• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपालसँग किन सहमतिको हात बढाउँदैछन् ओली?

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २४, २०७८  १३:५९
1140x725
फाइल तस्वीर।

काठमाडौं- दुई दिनयता नेकपा (एमाले)भित्रको दौडधुप तीव्र बनेको छ। शीतल निवास, बालुवाटारदेखि मेरियट होटलसम्म एमालेको ‘एकता जोगाउने पहल’ भइरहेको छ। मुख्यतः पार्टीभित्र आफू विरोधीलाई किनारा लगाउने अभिप्रायले अघि बढिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीपनि यो संवादमा जोडिएका छन्। बिहीबार दिउँसोदेखि मध्यरातसम्म चलेका छलफलले उनमा केही ‘यू-टर्न’को संकेत मिलेको छ।

छलफलमा सहभागी र त्यसबारे जानकार नेताहरूका अनुसार अध्यक्ष ओली पार्टीभित्र थप विग्रह आउन नदिन लचक भइरहेका छन्। वा, विग्रह आउन नदिन आफ्नो तर्फबाट प्रयास गरेकै थिएँ भन्ने सन्देश दिन खोजिरहेका छन्। उनी गम्भीरतासाथ प्रस्तुत भइरहेका हुन् वा अप्ठ्यारो पर्दा सबैसँग संवाद  बढाउने विगतकै जस्तो शैलीलाई निरन्तरता दिइरहेका छन्, त्यो भने स्पष्ट भइसकेको छैन।

पछिल्ला संवादहरूले ओली माधवकुमार नेपाललगायत उनी पक्षका ३० जनालाई सोधिएको स्पष्टीकरण, नेपालसहित ४ जनालाई ६ महिनाका लागि गरिएको निलम्बन र ती सबै वा आंशिकमाथि गर्न लागिएको थप कारबाही रोक्न तयार भएका छन्। त्यसका अतिरिक्त अन्य निर्णयमा पनि पुनर्विचार हुने बताइएको छ। त्यसलाई औपचारिकता दिने विषयमा उनी आन्तरिक छलफलमा रहेको बताइएको छ।

स्पष्टीकरण र कारबाही लगायतका विषय ओलीकै आक्रामकताको प्रतिफल हो। त्यसबाट पछि हट्नु सकारात्मक विषय भए पनि मूल रूपमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने र त्यस विन्दुबाट अघि बढ्नुपर्ने आफूहरूको अडानमा ओलीले स्पष्ट पारिनसकेको नेपाल पक्षको भनाइ छ। ‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो। यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं‘, शुक्रबार फेसबुकमा स्टेटस लेख्दै माधवकुमार नेपालले भनेका छन्।

नेपालले एकतावद्ध एमालेका लागि आफूहरूले वार्ता र लचकता अपनाएको बताउँदै अहिलेसम्म कुनै सहमति नभएको प्रष्ट पारेका छन्।

माधव नेपाल पक्षलाई पार्टीबाट बाहिरै धकेल्न खोजिरहेका ओली किन उनैसँग संवाद गर्न खोजिरहेका छन् त? किन सहमतिको हात अघि बढाइरहेका छन् त? दुवै पक्षका केही नेताहरूले दिएको अनौपचारिक जानकारीको सार संक्षेपलाई यसरी उल्लेख गर्न सकिन्छ-

माधव नेपालसँगै टाढिने प्रधानमन्त्रीको कुर्सी
आफू अनुकूलको गणितको आकलन गरेर वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका ओलीलाई परिस्थिति त्यसरी अघि नबढेको बोध भएको छ। विश्वासको मत पाए बाँकी अवधि प्रधानमन्त्रीमै रहने र नपाए पनि प्रधानमन्त्रीमै रहेर आफ्नै अजेन्डाअनुसार मुलुकलाई चुनावमा होम्न सकिने उनको बुझाइ थियो। तर, त्यस्तो गणितमा बदलाव आउने उनले संकेत पाएका छन्।

यसबीचमा माधवकुमार नेपाल पक्षले उनलाई प्रधानमन्त्रीबाट हटाउन केही संख्याका सांसदहरूले सामूहिक राजीनामा दिने र विपक्षी गठबन्धनलाई बहुमतका लागि सहज बनाइदिने प्रयास थाले। आफ्नो पक्षमा बहुमत नपुग्ने कुरामा त ओलीलाई तनाव थिएन, विपक्षी गठबन्धनले बहुमत पुर्‍याउने देखेपछि भने उनमा छटपटी शुरु भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

जनताको जीवनदेखि संविधानसम्म जतिसुकै क्षति पुगोस् तर आफ्नो सत्ता चलिरहोस् भन्ने छवि बनाइसकेका ओलीका निम्ति पदबाट हट्नुपर्ने दिन नजिकिएपछि उनले माधव नेपाल पक्षसँग छलफल शुरु गर्ने तदारुकता देखाएका छन्। त्यसैले उनको जोड एमालेका सबै सांसदले आफूलाई विश्वासको मत दिऊन् भन्नेमा छ। त्यसका लागि गम्भीरतापूर्वक वा देखावटी सहमति गर्न सक्ने सम्भावना छ।

जसपाको पछिल्लो गणित
एमालेमा १२१ जना सांसदमध्ये केहीलाई निष्काशन गर्ने र जसपाको साथ लिएर प्रधानमन्त्रीमा निरन्तरताको वातावरण बनाउने ओलीको प्रयास थियो। जसपामा महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा दुई दर्जन सांसद भएको सो पक्षको दाबी पनि थियो। थप केहीलाई प्रभावित बनाउन सकिने बुझाइ पनि थियो। तर, पछिल्ला दिनमा त्यहाँभित्र फरकखाले वातावरण रहेको प्रष्ट भइसकेको छ।

जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादवको पक्षमा कम्तीमा १८ जना सांसद खुलिसकेका छन्। केन्द्रीय कार्यकारिणी समितिमा पनि स्पष्ट बहुमत देखिइसकेको छ। त्यो संख्या अझ बढ्न सक्ने आकलन गरिएको छ। ओलीले भर गरेका ठाकुर र महतोको पक्षमा भने सांसदहरूले खुलेर हस्ताक्षर गर्न समेत आनाकानी गरिरहेका छन्। जसको भरमा ओली ढुक्क हुने अवस्था छैन।

प्रधानमन्त्रीमा निरन्तर रहन जसपाको केही अंश सहयोगी हुन सक्ने भएपनि उनलाई माधव नेपाल पक्षको एकीकृत साथ आवश्यक पर्छ। त्यसकै सुनिश्चितताका लागि ओलीले लचकताको संकेत देखाएका हुन्।

Xtrem

Xtrem

नयाँ गठबन्धन
ओली आक्रामक रूपमा अघि बढिरहँदा माधव नेपालले भने यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतसँग संवाद अघि बढाए। विश्वासको सम्बन्ध स्थापित गरे। उनले आगामी सत्ता गठबन्धनका लागि सहयोगी बन्ने सुनिश्चितता दिलाए नै, आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफू पक्षका उम्मेदवार उठाउने वातावरण बनाए। कांग्रेस, माओवादी केन्द्र, जसपा तथा एमालेको माधव नेपाल पक्षको साझा उम्मेदवारको रूपमा खिमलाल देवकोटालाई तय गरिएको छ।

विभाजित नै भएर ठूलो क्षति व्यहोरिसकेपछि कालान्तरमा मिल्नैपर्ने अवस्थामा पुगिने कुरामा एमालेका दुवै पक्ष विश्वास राख्छन्।

सत्तासीन पार्टी भएको, प्रदेश सभा र स्थानीय तहमा पनि बहुमत भएको स्थितिमा पनि राष्ट्रिय सभा निर्वाचनमा ‘सहिद’ हुन को अघि सर्ने? कसलाई अघि सार्ने? त्यहाँ हार्दा जाने सन्देश कस्तो हुने? यसबारे ओलीले विचार गरेको देखिन्छ। ओलीलाई लागेको हुनसक्छ- अलिकति लचक भएर आफूलाई विश्वासको मत दिलाउन र राष्ट्रिय सभामा निर्वाचनमा आफ्नो उम्मेदवारले जित्ने परिस्थिति बनाउन सकिन्छ भने किन प्रयास नगर्ने? यही दोधारबीच उनले रामबहादुर थापा ‘बादल’लाई नै राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएका छन्।

‘मिल्नु त छँदैछ’
एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरूले अहिले एकताका लागि प्रयास गरिरहेका छन्। उनीहरू निरन्तर संवादमा छन्। विभाजित भएर अघि बढ्दा दुवै पक्षलाई नोक्सान हुने उनीहरूको बुझाइ छ। त्यसैले परिस्थिति बिगार्ने खालका निर्णय नलिन ओलीलाई उनी पक्षका नेताहरूले नै आग्रह गरिरहेका छन्। त्यसैले यसअघिकै बैठकबाट स्पष्टीकरण सोधिएकामध्ये केहीलाई कारबाही गर्ने अन्तिम तयारीबाट ओली फर्किएका थिए।

अर्कोतिर, माधव नेपाल पक्षको बुझाइ पनि त्यस्तै छ। विभाजित भएर जाँदा त्यसले निम्त्याउने परिस्थिति जस्तोसुकै हुनसक्छ। एमालेभित्रै संघर्ष गरियो भने केही समयपछि त्यहाँभित्रको परिस्थिति फेरिएर आफू अनुकूल बन्न सक्छ। नबने पनि राजनीतिक रूपमा ठूलो क्षति व्यहोर्नुपर्दैन।

दुवै पक्ष अहिले नै केही क्षति व्यहोरिसकेपछि मिल्ने परिस्थिति बन्ने वा विभाजित नै भएर ठूलो क्षति व्यहोरिसकेपछि कालान्तरमा मिल्नैपर्ने अवस्थामा पुगिने कुरामा विश्वास राख्छन्। त्यो विश्वास खासगरी दोस्रो पुस्ताका नेताहरूको हो। जसले गर्दा उनीहरूले ओलीलाई थप आक्रामकता नदेखाउन सचेत गराउन थालेका छन्। त्यसको प्रभाव पनि कुनै न कुनै किसिमले ओलीमा परेको हुनसक्छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १३:५९
  • #केपी_ओली
  • #नेकपा_एमाले
  • #माधव_कुमार_नेपाल
  • #एमाले_विवाद
  • #ओली_नेपाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या
सम्बन्धित सामग्री
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत... शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् । शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे निर्णय लिने नेताहरूको भनाइ छ । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्