फाइल तस्बिर
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केपी शर्मा ओलीसँग सती जान एकता नगरिएको बताएका छन्।
अखिल भारत नेपाली एकता मञ्चले आयोजना गरेको 'भर्चुअल' अन्तर्क्रियामा बोल्दै प्रचण्डले बृहत कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न एकता गरिएको बताए। आफूले एमालेसँग एकता गरेर गल्ती नगरेको बताउँदै प्रचण्डले अब माओवादी ब्युँतिएपछि त्यसैलाई संगठित गरेर जानुपर्नेमा जोड दिए।
‘हामी ओलीसँग सम्झौता गरेर सती जान आएका होइनौं। बृहत कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न एकता गरेका हौं। गलत प्रवृत्तिविरुद्ध लड्न एकता गरेका हौं,’ प्रचण्डले भने,‘तर, केपी ओली प्रवृत्तिका विरुद्ध लड्दा-लड्दै यस्तो अवस्थामा आइपुगियो। अझै सबै कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याउने वातावरण बनाउनुपर्छ।’
सर्वोच्च अदालतको फैसलापछि देशैभर घुम्दा माओवादी पार्टीलाई नै बलियो बनाउनुपर्ने जनमत देखिएको प्रचण्डले बताए। लुम्बिनी प्रदेशका जिल्लाहरुसहित रुकुम, सल्यान, सिन्धुलीलगायत जिल्लामा घुम्दा माओवादी आन्दोलनलाई संगठित गरेर जाँदा दुई वर्षमा पहिलो पार्टी बनाउन सकिने दृढता पाएको उनको दाबी थियो।
उनले माओवादीले सहिद तथा बपत्ता परिवारसँगको सम्बन्धलाई जीवित बनाउन नसक्दा यस्तो नियति भोग्नुपरेको आमजनताबाट सुझाव पाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।