काठमाडाैं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कोरोना संक्रमण वृद्धिदर उच्चतम रहेको बेला सार्वजनिक सभा गरिएको भन्दै नेपाल विद्यार्थी संघसँग रुष्ट बनेका छन्।
संक्रमण बढिरहेको बेला सभा गरेकोप्रति उनले संघका नेतासँग आक्रोश व्यक्त गरेका हुन्। नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसमा सोमबार आयोजित कार्यक्रममा देउवाले भने,‘कार्यक्रम नगर भनेकै हो। यसरी नजिक-नजिक बसेका छन्।’
संघले वाल्मिकी क्याम्पसमा सभा आयोजना गरेको थियो। संघका नेताले आफ्नो निर्देशन नमानी सभा आयोजना गर्न लागेपछि आफूले पनि स्वीकार्न बाध्य भएको बताए।
कोरोना संक्रमणको समय भएकाले स्वास्थ्य सुरक्षा अपनाउन उनले आग्रह गरे। गत वर्ष पनि देउवाले नेविसंघले गरेको कार्यक्रममा स्वास्थ्य सुरक्षा नअपनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।