• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांसद नभएका नेता पुन: मन्त्री बन्न पाउँछन्?, संविधानविद भन्छन्- यो नयाँ सरकार हो पुन: नियुक्ति हुन सक्दैन  

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ३१, २०७८  १३:१३
1140x725
फाइल तस्वीर।

काठमाडौं- प्रधानमन्त्री केपी  शर्मा ओलीले विश्वासको मत गुमाउँदाको दिनसम्म मन्त्रिमण्डलमा सहभागी सात जना मन्त्रीहरु गैरसांसद थिए। यसअघि सांसद भएका तर, पछि गुमाएका र सांसद नभएका गरी दुई समूहका व्यक्तिहरु मन्त्रिपरिषद्‌मा सहभागी थिए।

संघीय सांसदको सांसद नै नभएका खानेपानीमन्त्री मणी थापा र खेलकुदमन्त्री दावा तामाङ मन्त्री भएका थिए भने अन्य पाँच जना माओवादीबाट एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सांसद पद गुमाएका थिए। यसरी दोस्रो समूहमा  गृहमन्त्री रामबहादुर थापा 'बादल', ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी रहेका थिए।

थापा  र तमाङ  २०७७  पुस १० गते मन्त्री  भएका थिए। उनीहरुको ६ महिना अवधि जेठ १० गते पुग्दै थियो। यो बीचमै सरकारले विश्वासको मत प्राप्त नगरेपछि प्रधानमन्त्री पदमुक्त हुँदै कामचलाउ भए भने उनीहरुले पद गुमाए।

यसरी मन्त्री पद गुमाएकामध्ये नयाँ सरकार गठन हुँदा कतिले पुर्ननियुक्ति पाउलान् भन्ने चर्चा अहिले शुरु भएको छ।

फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँतिएपछि उनीहरु एमालेतर्फ लागेर मन्त्री पद जोगाएका थिए। यसरी मन्त्री भएकामध्ये चैत २७ गते चार मन्त्रीले पुन: शपथ लिएका थिए। एमालेमा लागेका रायमाझी, भट्ट, साह र चौधरीले  गैरसांसदको रुपमा शपथ लिएका थिए।  त्यस्तै, गृहमन्त्री बादलले वैशाख ५ गते शपथ लिएका थिए। 

संविधानले के भन्छ?
संविधानको धारा ७८ (१) मा सांसद नभएका व्यक्ति पनि ६ महिनाका लागि मन्त्री बन्न पाउने व्यवस्था छ। यसअघि अर्थमन्त्री रहेका युवराज खतिवडाले पनि ६ महिनासम्म गैरसांसदको रुपमा यही व्यवस्था अनुसार मन्त्री पद सम्हालेका थिए। शुरुमा राष्ट्रपतिबाट सिफारिस हुने कोटाबाट राष्ट्रिय सभा सदस्य हुँदै मन्त्री भएका खतिवडाले सांसद पद गुमाएपछि पनि ६ महिना मन्त्री पद सम्हालेका थिए।

त्यसरी नियुक्त भएका मन्त्रीले ६ महीनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने, सांसद बन्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधि सभाको कार्यकालभर पुनः मन्त्री बन्न नपाउने व्यवस्था छ।

राष्ट्रिय सभाको सदस्यमा फेरि सिफारिस हुने क्रममा खतिवडाको स्थानमा वामदेव गौतम परेपछि उनी पदमुक्त हुँदै प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भएर अमेरिकाको राजदूत भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

एमाले प्रवेश गरेका निवर्तमान मन्त्रीहरूले पुस १० गते शपथ लिएका थिए।  संविधानविद एवं अधिवक्ता सुनिल पोखरेलले अवधि समाप्त हुन लागेका व्यक्तिहरुले मन्त्री बन्नु नैतिक रुपमा नमिल्ने बताए।

यीमध्ये खानेपानी मन्त्री थापा र खेलकुद मन्त्री तमाङको हकमा भने अब समय धेरै नभएकाले फेरि नियुक्ति नदिनु राम्रो हुने पोखरेल बताउँछन्।  ‘उहाँहरुको अब अवधि एक महिनामात्र देखिन्छ। संविधानले सांसद नभएका व्यक्तिहरु एक पटकमात्र ६ महिना मन्त्री हुने कल्पना गरेको छ’ पोखरेलले भने ‘यसरी हेर्दा केही दिन बनाउन मिल्ला तर, त्यसपछि नमिल्ने भएकाले अहिले नै नबनाउनु उपयुक्त हुन्छ।’

मन्त्री बनेको करीब पाँच महीना अब अहिले नजाँदा नै राजनीतिक नैतिकता रहने संविधानविदहरुको तर्क छ। निवर्तमान गृहमन्त्री रामबहादुर थापा भने राष्ट्रिय सभा सदस्यको उम्मेद्‌वार भएकाले पुनः सांसद बन्न सक्ने सम्भावना कायम हुँदा उनले निरन्तरता पाउन सक्ने देखिन्छ।

रायमाझी, भट्ट , साह, चौधरीको हकमा पनि ६ महिनाको अवधि पुग्न बाँकी भएकाले शपथ गराउन सकिने तर, पाँच महिनापछि उनीहरु पनि पदमुक्त हुने छन्।

Xtrem

Xtrem

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली यो नयाँ रुपमा गठन भएको सरकार भएकोले उनीहरू मन्त्री बन्न नहुने बताउँछन्। खानेपानी मन्त्री थापा र खेलकुद मन्त्री तामाङ गैरसांसदका रुपमा ६ महिनाका लागि शपथ लिइसकेकाले र अब अवधि पनि थोरै भएकाले पुन:नियुक्ति नगर्नु नै उपयु्क्त हुने ज्ञवाली बताउँछन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ?
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै... शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टीको १५औँ| महाधिवेशनबाट सभापति पदमा विजयी भएका गगनकुमार थापालाई बधाई दिँदै पार्टीभित्र... शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शुभकामनासँगै शर्माले पार्टीभित्रका भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका कमजोरी सच्याउँदै देशलाई गन्तव्यमा पुर्‍याउनुपर्ने बताएका... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्