काठमाडौं- नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको बैठक बसिरहेको छ। बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र नेता नारायण खड्का सहभागी छन्। यस्तै, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य पम्फा भुसाल र पूर्वसभामुख ओनसरी घर्ती सहभागी छन्।
यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव सहभागी छन्। राष्ट्रपतिले दिएको समयसीमाभित्र गठबन्धन सरकार बनाउन नसकेका विपक्षी त्यसको भोलिपल्ट छलफलमा जुटेका हुन्।
राष्ट्रपतिले गठबन्धन सरकारको दाबी पेश गर्न दिएको समय बिहीबार राति ९ बजेसम्म कसैको दाबी नपरेपछि धेरै सांसद भएको दलको नेताका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। प्रधानमन्त्री ओलीको शपथ शुक्रबार दिउँसो साढे २ बजे हुनेछ।
जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले साथ र एमालेको माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा नदिँदा विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्न सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।