काठमाडाैं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अब सबैको ध्यान कोभिड १९ नियन्त्रणतर्फ हुनुपर्ने बतनाएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड–१९ नियन्त्रणको अर्थ–राजनीतिमा केन्द्रित हुनुपर्ने बताएका हुन्।
‘तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन/वितरण, बेड/उपकरण, जनशक्ति, खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं!,’ उनले भनेका छन्, ‘जनताको जिउज्यान रहे राजनीति हुँदै गर्ला!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।