काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका परिस्थितिमा स्वास्थ्यसुरक्षाका मापदण्डलाई ख्याल गरी ‘इद उल फित्र’ मनाउन आग्रह गरेका छन्।
इस्लाम धर्मावलम्बीको पर्व “इद उल फित्र” का अवसरमा आज सम्पूर्ण मुसलमानमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै देउवाले कोरोनाको जोखिम दृष्टिगत गरी भौतिक दूरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन आग्रह गरेका हुन्।
इद उल फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले यसले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएका छन्।
लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको जनाउँदै देउवाले लोकतन्त्रको रक्षार्थ मुसलमान समुदाय अझ बढी जिम्मेवार रहने विश्वास व्यक्त गरेका छन्। ‘इद उल फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।