• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मानव जीवनभन्दा ठूलो उद्योग होइन, अक्सिजन सहज नहुँदासम्म डन्डी उद्योग बन्द रहन्छन् : साहिल अग्रवाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, जेठ २, २०७८  १८:०७
1140x725

कोभिडका बिरामीलाई अक्सिजन आपूर्ति सहज गराउन सहयोग गर्ने भन्दै फलामे डन्डी तथा स्टिल उद्योगहले उद्योग नै बन्द गरेका छन्। डन्डी उत्पादन गर्दै आएका कतिपय उद्योग बन्द भइसकेका छन् भने कतिपय बन्द हुने क्रममा छन्। उद्योग बन्द भए पनि स्टक सामान भने बिक्री भइरहेका छन्।

कोभिडका बिरामीका लागि अक्सिजन अभाव हुन नदिन भन्दै सरकारले उद्योगीहरुसँग उद्योगमा भएको अक्सिजन सिलिन्डर फिर्ता गर्न भनेको थियो। व्यवसायीले पनि मानव जीवनरक्षाका लागि भन्दै अक्सिजन अभावमा उद्योग नचलाई सरकारलाई सहयोग गरिरहेका छन्।

अक्सिजन अभावसँगै शंकर समूहको जगदम्बा स्टिल, अम्बे समूहको अम्बे र जय अम्बे, पशुपति आइरन र हुलास वायर, कमला रोलिङ, आरती स्ट्रिप्स, मैनाबती स्टिल, प्रिमियर वायर, प्रिमियर स्टिल, श्री स्टिल, लक्ष्मी स्टिल बन्द भइसकेका छन्। यसरी उद्योग नै बन्द हुँदा उद्योगी तथा मजदुरलाई पर्ने समस्या, बजारमा डन्डी अभाव भई मूल्य बढ्ने अवस्था छ। यीनै विषयमा केन्द्रित रहेर नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष साहिल अग्रवालसँग नेपाल लाइभले गरेको कुराकानीको सारसंक्षेप:

डन्डी तथा स्टिल उद्योग बन्द गर्ने निर्णय किन गर्नुभयो? के अहिले सबै उद्योग बन्द भएका हुन्?
जगदम्बा डन्डीको उत्पादन १५ दिनदेखि नै बन्द छ। जबसम्म अक्सिजनको अभाव कम हुँदैन तबसम्म उद्योग चल्ने कुरा रहँदैन। हामीले पनि बाहिरबाट अक्सिजन प्लान्टहरु झिकाएर सरकारलाई नै सहयोग गर्न कोसिस गरिरहेका छौं। अक्सिजन अभावको समस्या समाधान नहुँदासम्म हामी उद्योगीहरुले पनि अक्सिजन पाउन गाह्रो छ। त्यो बेलासम्म उद्योग अब चल्न सक्दैन।

डन्डी तथा स्टिल उद्योगमा अक्सिजनविना काम हुने कुरा सम्भव नै छैन। बिग्रिएका फलाम काट्न पनि अक्सिजन नै चाहिन्छ। भैरहवातिरका केही उद्योग केही मात्रामा चलेको सुनेको छु। पुरानो अक्सिजन स्टक भएका केही उद्योग केही कम क्षमतामा चलेका होलान्। कुनै ५० प्रतिशत, कुनै ३० प्रतिशत त केही २० प्रतिशतमा चलेका होलान्। चलेका उद्योग पनि अब धेरै दिनसम्म चल्ने अवस्था छैन। सबै पूरै ठप्प नै हुन्छ।

जबसम्म अक्सिजनको समस्या समाधान हुँदैन, त्यो बेलासम्म उद्योग बन्द नै रहन्छ। मानव जीवन बचाउनका लागि अक्सिजन खोजिरहेका बेला हामीले उद्योग चलाएर अक्सिजन अभावमाथि थप अभाव हुन दिनु हुँदैन, यो मानवीय र नैतिक रुपमा पनि उचित हुँदैन।

उद्योग बन्द भए पनि स्टकका सामान तथा बिक्री भइरहेको होला नि?
उत्पादन भएर स्टकमा रहेका सामान भने हामीले बेचिरहेका छौं। स्टकको मालले कति समय धान्न सकिन्छ त्यो दिनसम्म त बेच्ने हो। डन्डीमा हामी आत्मनिर्भर भइसकेको अवस्था छ। अहिले हाम्रो उत्पादन क्षमता उत्पादन भइरहेकोभन्दा दुईदेखि तीन गुणा बढी छ। जति डिमान्ड छ त्यो भन्दा बढी उत्पादन गर्न कुनै समस्या छैन।

डन्डी उद्योग बन्द हुँदै गर्दा विकास निर्माणका लागि स्टक डन्डीले कति समय थेग्न सक्छ?
यकीन डेटा छैन। स्टकमा डन्डी कति छ त्यसको पनि यकीन डेटा छैन। एकतिर डन्डी उत्पादनमा असर परेको छ। अर्कोतिर विकास निर्माणका काममा पनि असर परेको होला। निर्माणका काम पनि फुल फेजमा त चलेका छैनन्। यद्यपि, अहिलेको डिमान्डलाई हेर्ने हो भने उद्योग र बजारमा रहेको स्टक डन्डी तथा स्टिलले करिब दुई महिनाको मागलाई थेग्न सक्छ होला। बजारका व्यापारीले पनि केही मात्रामा स्टक राखेकै हुन्छन्। उद्योगमा पनि केही स्टक त अवश्य हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

लामो समयसम्म उद्योग बन्द भएको अवस्थामा डन्डीको अभाव पनि हुने र मूल्य बढ्ने त हुँदैन?
अहिले उत्पादन बन्द भएको समयमा जुन नोक्सान भइरहेको छ, त्यो नोक्सान त छँदै छ। यसको मतलब यो हैन कि भोलि उत्पादन सुरु हुनेबित्तिकै यो नोक्सानीलाई कभर गर्न सक्छौं। त्यो भन्‍ने अवस्था पनि हुँदैन र रहँदैन पनि। त्यति बेलाको उत्पादन लागत हेरेर नै बजार मूल्य तय हुने हो। अब एक महिनापछि वर्षा पनि सुरु हुन्छ। विस्तारै निर्माणका काम घट्दै  जान्छ। डिमान्ड पनि घट्छ नै। यसपालि सामान्य अवस्थामा जति नघट्न पनि सक्छ। अहिले काम गर्न नपाएकाहरुले पछि गर्न खोज्छन् होला। तर, अहिलको बन्दले गर्दा समग्रमा जनतालाई मार पर्दैन। पर्न दिन पनि हुँदैन भन्नेमा हामी सचेत छौं। तर, उद्योगलाई त नोक्सान अवश्य नै हुन्छ।

यो बन्दले समग्र उद्योगमा कति क्षति हुने अनुमान भएको छ?
डन्डी उद्योगमा मात्रै मासिक साढे एक अर्बदेखि दुई अर्ब रुपैयाँ घाटा हुनेछ। यसमा स्टिललाई पनि जोड्ने हो भने यो घाटा मासिक तीनदेखि साढे तीन अर्ब रुपैयाँसम्म पुग्छ।

रोजगारीमा प्रत्यक्ष असर परेका मजदुर कति संख्यामा छन्?
अवश्य पनि उद्योग बन्द हुँदा मजदुर वर्गमा समस्या आउँछ नै। अघिल्लो पटकको लकडाउनमा त सरकारले ५० प्रतिशत तलब दिने घोषणा गरेको थियो। तर, अहिले त्यो पनि भएको छैन। अहिले उद्योग बन्द हुँदा मजदुरलाई कति रकम दिने भन्ने विषयमा केही निर्णय भएको छैन। डन्डी तथा स्टिल उद्योगमा अहिले पनि १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। अप्रत्यक्ष रुपमा लाखौं छन्।

वैशाख महिनाको त अधिकांश उद्योगले पूरै तलब दिएका छन्। दिँदै पनि छन्। अबको महिनामा उत्पादन नै नभइ उद्योग बन्द भएको अवस्थामा पूरै तलब दिन सम्भव छैन। बढी तलब खानेको बढी कटौती गर्ने र कम तलब खानेको केही रकम कटौती गरेर तलब दिनुपर्ने गरी अहिले उद्योगहरुले तयारी थालेका छन्।

नेपालमा डन्डी तथा स्टिलको माग कति छ?
नेपाली बजारमा गत वर्ष पनि कोरोनाका कारण माग कम भएको थियो। तर, यो वर्ष माग केही बढेको थियो। त्यसमा पनि अन्तिम तीन महिनामा ब्रेक लाग्दै छ। अघिल्लो वर्षमा भने १७ लाख टन थियो। यो वर्ष २० लाख टन डन्डी तथा स्टिलको व्यापार हुने अवस्था आएको थियो। अब यो अवस्थाले कति घट्छ त्यो चाँहि हेर्न बाँकी छ। भोलिको दिनमा अवस्था सहज हुँदै जाँदा डन्डी तथा स्टिलको माग वार्षिक ३० लाख टनसम्म पुग्छ।

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त?
‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’
मकवानपुरमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई चालक पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? मंगलबार, भदौ २३, २०८३
‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’ मंगलबार, भदौ २३, २०८३
मकवानपुरमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई चालक पक्राउ मंगलबार, भदौ २३, २०८३
अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ मंगलबार, भदौ २३, २०८३
कांग्रेसको निर्वाचन समितिको बैठक बस्दै, वडा अधिवेशनको नयाँ मिति तय हुने मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्