काठमाडौं– जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
जनता समाजवादी पार्टी(जसपा)का दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि बैठक बोलाएका हुन्।
देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरुमा विचार विमर्श गरी निष्कर्षमा पुग्न पर्ने भएको हुँदा जेठ ८ र ९ गते विहान ११ बजेका लागि पार्टी कैन्द्रीय कार्यालय ललितपुरमा बैठक बोलाइएको दुई अध्यक्षले हस्ताक्षर गरेको पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।