काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।
संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।