• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १८, २०८२ Thu, Dec 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नयाँ वर्षमा घुम्ने ७ प्रदेशका ९ गन्तव्य

64x64
नेपाल लाइभ बुधबार, वैशाख १, २०७८  ०७:०७
1140x725

काठमाडाैं- गत वर्षदेखि शुरू भएको कोरोना महामारीको सन्त्रास बढ्दै र घट्दै फेरि बढ्न थालेको छ। महामारीको सबभन्दा मारमा परेको छ, पर्यटन क्षेत्र। किनभने घुमघाम अवरुद्ध छ। एकातिर कोरोनाको त्रास, अर्कोतर्फ यसबाट सिर्जित आर्थिक समस्या। तर, महामारीबीच पनि जीवन त चल्छ नै। त्यसैगरी, विस्तारै घुमघाम पनि बढ्दो छ।

महामारीकै बीच पनि स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर घुमघामलाई निरन्तरता दिन सकिन्छ। नयाँ वर्ष शुरु भएको छ। घुमघामका पारखीले यहीबेला आफ्नो शोख पूरा गर्ने प्रयास गर्छन् पनि। यो न धेरै गर्मी, न धेरै जाडो, न पानी पर्ने, घुम्नका लागि उपयुक्त मौसम पनि हो। यही कुरालाई ध्यानमा राखेर हामीले सात प्रदेशका ९ वटा गन्तव्य सिफारिस गरेका छौं। आन्तरिक पर्यटकले रुचाएका, लामो र छोटो दुवैखाले गन्तव्य यसमा समेटिएका छन्। 

१. सगरमाथा क्षेत्र
नेपाल घुम्न आउने विदेशी पर्यटकको प्रमुख रोजाइमध्येको एक हो- सगरमाथा क्षेत्रको पदयात्रा। तर, पछिल्लो समय यो क्षेत्र आन्तरिक पर्यटकको पनि रोजाइमा परेको छ। पदयात्रा रुचाउनेका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्मको यात्रा रोमाञ्चक हुन्छ नै। यो हिमाली क्षेत्रको उत्कृष्ट अनुभवसमेत हुने लुक्लाका पर्यटन व्यवसायी आङ्टासी शेर्पा बताउँछन्। 

सगरमाथा क्षेत्रमा विभिन्न पदमार्ग छन्। तर, आँखै अगाडि संसारकै अग्लो शिखर हेर्नका लागि कालापत्थर सर्वाधिक उपयुक्त स्थान हो। समुद्री सतहबाट ५ हजार ५५५ मिटर उचाइमा रहेको यो ठाउँबाट सगरमाथासँगै अन्य हिमाललाई ३६० डिग्रीमा हेर्न सकिन्छ।

कसरी पुग्ने ?
सगरमाथा पदयात्राका लागि काठमाडौंदेखि सोलुखुम्बुको लुक्लासम्म हवाई यात्रा गर्नुपर्छ। त्यसपछि पदयात्रा शुरु हुन्छ। यसका लागि जम्मा दुई साताको समय छुट्याउनुपर्छ।

२. पाथीभरा
ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो पाथीभरा। पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र मानिन्छ। सदरमुकाम फुङ्गलिङबाट १९ किलोमिटर पूर्वोत्तर रहेको यो मन्दिरमा वर्षभरि भक्तजनको भीड लाग्छ। ताप्लेजुङको पाथीभरा मन्दिर समुद्र सतहबाट ३ हजार ७९४ मिटर उचाइमा छ।

Ncell 2
Ncell 2

अन्नले भरिभराउ पाथी जस्तै सुन्दर छ पाथीभरा। मनमोहक आकृति बोकेको यो ठाउँमा पहाडको टुप्पोमा देवीको उत्पत्तिस्थल रहेको विश्वास गरिन्छ। त्यही भएर ती देवीलाई पाथीभरा देवीका नामले पुकारिन्छ। 

ताप्लेजुङका रैथाने लिम्बू समुदाय पाथीभरालाई मुक्तुबुङू भनेर चिन्दछन्। लिम्बू भाषामा ‘मुक्तु’को अर्थ शक्ति वा बल, ‘बुङू’को अर्थ बोट भन्ने जनाउँछ। अर्थात लिम्बू समुदायले पाथीभरालाई शक्ति वा बलको श्रोत मान्ने गर्छ।

कसरी पुग्ने ?
ताप्लेजुङ विकट क्षेत्र भएपनि अब त्यहाँसम्म पुग्न त्यति कठिनाइ छैन। काठमाडौंदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङसम्म बस चल्छ। त्यहाँबाट फेदीसम्म जिपमा गएर त्यसपछि  पैदल ४ घण्टा उकालो यात्रा तय गरेर पाथीभरा पुग्न सकिन्छ। अथवा काठमाडौंदेखि ताप्लेजुङको सुकेटारसम्म हवाईजहाज चल्छ। त्यसपछि जिपमा तल्लो फेदीसम्म जान सकिन्छ। 

३. जनकपुर 
प्राचीन मिथिलाको राजधानी हो, जनकपुर। जनकपुरको जानकी मन्दिर प्रदेश–२ को प्रमुख पर्यटकीय स्थल हो। धार्मिक र सांस्कृतिक हिसाबले धनी मानिने मैथिल सभ्यताको धरोहरको रूपमा रहेको यो मन्दिर हिन्दूहरूको पवित्र तीर्थस्थलमा पर्दछ।

मुगल शैलीमा निर्मित जानकी मन्दिर कलाकौशलका हिसाबले पनि भव्य र आकर्षक छ। जानकी मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न प्रयास गरिरहेको छ। राममन्दिर, गंगासागर पोखरी जनकपुरका थप आकर्षण हुन्। यहाँको रीतिरिवाज, संस्कृति र खानपान त आकर्षणको केन्द्र हुने नै भए।

कसरी पुग्ने ?
काठमाडौंबाट २६५ किलोमिटर दूरीमा रहेको जनकपुर आठ घण्टाको बस यात्रामा पुगिन्छ। काठमाडौंबाट जनकपुर सीधा हवाइसेवाले पनि जोडिएको छ। 

४. नगरकोट 
प्राकृतिक सुन्दरतादेखि हिमाली दृष्यावलोकनका लागि काठमाडौंबाट सहजै पुग्न सकिने स्थान हो, नगरकोट। सूर्योदय र सूर्यास्तको रमणीय दृश्यावलोकन गर्न नगरकोट विश्वका उत्कृष्ट दश स्थानमध्येमा पर्छ।

यहाँबाट लाङटाङ, दोर्जे लाक्पा, गणेश, चो यू, गौरीशंकर लगायत हिमाल मात्र होइन, मौसम खुला भएको बेला संसारको सर्वोच्च शिखर सगरमाथा समेत हेर्न सकिन्छ। नगरकोटबाट साँखु, धुलिखेल र चिसापानीसम्म गर्न सकिने हाइकिङ पनि प्रख्यात छ।

कसरी पुग्ने ?
काठमाडौंदेखि भक्तपुरको कमलविनायक हुँदै सार्वजनिक बसबाट नगरकोट पुग्न सकिन्छ। निजी सवारी साधनमा जाँदा काठमाडौंबाट एक घण्टामा नगरकोट पुगिन्छ। 

५. मुक्तिनाथ, मुस्ताङ 
हिमाली भूगोलका मनोरम दृश्य, पृथक भूगोल, हिमाली जीवनशैली, धार्मिक सम्पदा मुस्ताङका प्रमुख आकर्षण हुन्। मुस्ताङलाई हिमालपारिको जिल्ला पनि भनिन्छ। विदेशी पर्यटकमाझ अन्नपूर्ण पदमार्गका कारण प्रख्यात यो जिल्लाको मुक्तिनाथ आन्तरिक पर्यटकका लागि भने धार्मिक आस्थाको केन्द्र बनेको छ। मुक्तिनाथ क्षेत्र हिन्दू र बौद्ध दुवै धर्मवलम्बीको साझा तीर्थस्थल हो। नेपाल मात्र होइन, भारतबाट समेत यहाँ तीर्थालुको भीड लाग्छ।

मुस्ताङ जाने अधिकांश पर्यटकले सदरमुकाम जोमसोमदेखि तीन घण्टाको पैदल यात्रामा पुगिने कागबेनीसम्मको तल्लो मुस्ताङको यात्रा रुचाउँछन्। विकट भू-बनोट रहेको उपल्लो मुस्ताङ तिब्बती रहनसहन र संस्कृतिको भण्डार पनि हो। यहाँ प्राचीन गुम्बाहरू, स्तूपा आदि दर्शनीय मानिन्छन्।

कसरी पुग्ने ?
काठमाडौंदेखि निजी सवारी साधनमा मुस्ताङ जान सकिन्छ। पोखरा–जोमसोम दैनिक हवाईजहाज पनि सञ्चालनमा छ। त्यहाँ चार्टर्ड फ्लाइट पनि भइरहन्छन्। 

६. रारा
कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित राराताल नेपालको सबैभन्दा ठूलो ताल हो। समुद्री सतहबाट २ हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल रारा राष्ट्रिय निकुञ्जसँगै रहेको छ। तालछउमै एउटा होटल छ, २० मिनेटको दूरीमा होमस्टे पनि सञ्चालनमा छन्। यी होटलका कोठाहरुबाहेक टेण्टमा पनि पाहुनालाई बास बसाइन्छ। रारा तालको गहिराई १६७ मिटर छ।

कसरी पुग्ने ?
पश्चिम नेपालको प्रवेशद्धार मानिने नेपालगन्जको राँझा विमानस्थलबाट सिधै मुगुको ताल्चा विमानस्थलसम्म हवाईजहाजमा पुग्न सकिन्छ। तत्पश्चात रारा तालको किनारमा पुग्न तीन घण्टाको पैदल यात्रा तय गर्नुपर्छ। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीसम्म सार्वजनिक बस चल्छन्। त्यहाँबाट दुई घण्टाको यात्रामा राराताल पुग्न सकिन्छ। 

७. स्वर्गद्वारी 
प्युठानको स्वर्गद्वारीको आफ्नै महत्व छ। यो धार्मिकसँगै प्राकृतिक सौन्दर्यको खानी पनि हो। पुराण अनुसार पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिममा प्रयोग गरेको बाटो मानेर यसको नाम स्वर्गद्वारी रहन गएको हो। यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लु लगायतका हिमाल हेर्न सकिन्छ।

कसरी पुग्ने ?
काठमाडौंबाट रोल्पा जाने बस चढेर प्युठानको भिंग्री पुग्न सकिन्छ। त्यहाँबाट तीन घण्टाको पैदल यात्रामा स्वर्गद्वारी आइपुग्छ। निजी सवारीसाधन भए त सिधै स्वर्गद्वारी मन्दिरसम्मै पुग्न सकिन्छ। योबाहेक हवाइ यात्राका लागि पनि सजिलो छ। काठमाडौंबाट नेपालगन्जसम्म वा भैरहवासम्म हवाइजहाजमा गएर त्यहाँबाट बसमा पनि स्वर्गद्वारी पुग्न सकिन्छ। 

८. सिंजा उपत्यका 
नेपाली खस भाषा र संस्कृतिको उद्‌गम थलो मानिने जुम्लाको सिंजा उपत्यका ऐतिहासिक ठाउँ हो। वरिपरि पहाडले घेरेको समथर ठाउँमा तिला नदीको दायाँ–बायाँ गुजुमुज्ज बसेको बस्ती नै नेपालीभाषाको उद्‌गमथलो सिंजा हो।

कुनै बेलाका बाइसे, चौबीसे राज्यमध्येको शक्तिशाली राज्यको पहिचान बोकेको सिंजा देशको सबैभन्दा ठूलो ताल रारा जाने बाटोमा पर्छ। सिंजा पुगेपछि त्यहाँबाट तीन घण्टाको बसयात्रामा पुगिने खलंगा बजारमा अवस्थित चन्दननाथ मन्दिर जुम्लाको अर्को आकर्षण हो। 

कसरी पुग्ने ?
नेपालगञ्जबाट ४५ मिनेटको हवाई यात्रापछि जुम्लाको खलंगा र त्यहाँबाट सवारी साधनमा तीन घण्टाको यात्रामा सिंजा उपत्यका पुग्न सकिन्छ। यसबाहेक सुर्खेतदेखि सार्वजनिक सवारी साधनमा १२ घण्टाको यात्रापछि सिंजा पुगिन्छ।

९. खप्तड 
खप्तडलाई धेरैले भू-स्वर्ग भन्छन् अर्थात् धर्तीको स्वर्ग। प्राकृतिक सुन्दरताको अनुपम उपहार हो, खप्तड। विगतमा यो याममा हरियाली हुने भए पनि यो वर्ष धेरै हिउँ परेकाले प्रकृति धेरै खुलेको छैन। तर, पनि यसको सौन्दर्य उस्तै छ।

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्रलिंग, केदारढुंगा जस्ता धार्मिक स्थलहरू दर्शनीय छन्। ठूला–साना गरी २२ वटा फाँट पनि यहाँका आकर्षण हुन्।

कसरी पुग्ने ?
काठमाडौंबाट धनगढीसम्म हवाइजहाजमा पुग्न सकिन्छ। वा काठमाडौंदेखि ६५० किलोमिटर बस यात्रापछि धनगढी पुगिन्छ। त्यहाँबाट बसमा आठ घण्टामा डोटीको सिलगढी, सिलगढीबाट जीप रिजर्भ गरेर करीब चार घण्टामा खप्तडको प्रवेशद्वार झिग्राना पुगेपछि पैदलयात्रा शुरु हुन्छ। झिग्रनादेखि त्यहाँबाट पैदल एक दिनमा खप्तडको त्रिवेणी पुगिन्छ। 

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
क्यारिबियनमा लागुऔषध तस्करविरुद्ध जमिनबाट कारबाही सुरु गर्ने अमेरिकी घोषणा
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो बिहीबार, मंसिर १८, २०८२
क्यारिबियनमा लागुऔषध तस्करविरुद्ध जमिनबाट कारबाही सुरु गर्ने अमेरिकी घोषणा बिहीबार, मंसिर १८, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आज भारत आइपुग्दै पुटिन बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने बुधबार, मंसिर १७, २०८२
क्यानका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा बुधबार, मंसिर १७, २०८२
धोबीखोलामा युवकको शव फेला बिहीबार, मंसिर १८, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्