• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ९, २०८३ Sat, May 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

क्राइसिस होइन कुर्सी व्यवस्थापनमा लाग्दा यो अवस्था आयो : डा जनक कोइराला [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, जेठ २, २०७८  ०७:०३
1140x725

डा जनक कोइरालाले कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो दुवै लहरमा आफ्ना ज्ञान, अनुभव र जानकारी विभिन्न माध्यमबाट बाँडिरहेका छन् जसले आम मानिसलाई महामारीको जोखिम बुझ्न र त्यसबाट सजग रहन सहज बनाएको छ। अहिले उनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा विज्ञका रुपमा कार्यरत छन्। संक्रामक रोगका विज्ञ डा कोइरालासँग कोरोनाको दोस्रो लहरको जोखिम, भाइरसको प्रकृति र त्यसबाट सुरक्षित रहने उपाय अनि हाम्रो राज्यसंयन्त्रका कमीकमजोरीबारे डीबी खड्काले गरेको कुराकानीको सारसंक्षेपः

अहिले आएको कोरोना भाइरसको गति र शक्ति दुवै बढेको हो कि सर्ने गति मात्रै बढेको हो? 
युके भेरियन्टको स्टडी हेर्दा के भेटियो भने स्पाइक प्रोटिनमा अलिकति परिवर्तन भएको हो। यो चाँडो मान्छेको शरीरमा पसेर चाँडै मल्टिप्लाइ (वृद्धि) हुँदो रहेछ। पहिले चाहिँ मान्छे ७ दिनमा बिरामी पर्थे भने अहिले ३÷४ दिनमै धेरै बिरामी पर्ने अवस्था बनाएको छ। भाइरस छिटो मल्टिप्लाइ भएकाले हाम्रो शरीरको रोगप्रतिरक्षात्मक प्रणालीले त्यसविरुद्ध लड्न समय पाएन। पहिले त हाम्रो रोगप्रतिरोधी क्षमताले समय पाउँथ्यो। समय नै नदिइ भाइरस बढ्ने हुनाले छिटो लक्षण देखापर्ने र गाह्रो पनि बढी हुने भयो। 

पहिले ६० वर्ष भन्दा माथिको उमेरकालाई बढ्ता देखिन्थ्यो। दीर्घरोगीलाई बढी समस्या पार्थ्यो। युवाहरुमा लक्षणविहीन हुन्थ्यो। अहिले भाइरस छिटो वृद्धि हुने भएकाले जवानलाई पनि लक्षण देखा पर्न थाल्यो। युवाहरुपमा पनि एन्टिबडी (रोग प्रतिरोधात्मक क्षमता) बनिनसक्ने भएकाले उनीहरुलाई पनि लक्षण देखिन थालेका हुन्। अहिलेको कोरोना भाइरस द्रुत गतिमा फैलिने र बिरामी पार्ने देखिएको छ। 

Janak_Koirala

भाइरसको म्युटेसन भनेको के हो, म्युटेसनबाट कसरी यसले शक्ति आर्जन गर्छ? 
म्युटेसनले धेरैलाई कन्फ्युजन गराउँछ। फिल्ममा राक्षसमा परिणत हुने देखाउँछ नि, यसले पनि धेरैलाई अलमल्याउँछ। मान्छेको एउटा कोषबाट अर्को कोष दुरुस्तै बन्छ। जस्तोः कलेजो बन्ने सेलबाट कलेजो बन्छ, मुटु बन्नेबाट मुटु बन्छ तर भाइरसको चाहिँ ठ्याक्कै त्यस्तो हुँदैन। उनीहरुको जिन रेप्लिकेसन हुने वा एउटा भाइरसबाट अर्को भाइरस बन्ने प्रक्रियामा एउटा मात्रै गल्ती भयो भने अर्कै खालको बन्छ। त्यो कहिलेकाहिँ बलियो बन्छ, कहिलेकाहीँ कमजोर बन्छ। युके भेरियन्ट त्यसरी नै बनेको हो। सामान्य भाषामा भन्नुपर्दा हामीले लेख्दाखेरि एउटा अक्षर मात्रै उल्टोपाल्टो लेखियो भने अर्थ अर्को लाग्छ। जिन पनि एउटा लेटर जस्तै हो। कोडिङ फरक पर्दा अर्कैै खालको बन्छ। यसरी छिटो वृद्धि हुने खालको भाइरस बनेको हो। 

तपाईं कोभिड १९ संकट व्यवस्थापन केन्द्रको विज्ञका रुपमा पनि कार्यरत हुनुहुन्छ। विगत एक वर्षदेखि नेपालमै हुनुहुन्छ। नेपालमा यो फैलावट स्वाभाविक र अपेक्षित थियो ? 
महामारी पहिलोपल्ट सानो पपुलेसनमा र फेरि फेरि ठूलो हुन्छ। दोस्रो वेभ ठूलो भएर आउँछ भनेर विज्ञले चेतावनी दिइरहेका थिए। हामीले नोभेम्बरमै भनेका थियौं। हामीले आइसोलेसन बढाउनुपर्छ भनेर सिसिएमसीमै भनेका थियौं। डिसेम्बरपछि केस लोड घटेर गयो। १०० देखि २०० हुन थाल्यो। सवैको रुचि हराएर गयो। हामीले पनि ध्यान दिन छाड्यौं। नेपालीहरुको रोग प्रतिरक्षा प्रणाली बलियो रहेछ, हामीलाई त कोरोना संक्रमण नहुने रहेछ भन्ने लाग्यो धेरैलाई। यसप्रतिको जागरुकता हराएर गयो। सिसिएमसीमा रेकर्ड छ, हामीले कपासिटी बढाउने कुरा डिसेम्बरसम्म गरेका थियौं। 

पहिले निकै थोरैलाई अक्सिजन सपोर्ट चाहिन्थ्यो, यसपल्ट प्रायःलाई अक्सिजन सपोर्ट चाहिने अवस्था देखियो। किन अक्सिजन सपोर्ट यसपालि बढी चाहियो? 
पहिलेको भन्दा धेरै सिरियस बनाउने होइन। छिटो फैलिएको कारण धेरैलाई यो रोग लागेको छ। धेरैलाई रोग लागेपछि अक्सिजन चाहिने पनि धेरै भए। उदाहरणका लागि गएको वर्ष १० प्रतिशत भनेको ५०० जना हुन्थे भने यसपल्ट ५००० हजार जना हुन्। १० प्रतिशत अस्पताल जाने जनसंख्या हो, त्यो बढेको छ। अहिले खासमा परीक्षण पुगेको छैन। 

२० हजार पुर्याउँदा पनि ४० प्रतिशत माथि छन्। यसले टेस्ट नपुगेको देखाउँछ। जो लक्षणयुक्त छन्, उनीहरुको परीक्षण भइरहेको छ। लक्षण नभएका परीक्षण नगर्ने कति छन् कति छन्। मलाई रुघा भएको ठीक भयो भन्छन् तर अरुलाई सार्छन्। पहिलो १० हजार हुँदा १ हजार अस्पताल जान्थे भने अहिले १ लाख हुँदा १० हजार अस्पताल जान्छन्। त्यही अनुपातमा अक्सिजन चाहिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

फरक के हो भने चाँडो लक्षण देखिन्छ। धेरै सिरियस भएर मृत्यु हुने संख्या उति नै हो। 

कोरोना भाइरसले शरीरमा प्रवेश गरेपछि कसरी हानी गर्छ ? 
रुघाको भाइरस नाक र घाँटीमै रहन्छ। त्यहीँ संक्रमण गर्छ र निको भएर जान्छ। यो भाइरस फोक्सोको एफिनिटी स्पाइक प्रोटिन जहाँ हुन्छ, फोक्सोको कोषमा बढ्ता हुन्छ। नाक र घाँटीमा थोरै रहन्छ। नाक र घाँटीमा पहिलो हप्ता ख्याँकखुक हुन्छ। दोस्रो हप्ता फोक्सोमा पसिसक्दो रहेछ। यसले साह्रो पार्दैन। दोस्रो फेज एक हप्ता नाघेपछि हाम्रो शरीरको प्रतिरक्षा प्रणाली जुन छ, त्यसैले फोक्सोभित्र रहेको भाइरस मार्नका लागि आफ्नै शरीरलाई अट्याक गर्छ। फोक्सो सुनिएर जान्छ। पानी भरिन्छ, श्वासप्रश्वास गाह्रो हुन्छ। रुघाखोकीको भाइरस भन्दा त्यही फरक हो। त्यही भएर धेरैलाई निमोनिया भइहाल्छ। 

हामीले उपचार प्रक्रियामा दुई विधि प्रयोग गरेका छौं। एउटा रेम्डेसिभिर औषधि प्रयोग भइरहेको छ अर्को प्लाज्मा थेरापी गरिरहेका छौं। यिनीहरुको प्रभावकारिता कस्तो हो? 
त्यो दुईटाको काम फरक छ। रेम्डेसिभिरको काम भाइरस बढ्ने क्रम रोक्ने हो। भाइरस नबढ्यो भने हाम्रो शरीरले भाइरसलाई मारेर निको पार्छ। प्लाज्माको काम भाइरस मार्ने भन्दा पनि त्यसलाई न्युट्रलाइज गर्ने हो। बिरामी भएर निको भइसक्छ। प्लाज्मा दिँदा त्यही एन्टिबडी दिएको हो। एन्टिबडी छुट्याउन टेक्निक नभएकाले प्लाज्मा नै दिन्छौं। एन्टिबडीले भाइरस वृद्धि हुनबाट रोक्छ। अहिलेको अनुसन्धान हेर्दा रेम्डेसिभिरको प्रभाव राम्रो देखिएको छ। तर, डब्लुएचओले अध्ययन गर्दा के देखिएन भने मृत्यु हुनबाट जोगाउन सक्दैन, १४ दिनमा निको हुन्थ्यो भने ११ दिनमै निको पा¥यो। भन्नाले अस्पताल बसाइ घटायो। रेम्डसिभिर एउटैले मात्रै नभइ स्टेरोइड पनि दिने गरिएको छ। यी दुईटाको प्रयोगले राम्रो देखिएको छ। 

प्लाज्मा एक्लैले निको पार्दैैन। हामीकहाँ भेन्टिलेटर र आइसियुमा पुगेपछि प्लाज्मा दिने चलन छ। त्यसमा त्यति प्रभावकारी देखिएन, तर शुरुकै हप्तामा दिँदा फाइदा हुने रहेछ। त्यसले भाइरस बढ्न दिँदो रहेनछ। प्लाज्मामा कत्तिको एन्टिबडी छ? धेरै मात्रामा एन्टिबडी छ भने फाइदा दिन्छ। धेरै एन्टिबडी छैन भने काम गर्दैन। त्यसैले चेक गरेर दिनु भनिएको छ। 

कोरोना भाइरसको पिकमा हामी कहिलेसम्म पुग्छौं?
भारतमा जुन हिसाबले घटेर फेरि बढ्यो नि, त्यसले हामीलाई डर लागेको छ। किनभने भारत र नेपालको स्थिति उस्तै छ। भन्दा हामी भारतमा ४ लाख र नेपालमा ८ हजार भन्छौं तर त्यसलाई प्रति १० लाखमा कुरा गर्ने हो भने उनीहरुको १९ सय छ, हाम्रो १७ सय छ। झन्डै इन्डियालाई भेटिसकेको छ। 

अहिले लकडाउन गरेका छौं। सवै डराएका छन्। अहिलेको स्थिति हेर्दा पिकतिर जान थालेको जस्तो देखिन्छ। सामान्यतया लकडाउन गरेको दुईदेखि तीन हप्तापछि घट्न थाल्छ। लकडाउनले रोक्छ भन्ने होइन, स्लो डाउन गर्ने हो। ताकि अस्पताल नभरिऊन्, अक्सिजन पाइयोस्। एकैचोटी पिकमा पुग्ने भन्दा विस्तारै पिकमा पुग्दा व्यवस्थापन सजिलो हुन्छ। पश्चिमी देशको अवस्था हेर्दा दुई देखि तीन महिना लागेको देखिन्छ। दुई महिनामा हाम्रो घट्न सक्छ। 

यो दुई महिना वैशाखबाट गन्नुपर्छ। जेठ १५ देखि ३० मा तल आएको देख्न सकिन्छ। पूरै नखोलेपनि बन्द कम गराउन सकिन्छ। संक्रमण रहिरहन्छ। तेस्रो वेभ आउँछ अर्को वर्ष। 

Janak_Koirala

हामीले खोप पनि शुरु गरेका छौं। पहिलो डोज २१ लाख र दोस्रो डोज ३ लाख ७० हजारलाई लगाइयो। खाेपकाे प्रभावकारिता कस्ताे छ ? 
भ्याक्सिन विभिन्न तरिकाले बनाइएको छ। अहिलेसम्मको प्रभावकारी भनेको अमेरिकामा बनाइएको फाइजर र मोडेर्नाको भ्याक्सिन हो। नयाँ टेक्नोलोजी हो। त्यसलाई आरएनए टेक्नोलोजी भन्छिन्, प्रभावकारिता ९४ प्रतिशत देखिन्छ। त्यसबाट अस्पतालमा राख्ने र गम्भीर हुन कम हुन्छ। 

कोभिसिल्डको रिसर्चमा इंग्ल्यान्डमा ६२ प्रतिशत, अर्को ठाउँमा ७३ प्रतिशत र अमेरिकामा ८० प्रतिशत देखिएको थियो। नेपालमा कत्तिको प्रभावकारी छ भन्ने हेर्न सकिएको छैन। पहिलो भ्याक्सिन दिएपछि ४० देखि ५० प्रतिशत प्रभावकारी हुन्छ। दोस्रो दिएपछि औसतमा ७० प्रतिशत हुन्छ। अझ पनि १०० मा ५० जनालाई लाग्छ। मृत्यु हुने चाहिँ कम हुन्छ। दोस्रो दिएपछि ३० जनालाई लाग्छ। त्यसमा मृत्यु र गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ। 

भ्याक्सिन लगाएर तुरुन्तै काम हुँदैन। लगाएको २ देखि ४ हप्तामा मात्रै यसले काम गर्न थाल्छ। 

हाम्रोमा दोस्रो भ्याक्सिन लगाएकोलाई तुरुन्तै भयो। भ्याक्सिन लगाएको ठाउँमै एक्सपोजर भयो कि अन्त कतै भयो भनेर हेर्न बाँकी नै छ। भ्याक्सिन लगाएको दुईदेखि ४ हप्तापछि पनि कम हुन्छ। 

हामीकहाँ मुख्य समस्या चाहिँ के भयो?
जहाँ राजनीतिक समस्या छ, त्यहाँ बढी समस्या देखिएको छ। मास्क लगाउने, स्यानिटाइजर लगाउने, हात धुने, भीडमा नजाने जस्ता मापदण्ड जनताले पनि पालना नगर्ने भए। चीनमा जोडबल लगाएर गरियो, ताइवानले फोर्स गर्यो। अष्ट्रेलिया स्वयं सचेत थियो। मुख्य कुरा कन्ट्याक्ट ट्रेसिङ र भ्याक्सिन हो। तीनवटै कम्बाइन गरे जित्न सकिन्छ। हामी नेपालीले पहिले जित्यौं। हामीलाई त नलाग्ने रहेछ, लागे पनि रुघाखोकी रहेछ भन्ने भयो। कन्ट्याक्ट ट्रेसिङ भएन। भ्याक्सिन शुरु गरेर राम्रो गरेको हो। शुरुमा पाउने देशमध्य हाम्रो पनि हो। तर, बीचमा रोकियो। भारतमा पनि कोभिड बढेपछि दिन सकेन। अन्यत्रबाट ल्याउन सकिएन। 

यस्तै बेला नेतृत्वको आवश्यकता हुन्छ। स्वास्थ्य मन्त्रालय र सिसिएमसीले नुबझेको होइन। नेतृत्व क्राइसिस म्यानेजमेन्ट होइन, कुर्सी म्यानेजमेन्ट गर्नतिर लागे। ध्यान दिएको भए राम्रो व्यवस्था हुन्थ्यो। १५ दिन अघि नै गरिसकेका आधा मान्छे बिरामी हुन्थे वा मर्थे।

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्