काठमाडौं– कास्कीमा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। कोभिड– १९ को संक्रमण रोकथामका लागि भन्दै जारी निषेधाज्ञा थप एकसाता लम्ब्याइएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।
जिल्लामा संक्रमण तीव्र रुपमा फैलिएकाले थप एक साताका लागि निषेधाज्ञा थप गरिएको उनको भनाइ छ।
निषेधाज्ञाका समयमा अत्यवावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ भने अत्यावश्यकीय सामग्रीको पसल निश्चित समयमा मात्र खोल्न पाइनेछ। निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिंँदै रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।