काठमाडौं– कोराना भाइरसको संक्रमणबाट नेपाल प्रहरीका एकजना सहायक निरीक्षक (असई) को मृत्यु भएको छ।
लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा दरबन्दी रही जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत असई शम्भुलाल दमाईको कारोना संक्रमणबाट मृत्यु भएको हो।
४५ वर्षका असई दमाईमा वैशाख २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोनाको संक्रमण देखिएपछि उनी प्रहरी चौकी चारपाल गुल्मीको भवनमा सेल्फ आइसोलेसनमा बस्दै आएका थिए।
सेल्फ आइसोलेसनकै क्रममा रहेका बेला स्वास प्रस्वासमा समस्या भएपछि उनलाई आइतबार राति १० बजे जिल्ला अस्पताल तम्घास पुर्याइएको थियो। अस्पताल पुर्याइएलगत्तै डाक्टरले उनलाई मृत घोषित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।