• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
अक्सिजन अभाव कि सिलिण्डर? 

१ लाख अक्सिजन सिलिन्डर हुँदाहुँदै किन भयो यस्तो हाहाकार?

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ३०, २०७८  २२:३६
1140x725

काठमाडौ– बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक सञ्जाल फेसबुकमा अक्सिजन सिलिण्डर अभावबारे टिप्पणी गर्दै लेखे, ‘सबैको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गर्न सार्वजनिक खबरदारी गरौं!’ 

‘सरकार अस्पताललाई होइन, पहुँचवालालाई र उच्च अधिकारीलाई सिलिण्डर बाँडिरहेको छ,’ उनले लेखेका छन्, ‘केही दिन अघिसम्म भएका सिलिण्डर कहाँ पुगे? किन अस्पताल लगायत बिभिन्न ठाउँका सिलिण्डर सीसीएमसीमा जम्मा गरियो र त्यहाँबाट निजी अस्पताल र पहुँचवालाको घर घरमा बाँडियो?’ 

बागमती प्रदेशका पूर्वमन्त्री दुलालले विभिन्न उद्योग र अन्य स्थानबाट जफत गरिएको सिलिण्डर सरकारी अस्पताल वा गम्भीर बिरामीलाई दिने भन्दा केही व्यक्तिहरुको घरमा राख्ने र निजी पहुँचयुक्त अस्पतालमा पुगेको सूचना प्राप्त भएपछि खप्न नसकेर सामाजिक सञ्जालमा लेखेको बताए। सरकारी अस्पतालमा उपचारका लागि पुगेकाहरु अस्पताल बाहिर नै अक्सिजन पर्खेर बस्नु परेको र गरीबहरु मर्दै गरेको सुन्न परेको अवस्थामा यसरी पहुँवालाहरुको घरमा सिलिण्डर पुगेको खवरपछि उनले यस्तो आह्वान गरेका थिए। 

दुलालले लेखे झैं अहिले बजारमा भएका अक्सिजन सिलिण्डर ठूलो संख्यामा हराएको देखिन्छ। अक्सिजन उत्पादक उद्योगीहरुले देशभर करिब १ लाख सिलिण्डर भएको दाबी गरेका छन्। तर, संक्रिय संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालहरुले एकपछि अर्को गर्दै अक्सिजन अभाव भएको भन्दै हात उठाउन थालेको अवस्थाले अहिले नै अक्सिजनसंगै सिलिण्डरको चरम अभाव भएको देखिन्छ।

काठमाडौको राष्ट्रिय ट्रमा सेन्टरले अक्सिजन प्राप्त गर्न नसकेपछि अहिले निमित्त निर्देशक सन्तोष पौडेल आफैं अक्सिजन जोहोको दौडधुपमा लागेका छन्। अस्पतालमा १०५ जना कोरोनाका गम्भीर बिरामी रहेको तर सीसीएमसीले अधिकतम २० वटा सिलिण्डरमात्र दिन थालेपछि बुधबार रातभरी गरेर उनले पाँच वटा सिलिण्डर प्राप्त गरे, जसले दिनभरि धान्ने देखिँदैन।  

बिहीबारसम्मको तथ्यांकमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ छ। यी मध्ये अस्पतालमा भर्ना भएका कुल ८ हजार ८ सय १७ जना छन्। यसरी अस्पताल भर्ना भएकामध्ये पनि भेन्टिलेटरमा २ सय ८५ र आइसीयूमा १२ सय ४१ जना छन्। सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ९४ हजार ३ सय ४३ जना छन्। यसरी हेर्दा कुल संक्रमितको १३ प्रतिशत मात्र अस्पतालमा भर्ना भएका छन्।

अहिले नेपालमा भएका सबै सिलिण्डर बराबरको बिरामीमात्र भएकाले यो अभाव हुन नपर्ने देखिन्छ। तर, अधिकांश अस्पतालले आफूहरुसँग अक्सिजन नभएकाले बिरामीको मृत्यु भएमा थप जोखिम लिन नसक्ने भन्दै भर्ना नलिनेतिर गएको देखिन्छ। पछिल्लो समयमा बिरामीको मृत्यु हुँदा अस्पतालमै आक्रमण वढेपछि निजी अस्पतालहरु यसरी जोखिम मोल्न तयार नभएको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, अक्सिजन उत्पादक संघका उपाध्यक्ष एवं सिता अक्सिजन उद्योगका सञ्चालक प्रह्लाद तिमल्सिनाले भने अहिले बजारमा अक्सिजन र सिलिण्डर दुवैको अभाव रहेको बताए। उद्योगमा आएको तथ्याक हेर्दा दुवैको अभाव रहेको उनको भनाइ छ। ‘बजारबाट सरकारले प्रशस्त मात्रामा उद्योगहरुसहितका ठाउँवाट सिलिण्डर उठाएको कुरा आएको छ तर ती सवै उद्योगमा पुगेको पाएका छैनौं,’ तिमल्सिनाले भने, ‘व्यक्तिका घरमा र केही उद्योगहरुमा अझै ठूलो मात्रामा सिलिण्डर रहेको भनिएको छ।’ उद्योगहरुले उत्पादन कार्यमा पनि सकेको जति प्रयास गरेको तर माग धान्न नसकेको उनको भनाइ छ।

‘सरकारले समयमै खालि सिलिण्डर उपलव्ध गराएमा २४ सै घन्टा उत्पादन गरेर दिनसक्ने भएकाले आह्वान गरिरहेका छौ,’ उनले भने, ‘तर अहिले त उद्योगहरुले नै भर्नसक्ने अवस्था छैन।’ ११ देखि १२ सय सिलिण्डर अक्सिजन सीसीएमसीले माग गर्ने गरेको तर आफूहरुले ८ हजारमात्र उत्पादन गर्न सकिरहेको उनले बताए।

‘घरमा लैजाने र अस्पतालले आफैं व्यवस्था गर्न भनेपछि लिन आउनेहरुको चाप पनि वढ्दै गएको छ,’ उनले भने, ‘हामीले सकभर कोही पनि फर्कन नपरोस् र कसैले ज्यान नगुमाओस् भनेर मानवीय नाताले भरेर पठाएका छौं।’ 

यसरी आएकामध्ये केही वास्तविक समस्यामा परेको भएपनि अधिकांशले भने समस्या आइहाल्छ कि भनेर घरमा ‘स्टक’ गर्दा सिलिण्डर होल्ड भएको उनको उनको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘सरकारले कोटा तोकेको छ तर अस्पतालहरुले सम्झौताअनुसार किन उपलव्ध हुन सकेन भनि झगडा गरिरहेका छन्,’ उनले भने, ‘सरकारले तोकेकै कोटा त दिन नसकेको अवस्थामा थप कसरी दिने भनेर हामी आफैं समस्यामा छौं। यस्तो अवस्थामा घरमा सिलिण्डर राखेको बुझिन्छ तर केही मानिसले पीडाको हिसावले पनि राखेका होलान् केहीले भने स्टक नै राखेको देखिएको छ।’  

उद्योगमा लाइन लागेपछि दिनुपर्ने वाध्यता रहेको भन्दै उनले यसलाई प्रशासनले व्यवस्थित गर्नुपर्ने बताए। देशभर साना–ठूला गरी निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उद्योग छन्। तीमध्ये काठमाडौं उपत्यकामा ८ वटा छन्। अक्सिजनको समस्या समाधानका लागि उपत्यका बाहिर रहेका उद्योगहरुलाई पनि सरकारले २४ सै घन्टा चलाएर व्यवस्थित गर्नुपर्ने तिमल्सिनाको तर्क छ।  

नेपालमा सक्रिय संक्रमितको संख्या यो बराबर नभएको र अधिकांश संक्रमित घरमै रहेकाले व्यवस्थापन भएमा चरम अभाव नहुने, तर व्यवस्थापन चुस्त नभए झन भयावह हुने उनको वुझाइ छ।  

तर निजी अस्पताल सञ्चालकहरुले भने अहिले अक्सिजनको अभाव मात्र भएकाले सिलिण्डरको अभाव नभएको बताएका छन्। 

सामान्य अवस्थामा बिरामीलाई २ लिटर अक्सिजन भए पुग्नेमा अहिले १० देखि १५ लिटरसम्म एउटा बिरामीका लागि खपत भएकाले पनि उच्च माग भएको पाइएको छ। त्यस्तै केही समस्या मानिसहरुले नबुझेर घरमा डम्पिङ गरेकाले पनि भएको दाहालको भनाइ छ।

निजी अस्पताल सञ्जालक संघ (अफिन)का महासचिव हेमराज दाहालले अहिले सीसीएमसीले कोटा तोकेर अस्पतालहरुलाई अक्सिजन उपलव्ध गराउने भएकाले अभाव भएको बताए। सरकारलाई पनि सवै अस्पतालहरुमा पुर्‍याउनुपर्ने वाध्यता भएकाले कोटा लगाएको र अहिले माग धेरै भएका कारण यस्तो समस्या भएको उनको वुझाई छ। ‘अक्सिजन उत्पादन २४ सै घन्टाआवश्यक छ। तर, उहाँहरुको पनि क्षमता अनुसार गरि नै रहेको वुझेका छौ,’ उनले भने, ‘अहिले दैनिक १० देखि १५ हजार लिटर आवश्यक देखिन्छ। १८ हजार लिटर भन्दा माथि खपत हुनसक्छ तर, ८ हजारसम्म उत्पादन भएको जानकारी पाएका छौं।’   

उद्योगीले हरेक दिन निजी अस्पतालमा आवश्यक मात्रामा अक्सिजन उपलव्ध गराउने सम्झौता विगतमा भएको तर अहिले सीसीएमसीको कोटाले अप्ठ्यारो भएको दाहालको भनाइ छ। ‘सरकारलाई सवैतिर पुर्‍याउनुपर्ने वाध्यता छ,’ उनले भने, ‘तर विगतमा नर्मल अवस्थामा २०० वटा चाहिनेमा अहिले पचास वटासम्म उपलव्ध हुने भएकाले हाहाकार भएको हो।’

सामान्य अवस्थामा बिरामीलाई २ लिटर अक्सिजन भए पुग्नेमा अहिले १० देखि १५ लिटरसम्म एउटा बिरामीका लागि खपत भएकाले पनि उच्च माग भएको पाइएको छ। त्यस्तै केही समस्या मानिसहरुले नबुझेर घरमा डम्पिङ गरेकाले पनि भएको दाहालको भनाइ छ। अव विस्तारै दैनिक ५० हजार लिटरसम्म आवश्यक हुनसक्ने उनको अनुमान छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम सरकारले अक्सिजन सबैतिर पुर्‍याउने प्रयास गरिरहेको बताउँछन्। उनले काठमाडौं उपत्यकामा मात्र ८ हजार ५ सय सिलिण्डर चालु अवस्थामा रहेको बताए। ‘निजी अस्पतालहरुले अक्सिजनले जति धान्न सक्छ त्यति नै बिरामीको उपचार गर्ने हो , उनले भने, ‘सरकारी अस्पतालहरुमा चाँही अक्सिनजको अभाव  बढेको छ।’

निजी अस्पतालहरुले अक्सिजन पाइरहेका दाबी गर्दै उनले सरकारी अस्पतालहरुमा अक्सिजनको कोटा बृद्धि गर्नुपर्ने देखिएको बताए। अक्सिजनको कोटा बृद्धि गर्न नसकिए वैकल्पिक उपाय अवलम्वन गरेर अक्सिजन पूर्तिको काम थाल्नुपर्ने उनको भनाइ छ। अहिले सरकारी अस्पतालमा बिरामीको चाप वढेकाले त्यसका केन्द्रित हुनुपर्ने उनी बताउँछन्। 

पाटन, सिभिल, वीर, ट्रमा सेन्टर, टिचिङ, गंगालाल अस्पतालमा संक्रमित धेरै भएकाले त्यहाँ अक्सिजनको वढी आवश्यकता देखिएको उनले बताए। 

‘सरकारी अस्पतालमा बिरामी कम हुँदा निजीमा अक्सिजन सप्लाई धेरै थियो। सरकारी अस्पतालमा बिरामीको चाप बढेपछि सरकारले बिरामीको चापको आधारमा अक्सिजन दिनुपर्‍यो अनि कोटा बृद्धि गर्‍यो,’ उनले भने, ‘सरकारले जहाँ गरीबको उपचार हुन्छ, त्यहाँ बढी प्राथमिकता दिनै पर्‍यो।’ ४०० सिलिण्डर चीनबाट आएको र अन्यत्रवाट पनि थप हुने क्रममा रहेका उनले बताए। 

‘काठमाडौं उपत्यकामा २४ घण्टामा ८ हजार ५०० सिलिण्डर भरिँदो रहेछ। तर, अहिले माग दैनिक १२ हजार सिलिण्डर छ,’ उनले भने, ‘त्यसैले सिलिण्डरहरु जम्मा गरेर एक हजार सिलिण्डर भर्न पोखरा पठाएका छौं।’ 

चितवनमा ५००, विराटनगरमा ७००, सिमरामा ५०० सिलिण्डर अक्सिजन भर्न सकिने भएकाले त्यो विकल्पमा पनि अघि वढेको उनले बताए। अहिले सिलिण्डर जम्मा गरेर भर्न पठाएकाले अबको दुई तीन दिनमा अवस्था सहज हुने उनले दाबी गरे। 

‘जहाँ–जहाँ लिक्विड अक्सिजन भारतबाट ल्याउन सकिन्छ, लिक्विड अक्सिजन राख्ने ट्यांक छ त्यहाँ ट्यांकहरु ल्याएर भर्दै छौ,’ उनले भने, ‘अरु बेलामा यति धेरै अक्सिजन चाहिँदैन थियो।’ कतिपय अस्पतालमा अक्सिजन प्लान्ट भएको तर चलाउन नसकिएको उनले बताए। 

कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, प्रसूति गृहमा आफ्नै प्लान्ट भएकाले त्यसलाई चलाउनुपर्ने तर, बिरामी बढेका हुनाले प्लान्टले नपुग्ने हुन सक्ने उनले बताए।  

ट्रमा, टेकु अस्पतालमा लिक्विड अक्सिजन ट्यांक भएकाले त्यसलाई पनि चलाउनुपर्ने अवस्था रहेको उनले बताए। ‘त्यहाँ भारतबाट लिक्विड ल्याएर भर्ने हो,’ उनले भने, ‘लिक्विड अक्सिजन हामीले कूटनीतिक तरिकाले सम्झौता गरेर ल्याइरहेका छौं।’ 

कन्सन्ट्रेटर कमी हुदाँ पनि समस्या भएको उनले बताए। ७५ वटा कन्सन्ट्रेटर चीनबाट ल्याएको भन्दै उनले १० देखि १५ दिनभित्र १० वटा जति लिक्विड अक्सिजन ट्यांक, १५ वटा अक्सिजन प्लान्ट बनाउने तयारी भएको जानकारी दिए।  त्यस्तै चीनवाट २० हजार सिलिण्डर मध्ये १९ हजार ६०० सिलिण्डर ल्याउन बाँकी रहेको बताउँदै डा गौतमले बाँकी सिलिण्डर केही हवाई र केही स्थलमार्गबाट केरुङ हुदै ल्याउने तयारी भएको बताए। 

‘एकै ठाउँबाट सरकारले सिलिण्डर संकलन गर्ने निर्णय नगरेको भए आउने ७ दिनभित्र काठमाडौंका आधा सिलिण्डर हराइ सक्थे,’ उनले भने, ‘सम्पन्न व्यक्तिका घर वा निजी अस्पतालमा पुग्थ्यो, अनि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीले अक्सिजन पाउँदैन थिए। त्यसैले यो स्वास्थ्य मन्त्रालयले मात्र होइन सीसीएमसीले निर्णय गरेको हो। यसलाई स्वास्थ्य मन्त्रालयले सकारात्मक रुपमा लिएको छ।’ 

अक्सिजनको समस्या व्यवस्थापन हुन २/४ दिन लाग्ने र त्यसपछि अलि सहज हुने उनको दाबी छ। अहिले उत्पादन नै कम भएकाले भर्ने सिलिण्डर पनि कमी भएको उनले बताए।  

‘अवको समााधन भनेको  निजी अस्पतालले छिटो भन्दा छिटो आफ्नो अक्सिजन प्लान्टको व्यवस्था गर्नु हो,’ उनले भने, ‘बरु त्यसका लागि सरकारले के गर्नुपर्ने हो त्यो गर्नेछ। भन्सार छुट गरिदिने हो कि? ल्याउन सहजीकरण गरिदिने हो कि?’ 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्... मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी यस वर्षको दशैँ अवधिमा देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ र सामान्य रहेको नेपाल प्रहरीले जनाएको हो । मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्