• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ४, २०८३ Mon, Jul 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
अक्सिजन अभाव कि सिलिण्डर? 

१ लाख अक्सिजन सिलिन्डर हुँदाहुँदै किन भयो यस्तो हाहाकार?

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ३०, २०७८  २२:३६
1140x725

काठमाडौ– बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक सञ्जाल फेसबुकमा अक्सिजन सिलिण्डर अभावबारे टिप्पणी गर्दै लेखे, ‘सबैको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गर्न सार्वजनिक खबरदारी गरौं!’ 

‘सरकार अस्पताललाई होइन, पहुँचवालालाई र उच्च अधिकारीलाई सिलिण्डर बाँडिरहेको छ,’ उनले लेखेका छन्, ‘केही दिन अघिसम्म भएका सिलिण्डर कहाँ पुगे? किन अस्पताल लगायत बिभिन्न ठाउँका सिलिण्डर सीसीएमसीमा जम्मा गरियो र त्यहाँबाट निजी अस्पताल र पहुँचवालाको घर घरमा बाँडियो?’ 

बागमती प्रदेशका पूर्वमन्त्री दुलालले विभिन्न उद्योग र अन्य स्थानबाट जफत गरिएको सिलिण्डर सरकारी अस्पताल वा गम्भीर बिरामीलाई दिने भन्दा केही व्यक्तिहरुको घरमा राख्ने र निजी पहुँचयुक्त अस्पतालमा पुगेको सूचना प्राप्त भएपछि खप्न नसकेर सामाजिक सञ्जालमा लेखेको बताए। सरकारी अस्पतालमा उपचारका लागि पुगेकाहरु अस्पताल बाहिर नै अक्सिजन पर्खेर बस्नु परेको र गरीबहरु मर्दै गरेको सुन्न परेको अवस्थामा यसरी पहुँवालाहरुको घरमा सिलिण्डर पुगेको खवरपछि उनले यस्तो आह्वान गरेका थिए। 

दुलालले लेखे झैं अहिले बजारमा भएका अक्सिजन सिलिण्डर ठूलो संख्यामा हराएको देखिन्छ। अक्सिजन उत्पादक उद्योगीहरुले देशभर करिब १ लाख सिलिण्डर भएको दाबी गरेका छन्। तर, संक्रिय संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालहरुले एकपछि अर्को गर्दै अक्सिजन अभाव भएको भन्दै हात उठाउन थालेको अवस्थाले अहिले नै अक्सिजनसंगै सिलिण्डरको चरम अभाव भएको देखिन्छ।

काठमाडौको राष्ट्रिय ट्रमा सेन्टरले अक्सिजन प्राप्त गर्न नसकेपछि अहिले निमित्त निर्देशक सन्तोष पौडेल आफैं अक्सिजन जोहोको दौडधुपमा लागेका छन्। अस्पतालमा १०५ जना कोरोनाका गम्भीर बिरामी रहेको तर सीसीएमसीले अधिकतम २० वटा सिलिण्डरमात्र दिन थालेपछि बुधबार रातभरी गरेर उनले पाँच वटा सिलिण्डर प्राप्त गरे, जसले दिनभरि धान्ने देखिँदैन।  

बिहीबारसम्मको तथ्यांकमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ छ। यी मध्ये अस्पतालमा भर्ना भएका कुल ८ हजार ८ सय १७ जना छन्। यसरी अस्पताल भर्ना भएकामध्ये पनि भेन्टिलेटरमा २ सय ८५ र आइसीयूमा १२ सय ४१ जना छन्। सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ९४ हजार ३ सय ४३ जना छन्। यसरी हेर्दा कुल संक्रमितको १३ प्रतिशत मात्र अस्पतालमा भर्ना भएका छन्।

अहिले नेपालमा भएका सबै सिलिण्डर बराबरको बिरामीमात्र भएकाले यो अभाव हुन नपर्ने देखिन्छ। तर, अधिकांश अस्पतालले आफूहरुसँग अक्सिजन नभएकाले बिरामीको मृत्यु भएमा थप जोखिम लिन नसक्ने भन्दै भर्ना नलिनेतिर गएको देखिन्छ। पछिल्लो समयमा बिरामीको मृत्यु हुँदा अस्पतालमै आक्रमण वढेपछि निजी अस्पतालहरु यसरी जोखिम मोल्न तयार नभएको देखिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

तर, अक्सिजन उत्पादक संघका उपाध्यक्ष एवं सिता अक्सिजन उद्योगका सञ्चालक प्रह्लाद तिमल्सिनाले भने अहिले बजारमा अक्सिजन र सिलिण्डर दुवैको अभाव रहेको बताए। उद्योगमा आएको तथ्याक हेर्दा दुवैको अभाव रहेको उनको भनाइ छ। ‘बजारबाट सरकारले प्रशस्त मात्रामा उद्योगहरुसहितका ठाउँवाट सिलिण्डर उठाएको कुरा आएको छ तर ती सवै उद्योगमा पुगेको पाएका छैनौं,’ तिमल्सिनाले भने, ‘व्यक्तिका घरमा र केही उद्योगहरुमा अझै ठूलो मात्रामा सिलिण्डर रहेको भनिएको छ।’ उद्योगहरुले उत्पादन कार्यमा पनि सकेको जति प्रयास गरेको तर माग धान्न नसकेको उनको भनाइ छ।

‘सरकारले समयमै खालि सिलिण्डर उपलव्ध गराएमा २४ सै घन्टा उत्पादन गरेर दिनसक्ने भएकाले आह्वान गरिरहेका छौ,’ उनले भने, ‘तर अहिले त उद्योगहरुले नै भर्नसक्ने अवस्था छैन।’ ११ देखि १२ सय सिलिण्डर अक्सिजन सीसीएमसीले माग गर्ने गरेको तर आफूहरुले ८ हजारमात्र उत्पादन गर्न सकिरहेको उनले बताए।

‘घरमा लैजाने र अस्पतालले आफैं व्यवस्था गर्न भनेपछि लिन आउनेहरुको चाप पनि वढ्दै गएको छ,’ उनले भने, ‘हामीले सकभर कोही पनि फर्कन नपरोस् र कसैले ज्यान नगुमाओस् भनेर मानवीय नाताले भरेर पठाएका छौं।’ 

यसरी आएकामध्ये केही वास्तविक समस्यामा परेको भएपनि अधिकांशले भने समस्या आइहाल्छ कि भनेर घरमा ‘स्टक’ गर्दा सिलिण्डर होल्ड भएको उनको उनको भनाइ छ। 

‘सरकारले कोटा तोकेको छ तर अस्पतालहरुले सम्झौताअनुसार किन उपलव्ध हुन सकेन भनि झगडा गरिरहेका छन्,’ उनले भने, ‘सरकारले तोकेकै कोटा त दिन नसकेको अवस्थामा थप कसरी दिने भनेर हामी आफैं समस्यामा छौं। यस्तो अवस्थामा घरमा सिलिण्डर राखेको बुझिन्छ तर केही मानिसले पीडाको हिसावले पनि राखेका होलान् केहीले भने स्टक नै राखेको देखिएको छ।’  

उद्योगमा लाइन लागेपछि दिनुपर्ने वाध्यता रहेको भन्दै उनले यसलाई प्रशासनले व्यवस्थित गर्नुपर्ने बताए। देशभर साना–ठूला गरी निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उद्योग छन्। तीमध्ये काठमाडौं उपत्यकामा ८ वटा छन्। अक्सिजनको समस्या समाधानका लागि उपत्यका बाहिर रहेका उद्योगहरुलाई पनि सरकारले २४ सै घन्टा चलाएर व्यवस्थित गर्नुपर्ने तिमल्सिनाको तर्क छ।  

नेपालमा सक्रिय संक्रमितको संख्या यो बराबर नभएको र अधिकांश संक्रमित घरमै रहेकाले व्यवस्थापन भएमा चरम अभाव नहुने, तर व्यवस्थापन चुस्त नभए झन भयावह हुने उनको वुझाइ छ।  

तर निजी अस्पताल सञ्चालकहरुले भने अहिले अक्सिजनको अभाव मात्र भएकाले सिलिण्डरको अभाव नभएको बताएका छन्। 

सामान्य अवस्थामा बिरामीलाई २ लिटर अक्सिजन भए पुग्नेमा अहिले १० देखि १५ लिटरसम्म एउटा बिरामीका लागि खपत भएकाले पनि उच्च माग भएको पाइएको छ। त्यस्तै केही समस्या मानिसहरुले नबुझेर घरमा डम्पिङ गरेकाले पनि भएको दाहालको भनाइ छ।

निजी अस्पताल सञ्जालक संघ (अफिन)का महासचिव हेमराज दाहालले अहिले सीसीएमसीले कोटा तोकेर अस्पतालहरुलाई अक्सिजन उपलव्ध गराउने भएकाले अभाव भएको बताए। सरकारलाई पनि सवै अस्पतालहरुमा पुर्‍याउनुपर्ने वाध्यता भएकाले कोटा लगाएको र अहिले माग धेरै भएका कारण यस्तो समस्या भएको उनको वुझाई छ। ‘अक्सिजन उत्पादन २४ सै घन्टाआवश्यक छ। तर, उहाँहरुको पनि क्षमता अनुसार गरि नै रहेको वुझेका छौ,’ उनले भने, ‘अहिले दैनिक १० देखि १५ हजार लिटर आवश्यक देखिन्छ। १८ हजार लिटर भन्दा माथि खपत हुनसक्छ तर, ८ हजारसम्म उत्पादन भएको जानकारी पाएका छौं।’   

उद्योगीले हरेक दिन निजी अस्पतालमा आवश्यक मात्रामा अक्सिजन उपलव्ध गराउने सम्झौता विगतमा भएको तर अहिले सीसीएमसीको कोटाले अप्ठ्यारो भएको दाहालको भनाइ छ। ‘सरकारलाई सवैतिर पुर्‍याउनुपर्ने वाध्यता छ,’ उनले भने, ‘तर विगतमा नर्मल अवस्थामा २०० वटा चाहिनेमा अहिले पचास वटासम्म उपलव्ध हुने भएकाले हाहाकार भएको हो।’

सामान्य अवस्थामा बिरामीलाई २ लिटर अक्सिजन भए पुग्नेमा अहिले १० देखि १५ लिटरसम्म एउटा बिरामीका लागि खपत भएकाले पनि उच्च माग भएको पाइएको छ। त्यस्तै केही समस्या मानिसहरुले नबुझेर घरमा डम्पिङ गरेकाले पनि भएको दाहालको भनाइ छ। अव विस्तारै दैनिक ५० हजार लिटरसम्म आवश्यक हुनसक्ने उनको अनुमान छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम सरकारले अक्सिजन सबैतिर पुर्‍याउने प्रयास गरिरहेको बताउँछन्। उनले काठमाडौं उपत्यकामा मात्र ८ हजार ५ सय सिलिण्डर चालु अवस्थामा रहेको बताए। ‘निजी अस्पतालहरुले अक्सिजनले जति धान्न सक्छ त्यति नै बिरामीको उपचार गर्ने हो , उनले भने, ‘सरकारी अस्पतालहरुमा चाँही अक्सिनजको अभाव  बढेको छ।’

निजी अस्पतालहरुले अक्सिजन पाइरहेका दाबी गर्दै उनले सरकारी अस्पतालहरुमा अक्सिजनको कोटा बृद्धि गर्नुपर्ने देखिएको बताए। अक्सिजनको कोटा बृद्धि गर्न नसकिए वैकल्पिक उपाय अवलम्वन गरेर अक्सिजन पूर्तिको काम थाल्नुपर्ने उनको भनाइ छ। अहिले सरकारी अस्पतालमा बिरामीको चाप वढेकाले त्यसका केन्द्रित हुनुपर्ने उनी बताउँछन्। 

पाटन, सिभिल, वीर, ट्रमा सेन्टर, टिचिङ, गंगालाल अस्पतालमा संक्रमित धेरै भएकाले त्यहाँ अक्सिजनको वढी आवश्यकता देखिएको उनले बताए। 

‘सरकारी अस्पतालमा बिरामी कम हुँदा निजीमा अक्सिजन सप्लाई धेरै थियो। सरकारी अस्पतालमा बिरामीको चाप बढेपछि सरकारले बिरामीको चापको आधारमा अक्सिजन दिनुपर्‍यो अनि कोटा बृद्धि गर्‍यो,’ उनले भने, ‘सरकारले जहाँ गरीबको उपचार हुन्छ, त्यहाँ बढी प्राथमिकता दिनै पर्‍यो।’ ४०० सिलिण्डर चीनबाट आएको र अन्यत्रवाट पनि थप हुने क्रममा रहेका उनले बताए। 

‘काठमाडौं उपत्यकामा २४ घण्टामा ८ हजार ५०० सिलिण्डर भरिँदो रहेछ। तर, अहिले माग दैनिक १२ हजार सिलिण्डर छ,’ उनले भने, ‘त्यसैले सिलिण्डरहरु जम्मा गरेर एक हजार सिलिण्डर भर्न पोखरा पठाएका छौं।’ 

चितवनमा ५००, विराटनगरमा ७००, सिमरामा ५०० सिलिण्डर अक्सिजन भर्न सकिने भएकाले त्यो विकल्पमा पनि अघि वढेको उनले बताए। अहिले सिलिण्डर जम्मा गरेर भर्न पठाएकाले अबको दुई तीन दिनमा अवस्था सहज हुने उनले दाबी गरे। 

‘जहाँ–जहाँ लिक्विड अक्सिजन भारतबाट ल्याउन सकिन्छ, लिक्विड अक्सिजन राख्ने ट्यांक छ त्यहाँ ट्यांकहरु ल्याएर भर्दै छौ,’ उनले भने, ‘अरु बेलामा यति धेरै अक्सिजन चाहिँदैन थियो।’ कतिपय अस्पतालमा अक्सिजन प्लान्ट भएको तर चलाउन नसकिएको उनले बताए। 

कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, प्रसूति गृहमा आफ्नै प्लान्ट भएकाले त्यसलाई चलाउनुपर्ने तर, बिरामी बढेका हुनाले प्लान्टले नपुग्ने हुन सक्ने उनले बताए।  

ट्रमा, टेकु अस्पतालमा लिक्विड अक्सिजन ट्यांक भएकाले त्यसलाई पनि चलाउनुपर्ने अवस्था रहेको उनले बताए। ‘त्यहाँ भारतबाट लिक्विड ल्याएर भर्ने हो,’ उनले भने, ‘लिक्विड अक्सिजन हामीले कूटनीतिक तरिकाले सम्झौता गरेर ल्याइरहेका छौं।’ 

कन्सन्ट्रेटर कमी हुदाँ पनि समस्या भएको उनले बताए। ७५ वटा कन्सन्ट्रेटर चीनबाट ल्याएको भन्दै उनले १० देखि १५ दिनभित्र १० वटा जति लिक्विड अक्सिजन ट्यांक, १५ वटा अक्सिजन प्लान्ट बनाउने तयारी भएको जानकारी दिए।  त्यस्तै चीनवाट २० हजार सिलिण्डर मध्ये १९ हजार ६०० सिलिण्डर ल्याउन बाँकी रहेको बताउँदै डा गौतमले बाँकी सिलिण्डर केही हवाई र केही स्थलमार्गबाट केरुङ हुदै ल्याउने तयारी भएको बताए। 

‘एकै ठाउँबाट सरकारले सिलिण्डर संकलन गर्ने निर्णय नगरेको भए आउने ७ दिनभित्र काठमाडौंका आधा सिलिण्डर हराइ सक्थे,’ उनले भने, ‘सम्पन्न व्यक्तिका घर वा निजी अस्पतालमा पुग्थ्यो, अनि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीले अक्सिजन पाउँदैन थिए। त्यसैले यो स्वास्थ्य मन्त्रालयले मात्र होइन सीसीएमसीले निर्णय गरेको हो। यसलाई स्वास्थ्य मन्त्रालयले सकारात्मक रुपमा लिएको छ।’ 

अक्सिजनको समस्या व्यवस्थापन हुन २/४ दिन लाग्ने र त्यसपछि अलि सहज हुने उनको दाबी छ। अहिले उत्पादन नै कम भएकाले भर्ने सिलिण्डर पनि कमी भएको उनले बताए।  

‘अवको समााधन भनेको  निजी अस्पतालले छिटो भन्दा छिटो आफ्नो अक्सिजन प्लान्टको व्यवस्था गर्नु हो,’ उनले भने, ‘बरु त्यसका लागि सरकारले के गर्नुपर्ने हो त्यो गर्नेछ। भन्सार छुट गरिदिने हो कि? ल्याउन सहजीकरण गरिदिने हो कि?’ 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन
विश्वकप फाइनलमा पहिलोपटक हाफटाइम शो, क-कसले दिँदैछन् प्रस्तुति ?
सम्बन्धित सामग्री
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमि... आइतबार, साउन ३, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो। आइतबार, साउन ३, २०८३
जलविरेमा दुई बस ठोक्किँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध आज बिहानैदेखि सञ्चालनमा आएको सडक उक्त दुर्घटनाका कारण पुनः ठप्प हुन पुगेको हो। आइतबार, साउन ३, २०८३
ताजा समाचारसबै
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल अवार्ड सोमबार, साउन ४, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
विश्वकप फाइनलमा पहिलोपटक हाफटाइम शो, क-कसले दिँदैछन् प्रस्तुति ? आइतबार, साउन ३, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार, साउन ३, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्