काठमााडौं– नेकपा एमालेको मुखपत्र नवयुग पुनः प्रकाशित भएको छ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्द रहेको नवयुगको पुनः प्रकाशन थालिएको हो।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि नेकपा एमालेले नवयुगको प्रकाशन थालेको हो। नवयुगको नयाँ अंक वर्ष ३०, अंक १ प्रकाशन भएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले २०७७ फागनु २३ को सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक घटनाक्रम, संस्थागत निर्णय, विगत तीन वर्षका संग्रहणीय दस्तावेज र महत्वपूर्ण सामग्रीकासाथ नवयुग प्रकाशन भएको जानकारी दिए।
यस अंकको नवयुगमा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा‘बादल’को विशेष अन्तर्वार्ता प्रकाशन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।