काठमाडौं– झापामा जंगली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ। मर्निङवाकमा जाँदा हात्तीको आक्रमणबाट कमल गाउँपालिका–३ का ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनलाई बिहीबार बिहान ५ बजेतिर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलभित्रको सडकमा हात्तीले आक्रमण गरेको थियो।
जंगली हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।