गगन थापा सोमबार, जेठ १८, २०८३
अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन सोमबार, जेठ १८, २०८३
दमकको सेतुमाडीमा बोरामा भेटिएको शवको पहिचान खुल्यो, बुधबार घरबाट हराइएकी थिइन् सोमबार, जेठ १८, २०८३
झलनाथले भने– ‘बालेनको अभिव्यक्ति खतरनाक’ सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
प्रधानमन्त्रीकाे जवाफमा कांग्रेस सांसद थापाको प्रश्न : नेपालले भारतको सीमा कहाँ मिचेको छ ? आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्