• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २९, २०८२ Fri, Mar 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'नेपाल अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न असफल हुँदा दण्डहीनता कायमै'

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ३१, २०७८  १६:११
1140x725

काठमाडाैं- एड्भोकेसी फोरम-नेपाल, ह्युमन राइट्स एण्ड जस्टिस सेन्टर र न्याय तथा अधिकार संस्था (जुरी नेपाल)ले नेपाल सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार दायित्व पूरा गर्न र मानवअधिकार उल्लंघनमा कायम रहेको दण्डहीनता अन्त्य गर्न आह्वानन गरेका छन्। नेपाल नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको पक्षराष्ट्र भएको ३० वर्ष पूरा गरेको अवसरमा उनीहरुले यस्तो आग्रह गरेका हुन्।

नेपाल २०४८ वैशाख ३१ मा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको पक्षराष्ट्र बनेको थियो। पक्षराष्ट्र भएको पाँच वर्षपछि नै नेपालमा सशस्त्र द्वन्द्व सुरू भयो र त्यो एक दशक (२०५२-६३) सम्म चलेको थियो। द्वन्द्वको समयमा देशमा व्यापक तथा सुनियोजित रूपमा मानवअधिकार उल्लंघनका घटनाहरु भएका थिए। २०६३ साल मंसिरमा द्वन्द्वरत पक्षबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरपश्चात् पनि नेपालमा मानवअधिकारको जघन्य उल्लंघन हालसम्म निरन्तर कायम रहेको यी संस्थाहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाल नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको पक्षराष्ट्र बनेको ३० वर्ष पुगेता पनि प्रावधानहरूको कार्यान्वयनको अवस्था भने फितलो रहेको उनीहरुको ठहर छ।

Ncell 2
Ncell 2

२०६५ सालमा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धअन्तर्गतको मानवअधिकार समितिले पहिलोपटक नेपालविरुद्ध व्यक्तिगत उजुरी (सूर्यप्रसाद शर्मा) का विषयमा निर्णय गरेको थियो। त्यसयता उक्त समितिले नेपालविरुद्ध कूल २६ वटा उजुरीमा निर्णय सुनाएको छ। यस्ता उजुरीहरूमा यातना र अन्य किसिमका अमानवीय वा अपमानजनक व्यवहार, गैरन्यायिक हत्या, पक्षपाती पुर्पक्ष, जबर्जस्ती बेपत्ता, यौनहिंसा तथा जबर्जस्ती बालश्रम लगायतका विविध प्रकृतिका घटनाहरू रहेका छन्।

मानवअधिकार समितिले गरेका सिफारिसहरूमा उजुरीहरूमाथि प्रभावकारी तथा पूर्णअनुसन्धान, प्रत्येक अपराधको गम्भीरता अनुरूपको अभियोजन तथा सजाय, सामाजिक पुनःस्थापना, स्वास्थ्योपचार, मनोवैज्ञानिक सहायता, पर्याप्त क्षतिपूर्ति तथा पीडितहरूले बेहोर्नुपरेको ज्यादतीलाई ध्यानमा राख्दै सार्वजनिक क्षमायाचनासहितका सन्तुष्टिका उचित उपायहरू जस्ता विषयहरू समेटिएका छन्।

मानवअधिकार समितिले उल्लंघन रोकथामका उपाय तथा अपराध नदोहोरिने प्रत्याभूतिका रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल हुनेगरी नेपाली कानुनको संशोधनका लागि पनि सिफारिस गरेको थियो। समितिका निर्णयहरूलाई नेपालीमा अनुवाद गरेर व्यापकरूपमा वितरण गर्न पनि नेपाललाई सिफारिस गरिएको थियो। प्रत्येक उजुरीमा प्रगतिशील सिफारिस गरिएको भए पनि नेपाल सरकारले केही सिफारिसको न्यूनतम कार्यान्वयन गरेको छ। बाँकी सिफारिसहरूको कार्यान्वयनको स्थिति शून्य रहेको उनीहरुले जनाएका छन्। प्रगति हुन नसक्दा न्यायको प्रतीक्षा गरिरहेका पीडितहरूको पीडा थपिएको उनीहरुको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
सम्बन्धित सामग्री
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा यसअघि पाठकसहितको लगाउमा राखिएको भ्रष्टाचार मुद्दामा न्यायाधीश सुवेदीले एक पटक आदेश जारी गरिसकेकाले हेर्न नमिल्ने सूचीमा राखिएको हो । बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने निगमले बुधबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय स्तरमा देखिएको समस्याका कारण भविष्यमा पर्न सक्ने सम्भावित प्रभावबाट बच्न पूर्वसावधा... बुधबार, फागुन २७, २०८२
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सामाजिक सञ्जालकाे प्रयोग गर्... बुधबार, फागुन २७, २०८२
ताजा समाचारसबै
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्