• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'सुन तस्करीमा नेताहरुको संलग्नताको पनि सूचना छ'

64x64
नेपाल लाइभ मंगलबार, जेठ ८, २०७५  १३:०१
1140x725

डेढ महिनायता देशमा सुन तस्करीको विषय निकै चर्चामा छ। एक समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर ५ वर्षदेखि सयौं किलो सुन तस्करी गरेको खुलेर वरिष्ठ प्रहरी अधिकारीहरु समेत पक्राउ परेपछि यसको चर्चा सर्वत्र फैलिएको हो।

गत माघ ९ गते तस्कर समूहले विमानस्थलबाट भित्र्याएको साढे ३३ किलो सुन हराएपछि लुटेको आशंकामा तस्करी गिरोहमा आबद्ध मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भयो। महानगरीय अपराध महाशाखाले शाक्यको शव बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा बुझायो। तर, हत्याका योजनाकारलाई महाशाखाले उन्मुक्ति दिनेगरी अनुसन्धान गरेको भन्दै गृह मन्त्रालयले सह–सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान समिति गठन गर्‍यो।

समितिले तस्करी प्रकरणका एकपछि अर्को पाटो बाहिर ल्याइरहेको छ। जसका क्रममा शाक्य हत्या र सुन तस्करी प्रकरणका मुख्य पात्र ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई मंगलबार समितिले पक्राउ गरी सार्वजनिक गर्‍यो। उनी पक्राउ परेसँगै तस्करी प्रकरणका थप रहस्यहरु खुल्ने संयोजक पौडेल बताउँछन्। 

अनुसन्धान समितिका संयोजकका रुपमा पहिलो अन्तर्वार्ता नेपाल लाइभलाई दिँदै उनी आफूहरुले पूर्णरुपमा निष्पक्ष छानबिन गरिरहेको र यसमा नेताहरुको समेत संलग्नता देखिए उनीहरुलाई पनि नछाडिने बताउँछन्। पौडेलसँग नेपाल लाइभका नवराज मैनालीले गरेको कुराकानीः

आज पत्रकार सम्मेलनमा सुन तस्करीको अनुसन्धान जेरी जस्तै जेलिएको बताउनुभयो। २/४ जना प्रहरी, एयरलाइन्सका केही कर्मचारी र तस्कर मात्र मिलेर त्यस्तो बलियो जालो बनाउन सफल भए होलान् र? 
अहिलेसम्ममा सुन तस्करी प्रकरणमा करिब ७० जनाको संलग्नता खुलिसकेको छ। प्रहरीको भाषामा भन्दा यसमा ठूलो र्‍याकेट देखिन्छ, त्यसलाई हामीले पहिचान गर्न सफल भएका छौं। 

अहिले देखिएको जालो भएको एउटा दुबईको हो। एउटा समूह दुबईमा र अर्को समूह काठमाडौंमा बसेर हुन्डीको धन्दा चलाउँछन्। त्यस्तै, एउटा समूहले नेपालमा सुन मगाउँछ भने अर्कोले दुबईबाट पठाउँछ। यसरी सुन र हुन्डीको ४ तहको र्‍याकेट देखिन्छ। यो सञ्जाललाई सञ्चालन गर्न आ–आफ्नो ठाउँबाट सहज बनाइदिने समूह पनि छन्। राज्यका अधिकारप्राप्त व्यक्तिहरु भएर पनि त्यसलाई संरक्षण गर्ने वा अनुचित हिसाबले लाभ लिने हिसाबले पनि कतिपय यो प्रकरणमा जोडिएका छन्।

हामीले अहिलेसम्म ४ तहको र्‍याकेट फेला पारिसकेका छौं। थप र्‍याकेट खुल्दै जालान्। अझ र्‍याकेटभन्दा माथि ‘ज्याकेट’ भन्नुस् न! त्यो छ भने पनि वस्तुगत र तथ्यगत भएर हामी आग्रह, पूर्वाग्रह नराखीकन अनुसन्धान गरी कारबाही गर्छौं। अनुमानको भरमा कसैलाई ल्याएर झ्याप्पै ठोकिहाल्ने भन्ने मानसिकता हामीले कहिल्यै पनि बनाउनु हुँदैन। तर, सूक्ष्म ढंगले केलाउँदै जाँदा तथ्यहरु भेटिए र प्रमाणहरु आए भने तपाईंले संकेत गरे जस्तो चाहे जोसुकै होस्, हामी त्यहाँसम्म पुग्छौं नै। 

अहिलेसम्मको अनुसन्धानमा यो तस्करीमा राजनीतिक तहको संलग्नता नभेटिएकै हो? 

Ncell 2
Ncell 2
nimb
nimb

अनुमानकै भरमा राजनीतिक संलग्नता छ भनेर भन्न सक्दैनौं। राजनीतिक संलग्नताको प्रमाण भेटियो भने हामी छाड्दैनौं। 

जसरी प्रहरीका अधिकारीहरुलाई हामीले मुद्दा लगेका छौं, केही देखिएरै उहाँहरुलाई लगिएको हो नि। लेजरमा लेनदेनका कुरा देखिए, फोनमा नियमित सम्पर्क देखियो। त्यसपछि उहाँहरु त्यहीँ कार्यरत रहेको अवधि पनि मिलान हुन्छ। उहाँहरु जुन अवधिमा एयरपोर्टमा कार्यरत हुनुहुन्थ्यो, त्यही बेलामा यो सबै तस्करी भइरहेको थियो। ३/४ प्रमाण भेटिएरै उहाँहरुलाई समाइएको हो। अनुमानको भरमा फलानो राजनीतिक पार्टीको फलानो नेता जेडिनुभएको छ भनियो भने त भोलि अदालतले छाडिहाल्छ। त्यसो त गर्नै भएन नि!

राजनीतिक संलग्नता भए/नभएको केही संकेत त पाइसक्नुभएको होला नि?

सूचनाहरु त आएका छन्, ती सूचना र संकेतको भरमा कति अगाडि बढ्न सकिन्छ भन्ने हो। यो भन्दै गर्दा हामी त्यहाँसम्म पुग्न सक्दैनौं, पुग्न खोज्दैनौं भन्ने होइन।   

Xtrem

Xtrem

छानबिनका क्रममा दबाव र प्रभाव कत्तिको झेलिरहनुभएको छ?

हामीलाई कतैबाट पनि दबाब र प्रभाव छैन। काम गर्नका लागि हौसला मिल्दो वातावरणमा काम गर्न पाएका छौं, त्यो अनुसारको म्यान्डेट पनि पाएका छौं। कसैको दबाब र प्रभाव पटक्कै छैन। 

डेढ महिनापछि ‘गोरे’ पक्राउ परेका छन्, उनले सुन तस्करी गरेको स्वीकार गरे?

उनले स्विकारेका छन्। उनीबाट थप तथ्य खुल्ने हाम्रो अपेक्षा छ। 

सुन तस्करीमा उनको भूमिका कस्तो देखिन्छ? 

उनको लगानी पनि देखिन्छ। तस्करीको मेनेजर त हो नै, तस्करी र्‍याकेटको मुख्य पात्र पनि हो। 

५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी भइरहेको रहेछ, ४/५ जना मात्र प्रहरीको सहयोगमा त्यो सम्भव भयो होला र? 

यसमा पनि राजनीतिक संलग्नताको कुरा जस्तै विषय आउँछ। अरु पनि संलग्न छन् भने त प्रमाण भेटिनुपर्‍यो। कि अरुको संलग्नताबारे कसैले बोल्नुपर्‍यो, कि पोल्नुपर्‍यो, कि खोल्नुपर्‍यो। ‘विमानस्थलमा ३ सय जना कर्मचारी कार्यरत छन्, यी ३/४ जना मात्र किन’ भन्ने प्रश्न जसरी बाहिरबाट आइरहेको छ, उहाँहरुले के बुझ्नुपर्छ भने सबै कुरा प्रमाणले निर्धारण गर्ने हो। प्रमाणले जोड्दा उहाँहरु पर्नुभयो, प्रमाण नभेटिएकाहरु छुटेका हुनसक्छन्। यसबाट थप पुष्टि के हुन्छ भने हामी पूर्वाग्राही छैंनौं। पूर्वाग्रही भए त सबैलाई समाइहाल्थ्यौं नि! 

अर्काे कुरा, प्रहरीप्रतिको हाम्रो सम्मान सदैव छ र रहिरहनेछ। प्रहरीको बर्दीमा दाग लगाउनेहरु, कर्तव्यबाट विचलित भएर कानुनको पालना गर्नुपर्नेमा अपराधीहरुसँग जोडिन जानेहरु त संगठनका लागि पनि घातक व्यक्ति हुन्। हाम्रो अनुसन्धान तिनीहरु विरुद्ध लक्षित हो, प्रहरी विरुद्ध होइन। हामी प्रहरीको बर्दीको सम्मान गर्छौं। प्रहरीमा लागेको दाग त मेटाउनुपर्‍यो नि! प्रहरीको बर्दी आफैंमा ठीक छ, दाग मात्र मेटाउनुपर्ने हो। मेरो अनुसन्धान टिममै प्रहरीहरु हुनुहुन्छ। महिनौंदेखि प्रहरीहरु मेरो साथमा हुनुहुन्छ। उहाँहरुले निर्वाह गर्नुभएको भूमिका के मेरोभन्दा कम छ त? छैन नि।

विमानस्थलमा काम ‘कम्प्लेक्स जब’ हो। विमानस्थलमा राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्ने प्रहरीहरु पनि त हुनुहुन्छ नि। त्यहीँभित्र धमिराहरु पनि छन्। धमिराहरुलाई हामीले निकाल्न खोजेका हौं। 

गोरे समूहले मात्र करिब ३८ सय किलो सुन तस्करी गरी ल्याएको तपाईँहरुले दाबी गर्नुभएको छ, त्यो सुन कहाँ गएको देखिन्छ? 

त्योमध्ये केही आन्तरिक बजारमा खपत हुन्छ र बाँकी भारतसम्म पुग्छ भनिएको छ। केही बयानबाट त्यो देखिएको छ। यो पाटोमा थप अनुसन्धान जारी नै छ। 

केही प्रहरीले सुन तस्करहरुलाई सहयोग गरेको प्रमाण भेटियो, उनीहरु पक्राउ पनि परे। तर, सनम शाक्य हत्याको अनुसन्धानमा लापरवाही गरेको भन्दै केही प्रहरीलाई प्रतिवादी बनाइएको छ, त्यो चाहिँ उनीहरुमाथि अलि अन्याय भयो कि भन्ने खालका टिप्पणीहरु पनि आइरहेका छन् नि? 

त्यो कुरा आएको छ। तर, त्यो पाटो चाहिँ अदालतले पनि के हो भन्ने ठहर गर्ला। यो अदालतमा विचाराधीन पनि भइसकेको विषय भयो। 

अर्काेतर्फ, उहाँहरुले अपरेसन त गर्नुभयो, नतिजा के आयो भन्ने कुरा गम्भीर विषय हो। क्षेत्राधिकारदेखि मोडल अपेरान्डी (अनुसन्धान शैली) सम्मका कुरामा प्रश्न उठेका छन्। उहाँहरुले जुन कार्यविधि अपनाएर अनुसन्धान गर्नुभयो, त्यसका विभिन्न आधारको विश्लेषण गरेर मात्र हामीले त्यो निर्णय लिएका छौं। 

अर्काे कुरा, महानगरीय अपराध महाशाखाको विषयमा चाहिँ मोरङको सरकारी वकिल, जो अभियोजनकर्ता हुनुहुन्छ, उहाँहरुले यसको विश्लेषण गरेर अभियोजन गर्ने/नगर्ने भन्ने विषयमा निर्णय गर्नुभएको हो। जिल्ला प्रहरी कार्यालयको अनुसन्धान अधिकृत र अभियोजनकर्ता मोरङको सरकारी वकिल हुनुहुन्छ, उहाँहरुले के आधारहरु लिएर अभियोजनमा जानुभयो, त्यसको हामी सम्मान गर्छौं। 

सर्वसाधारणले प्रश्न गर्न थालेका छन्- गोरे त भेटिए, साढे ३३ किलो सुन चाहिँ कहिले भेटिन्छ? 

सुन पनि छिटै भेटिनेछ। जेठ मसान्तसम्म हाम्रो म्याद छ। यो अवधिभित्र थप धेरै कुरा खुल्नेछन्। 

५ वर्षसम्म एउटा समूहले विमानस्थल ‘कब्जा’ गरेर अर्बौंको सुन तस्करी गरिरहेको रहेछ, यसबाट हाम्रो राज्य संयन्त्र निकम्मा जस्तो लागेन?

मुलुकमा शासन र सुव्यवस्था कमजोर भएको अवस्थामा यस्ता प्रवृत्ति मौलाउँदा रहेछन्। यसबाट मैले सिकेको के हो भनेदेखि हामीसँग भएका संस्थागत संरचनाहरु र कानुनहरु यथेष्ट छन् र त्यसको कार्यान्वयनको पाटो फितलो छ।

त्यो फितलो पाटोलाई टेकेर अनुचित लाभ लिने प्रवृत्ति छ, त्यस विरुद्ध निर्मम प्रहार हुनुपर्छ। त्यो प्रहार चाहिँ अहिलेको सुन तस्करीको अनुसन्धानले त्यसको जग पक्कै पनि तयार पार्छ। यसले मुलुकले लिएको सुशासनको बाटोमा हामी अगाडि बढ्न सहयोग गर्ला।

अनुसन्धानका क्रममा तपाईँलाई अनौठो र रोचक लागेका केही विषय छन्?

अनौठो लागेको विषय के भने, इमान्दार भएर प्रयास गर्यो  भने प्रहरी भन्नुस्, प्रशासन भन्नुस्, हाम्रा राज्यका अन्य संरचनाहरु भन्नुस्, सबै सक्षम छन्, हामी जत्रोसुकै मिसनहरु पनि पूरा गर्न सक्छौं। हामीले आफ्नो क्षमता पनि चिन्ने मौका पाएका छौं। एउटा महत्वपूर्ण विषय त्यो हो।

अर्काे चाहिँ, नेपालमा सुन तस्करहरुले कसरी थाई एयरलाइन्सलाई माध्यम बनाएर सुन तस्करी गरे भन्ने अनौठो छ। थाई एयरलाइन्सलाई भर्‍याङ बनाएर अद्भूत तरिकाले सुन तस्करी गरिएको थियो। तस्करी गर्नेहरु सबै नेपाली दाजुभाइहरु हुन्, थाई एयरलाइन्सका कोही पनि विदेशी कर्मचारीहरु संलग्न छैनन्।

थाई एयरलाइन्सको कर्मचारी सानु वन गाडीले किचेर मरे, पिएल चौधरीले आत्महत्या गरे। थाई एयरको जुन इञ्जिनियरिङ टिम छ, उनीहरुको कामबारे थाई एयरलाइन्सको टिमलाई केही पत्तै छैन। उनीहरुले थाईलाई सजिलै तस्करीको माध्यम बनाएका छन्, त्यो चाहिँ मलाई अद्भूत लाग्यो। एयरलाइन्सको शौचालयबाट भर्‍‍याङमा सुन छिराउने बुद्धि, त्यो भर्‍याङलाई मेकानिकलसम्म लिएर आउने, भर्‍याङलाई समेत मोडिफिकेसन गर्ने। यो हेर्दा यिनीहरुसँग अद्भूत क्षमता छ। त्यो क्षमता यस्ता कर्तुतहरुमा प्रयोग गरे। राम्रो कामका लागि त्यो बुद्धि लगाएको भए कस्तो आउँथ्यो होला नतिजा? खुराफात बुद्धि बडो गजबको प्रयोग गरेका छन्। यसको पनि हामीसँग भिडियो र प्रमाणहरु छन्।

अनुसन्धान गर्ने क्रममा यो घटनाबाट कतै नेपालमा थाई एयरलाइन्सले आफ्नो उडान नै बन्द गर्ने त होइन भन्नेतर्फ पनि हामी सजग भयौं। थाईको सिनियर टिमसँग हामी २/३ पटक बस्यौं पनि। एयरलाइन्सको माथिल्लो तहको संलग्नता छैन, यसमा नेपाली कामदारहरु मात्र संलग्न छन् भनेर प्रस्ट पार्‍यो।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
अटोमोबाइल उद्योगका अनुभवी मेघराज पौडेललाई एफएनसीसीआईको यातायात समितिमा जिम्मेवारी महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान... बुधबार, असोज ७, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका त्यसपछि सामानको पछाडि टाँसिएको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी 'सामसङ स्पेस १४ अंकको सिरियल नम्बर' लेखेर ३७२७३ मा एस... मंगलबार, असोज ६, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना भाटभटेनीले सामाजिक सञ्जालमा लेखेको छ, ‘भाटभटेनी परिवारमा मिरुना मगरलाई हार्दिक स्वागत गर्दछौं ।’ आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्