• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन २४, २०८२ Sun, Mar 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

इतिहास बन्यो हेलिकोप्टरबाट काठमाडौं ढुवानी हुने सतबाँझको स्याउ

विनोदसिंह विष्ट/रासस सोमबार, वैशाख ६, २०७८  १७:०९
1140x725

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका—१ मुस्याचौरका ६२ वर्षीय जयसिंह टेरलाई दशरथचन्द राजमार्गमा छेउमै रहेको सतबाँझको डाँडामा लटरम्म स्याउ फलेको दृष्य सम्झिँदा अहिले इतिहास जस्तै लाग्छ। 

स्याउका लागि प्रसिद्ध मानिने बैतडीको सतबाँझको लेकमा पछिल्लो दुई दशकयता भने स्याउ फल्न छोडेको छ। 'माथि डाँडामा रहेका स्याउका रुखबाट फलेर सडकमा खसिराख्थे उनले भने, 'सडकमा टन्न खसिराख्थे, पेटभरि खान्थ्यौँ अनि स्याउमै खेलेर रमाउथ्यौँ, अब ती दिन इतिहास भएको छ, आजभोली यहाँ चाख्नलाई पनि स्याउ पाइँदैन।' 

सतबाँझ क्षेत्र स्याउका लागि सुदूरपश्चिमकै प्रसिद्ध मानिन्थ्यो। टेरले भने, 'एकै रुखमा एक क्विन्टलभन्दा बढी स्याउ फल्थ्यो, प्रतिकिलोको रु चार/पाँचमा बेचिन्थ्यो, तर अब ती दिनको सम्झाना मात्र भयो, सतबाँझको स्याउ त इतिहास नै बन्यो।' 

जयसिंह जस्तै गुरुखोलाका ५६ वर्षीय देवदत्त भट्टलाई पनि सतबाँझको स्याउको अहिले पनि सम्झना भइरहन्छ। 'त्यो बेलाको जस्तो स्वादिलो स्याउ अहिले बजारमा कतै देखिँदैन, भट्टले भने, 'अब कल्पना मात्रै गर्न सकिन्छ।'

त्यो समयमा भर्खर सतबाँझ क्षेत्रमा खनिएको सडकमा चार पाङ्ग्रे गाडी चल्ने अवस्था नहुँदा यहाँ उत्पादन भएको स्याउ हेलिकोप्टरमार्फत अन्यत्र ढुवानी हुने गरेको भट्टको भनाइ छ। उनले भने, 'भर्खर सडक पुगेको थियो, यातायात सञ्चालन हुँदैनथ्यो, काठमाडौँ, धनगढी हेलिकोप्टरमार्फत् स्याउ ढुवानी गर्ने गरिन्थ्यो।'


अगुवा कृषकसमेत रहेका उनले भने, 'कुनै कुनै दाना आधा केजीसम्म फल्थे, गाल्डेन जातको स्याउ राम्रो फल्थ्यो।' विद्यालय आउँदा जाँदा निर्माण हुँदै गरेको सडकमा खसेका स्याउका दाना टिपेर खाएको अनुभव स्थानीय रामबहादुर टेर सुनाउँछन्। उनले भने, 'लटरम्म फलिरहने स्याउ खसेर सडकसम्म पुग्थ्यो, पेटभर खान्थ्यौँ, अनि झोलाभरि घर लग्थ्यौँ।' 

तत्कालीन राजा महेन्द्रको पहलमा विसं २०१९ मा सतबाँझमा वागवानी विकास केन्द्रको स्थापना गरिएको थियो। त्यसपछि तत्कालीन राजा वीरेन्द्रले पनि सतबाँझ क्षेत्रलाई प्राथमिकतामा राख्दै विसं २०३६ मा यस क्षेत्रको भ्रमण पनि गरेका थिए। सोही बेलादेखि यस केन्द्रमा हेलिकोप्टर बस्नका लागि सहज होस् भनेर हेलिप्याडसमेत बनाइएको थियो।  

स्याउ फल्न छोडेपछि हाल सुख्खा फलफूल विकास केन्द्र भनेर यस क्षेत्रको नामकरण गरिएको छ। यहाँको २९ हेक्टर क्षेत्रफलको जग्गालाई सुख्खा फलफूल क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ।  

Ncell 2
Ncell 2

वर्षेनी भइरहेको जलवायु परिवर्तनले पारेको असरसँगै र यो क्षेत्रको संरक्षण हुन नसक्दा स्याउ फल्न छोडेको जानकारहरुको भनाइ छ। जलवायु परिवर्तनको असरका कारण स्याउ फल्न छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्का बताउँछन्। 

'जलवायु परिवर्तनले हिँउ पर्न छोडेको छ, चिसोको तापक्रम पुग्दैन् उनले भने, 'स्याउ फल्नका लागि निरन्तर एक हजार ६०० घण्टासम्म सात डिग्री सेल्सियभन्दा कम तापक्रम चाहिन्छ।' उनले भने, 'माओवादी द्वन्द्वका बेला कार्यालयमा नै आगजनी भयो, कार्यालय सारेर सदरमुकाम बस्नुपर्‍यो, २०५२ सालदेखि २०६२ सालसम्म कोही बसेनौँ, बगैँचाको हेरचाह भएन, रोगकिरा लाग्यो, द्वन्द्वकालमा कार्यालय सरेपछि स्याउका बोटको संरक्षण हुन सकेन, सबै नष्ट हुँदै गए।' 

त्यो समयमा सतबाँझमा रहेको स्याउ फार्ममा ७८ जातका स्याउ फल्ने गरेका थिए। तर स्याउको पुरानो बगैँचा सकिँदा अहिले स्याउ फल्न छाडेको स्थानीय बताउँछन्। हाल स्याउका अन्ना भेरिड, गोल्डेन डेलिसियस, रेड डेलिसियस, रोयल डेलिसियस, जुनाथन, मेनकन्टस, फुजी, गाला, होलीक्रिक्स, रेड ग्राभिप्टिन, क्रिस्पिन, काट्जा, रेडजोन, पिपिनलगायतका जातका स्याउका बिरुवा रोपिएकोमा यी बिरुवाले एक दुई वर्षमा फल दिने विश्वास गरिएको छ। स्याउको यो जात हिउँ नपरे पनि र सामान्य चिसो मौसममा पनि फल्ने जनाइएको छ। पुराना रुख सुक्दै गएपछि हाल स्याउको नयाँ बगैँचा निर्माणको काम भइरहेको केन्द्रले जनाएका छ। 

परीक्षणका लागि नयाँ बिरुवा रोपिएको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बर भाट बताउँछन्। उनले भने, 'हाल विभिन्न फलफूलका ५०० जति बिरुवा रोपेका छौँ, परीक्षणका लागि रोपेका हौँ, राम्रो फल्यो भने अझै रोप्छौँ।' 

स्याउको विकल्प खोजी 

कुनै समय लटरम्म स्याउ फल्ने सतबाँझको फार्ममा अहिले पुरानो स्याउको बोट एउटा पनि छैन। स्याउ उत्पादनका लागि चिनिएको यो फार्ममा स्याउ फल्न छोडेपछि अहिले विभिन्न प्रजातिका फलफूलको खेती विस्तार गर्न थालिएको छ। 

वागवानी विकास केन्द्रबाट सुख्खा फलफूल विकास केन्द्र नाम राखेर काम थालिएपछि हाल स्याउको विकल्पको खोजीसमेत शुरु गरिएको हो। स्याउ फल्न छोडेपछि उत्पादन केन्द्रले स्याउको विकल्पमा सुख्खा फलफूलका बिरुवा लगाएको छ। केन्द्रले हाल स्याउको विकल्पमा ओखर नासपाति किबी, जैतुन, खुर्पानी, आरु, आरुबखाडा, सुन्तला, अमिलो, कागती अनारलगायतका बिरुवा उत्पादनसमेत गरिरहेको छ। 

यीमध्ये पनि खास गरेर ओखरका बिरुवा उत्पादनमा जोड दिइएको प्राविधिक सहायक खड्काले बताए। हाल केन्द्रमा २६ वटा नयाँ निजी नर्सरी दर्ता भएको जानकारी दिँदै उनले भने, 'निजी नर्सरीबाट पाँच लाख बिरुवा उत्पादन भएका छन्, केन्द्रले भने ५४ हजार बिरुवा उत्पादन गरेको छ, जसमा तीन लाख ७३ हजार मात्रै ओखरका बिरुवा छन्।' 

केन्द्रले निजी नर्सरी स्थापना गरेका किसानलाई बगैँचा स्थापना, बिरुवा उत्पादनसम्बन्धी सीपमूलक तालीम पनि दिने गरेको छ। बिरुवा उत्पादनमा नमूनाका रुपमा चिनिन थालेको यो केन्द्रमा उत्पादित बिरुवा देशका विभिन्न स्थानमा निर्यात हुने गरेका छन्। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै देशका पूर्वी जिल्ला र काठमाडौँमा समेत यो केन्द्रमा उत्पादित बिरुवाको निर्यात हुने गरेको छ।  

'स्थानीय तहले अनुदानमा किसानलाई वितरण गर्नका लागिसमेत यहाँबाट बिरुवा लैजाने गरेका छन्', केन्द्रका प्रमुख भाटले भने, 'किसानलाई फलफूलखेतीतर्फ आकर्षित गराउँदै आत्मनिर्भर बताउन स्थानीय तहले योजना बनाउन थालेको पाइएको छ।' 

केन्द्रले बिरुवा बेचेर प्रत्येक वर्ष राजश्व सङ्कलन वृद्धि भएको जनाएको छ। गत वर्ष विरुवा बिक्री हुँदा रु २३ लाख राजश्व सङ्कलन भएको थियो। केन्द्रले यो वर्ष फलफूलका बिरुवा बिक्री गरेर रु ३० लाख राजश्व सङ्कलन गरेको छ। केन्द्रका प्रमुख भाटले भने, '५४ हजार विरुवा बिक्री गरेर रु ३० लाख राजश्व सङ्कलन गरेका छौँ', केन्द्रले सुख्खा फलफूलका बिरुवा उत्पादनमा जोड दिइरहेको भए पनि सिँचाइ सुविधा नहुँदा समस्या हुने गरेको छ।’’ 

सिँचाइ सुविधा जुटाउन केन्द्र परिसरमा १२ वटा पानी पोखरी निर्माण गरेर आकासे पानी जम्मा गर्ने गरिएको छ। पोखरीमा जम्मा हुने पानीले बोट बिरुवा सिँचाइ गर्ने गरिएको छ।

सिचाँइको भरपर्दो व्यवस्था गर्न माथिल्लो निकायलाई जानकारी गराएपछि हाल डीप बोरिङमार्फत् पानी निकाल्ने काम भइरहेको छ। यसका लागि रु १७ लाखमा बोलपत्र भइसकेको जनाइएको छ। 

केन्द्रको सीपले किसान आत्मनिर्भर बन्दै  

सुख्खा फलफूल विकास केन्द्रले दिइरहेको सीपमूलक तालीमबाट किसानलाई आत्मनिर्भरतर्फ लैजान सहज भएको छ। केन्द्रले समय समयमा सीपमूलक तालीम प्रदान गर्नुका साथै निःशुल्करुपमा बिरुवासमेत उपलब्ध गराउने गरेको छ।  

केन्द्रबाट पाइएको सीपमूलक तालीमबाट नै आफू आत्मनिर्भर बन्न सफल भएको जेएम बहुउद्देश्यीय निजी नर्सरी तथा कृषि फार्मका सञ्चालक रामबहादुर टेर बताउँछन्। 

उनले भने, 'सीपमूलक तालिम र निःशुल्क रुपमा विरुवा प्राप्त भइरहँदा आत्मनिर्भर बन्न सजिलो भएको छ।' केन्द्रले दिएको सीपमूलक तालीमले विरुवा उत्पादन गर्न सहयोग पुगेको मात्र नभई अहिले निजी नर्सरीमा बिरुवा उत्पादन गरेर वार्षिक रु १० लाखसम्म आम्दानी हुँदा आफूलाई आत्मनिर्भर बन्न सहज भएको उनी बताउँछन्। 

सीप पाएपछि गुरुखोला गाउँका देशदत्त भट्टलाई निजी नर्सरी स्थापना गरेर सफल नर्सरी किसानको पहिचान बनाउनु भएको छ। 'शुरुमा केन्द्रले हामीलाई विभिन्न सीप सिकायो, अहिले हामी आफैंले नर्सरीबाट विरुवा उत्पादन गरेर बिक्री गरिरहेका छौँ', उनले भने, 'निजी नर्सरी आम्दानीको स्रोत बन्दै गएको छ, आत्मनिर्भर हुन सफल भयौँ, हाल सीप हस्तान्तरणसमेत गरिरहेका छौँ।' 

स्याउ नर्सरीमा जैतुनखेतीसमेत विस्तार गरिने भएको छ। किसानलाई जीविकोपार्जन हुने खालका बिरुवाको नर्सरी बनाएर वितरण गर्ने गरिएको छ। जैतुन तेल उत्पादनका लागि निकै प्रसिद्ध वनस्पति भएको र मूल्य पनि राम्रो रहेकाले त्यसको खेती गर्ने तयारी भएको हो। जैतुनको तेल बहुऔषधिका रूपमा समेत प्रयोग गरिन्छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, ग... शुक्रबार, फागुन ८, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, ग... बिहीबार, फागुन ७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, ग... बुधबार, फागुन ६, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकपको उपाधिका लागि आज भारत र न्युजिल्यान्ड भिड्दै आइतबार, फागुन २४, २०८२
सिराहा-१ मा रास्वपाका बब्लु गुप्ता विजयी आइतबार, फागुन २४, २०८२
श्रम संस्कृति पार्टीले पनि खोल्यो खाता, खोटाङमा आरेन राई विजयी आइतबार, फागुन २४, २०८२
पूर्वसभामुख घिमिरेलाई हराउँदै पूर्वउपसभामुख रानामगर निर्वाचित आइतबार, फागुन २४, २०८२
रौतहट– २ मा कांग्रेसका फिरदोस आलम ११ हजार मतान्तरले विजयी आइतबार, फागुन २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक शनिबार, फागुन २३, २०८२
अमरेशसँग पराजित भए गगन आइतबार, फागुन २४, २०८२
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित आइतबार, फागुन २४, २०८२
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा शनिबार, फागुन २३, २०८२
सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्