काठमाडाैं- नेपाली कांग्रेसको आइतबार बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको हो। बैठक सोमबार दिउँसो ४ बजे बस्ने गरी स्थगित गरिएको हो।
महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो। भदौमा १४औं महाधिवेशन तोकिएपनि कार्यतालिका अनुसार कार्य हुन सकेको छैन।
क्रियाशील सदस्यता वितरण/नवीकरण तथा समायोजन तोकिएको समयमा हुन सकेको छैन। कार्यतालिका प्रभावित भएसँगै क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो कार्य सुरु गर्न पाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।