कैलाली- कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितलाई शय्या अभाव भएको छ।
एकातिर पर्याप्त मात्रामा अक्सिजन छैन भने अर्कोतिर संक्रमितलाई बेड समेत अभाव भएको छ।
बेड नहुँदा संक्रमितलाई अस्पतालको बाहिरपट्टी भूइँमा राखेर उपचार भइरहेको छ।
अक्सिजनको अभाव समेत हुँदा सुदूरपश्चिमका अस्पतालहरूमा उपचार गराइरहेका कोरोना संक्रमित र अन्य बिरामीहरूको ज्यान जोखिममा परेको छ।
बिहीबार राति हावाहुरीपछि बन्द भएको धनगढीस्थित मालिका अक्सिजन उद्योग बिहान संचालनमा आएपनि यहाँको मागलाई धान्न सक्ने अवस्थामा छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।