सांकेतिक तस्वीर
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपाल प्रहरीका सहायक निरीक्षक (असई) देवी पुरीको निधन भएको छ। कोरोना संक्रमित असई पुरीको प्रहरी अस्पतालमा उपचार भएको थियो।
एक हप्ता अघि अस्पताल भर्ना भएका पुरीको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। पुरी महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।