• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नयाँ वर्षमा घुम्ने ७ प्रदेशका ९ गन्तव्य

64x64
नेपाल लाइभ बुधबार, वैशाख १, २०७८  ०७:०७
1140x725

काठमाडाैं- गत वर्षदेखि शुरू भएको कोरोना महामारीको सन्त्रास बढ्दै र घट्दै फेरि बढ्न थालेको छ। महामारीको सबभन्दा मारमा परेको छ, पर्यटन क्षेत्र। किनभने घुमघाम अवरुद्ध छ। एकातिर कोरोनाको त्रास, अर्कोतर्फ यसबाट सिर्जित आर्थिक समस्या। तर, महामारीबीच पनि जीवन त चल्छ नै। त्यसैगरी, विस्तारै घुमघाम पनि बढ्दो छ।

महामारीकै बीच पनि स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर घुमघामलाई निरन्तरता दिन सकिन्छ। नयाँ वर्ष शुरु भएको छ। घुमघामका पारखीले यहीबेला आफ्नो शोख पूरा गर्ने प्रयास गर्छन् पनि। यो न धेरै गर्मी, न धेरै जाडो, न पानी पर्ने, घुम्नका लागि उपयुक्त मौसम पनि हो। यही कुरालाई ध्यानमा राखेर हामीले सात प्रदेशका ९ वटा गन्तव्य सिफारिस गरेका छौं। आन्तरिक पर्यटकले रुचाएका, लामो र छोटो दुवैखाले गन्तव्य यसमा समेटिएका छन्। 

१. सगरमाथा क्षेत्र
नेपाल घुम्न आउने विदेशी पर्यटकको प्रमुख रोजाइमध्येको एक हो- सगरमाथा क्षेत्रको पदयात्रा। तर, पछिल्लो समय यो क्षेत्र आन्तरिक पर्यटकको पनि रोजाइमा परेको छ। पदयात्रा रुचाउनेका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्मको यात्रा रोमाञ्चक हुन्छ नै। यो हिमाली क्षेत्रको उत्कृष्ट अनुभवसमेत हुने लुक्लाका पर्यटन व्यवसायी आङ्टासी शेर्पा बताउँछन्। 

सगरमाथा क्षेत्रमा विभिन्न पदमार्ग छन्। तर, आँखै अगाडि संसारकै अग्लो शिखर हेर्नका लागि कालापत्थर सर्वाधिक उपयुक्त स्थान हो। समुद्री सतहबाट ५ हजार ५५५ मिटर उचाइमा रहेको यो ठाउँबाट सगरमाथासँगै अन्य हिमाललाई ३६० डिग्रीमा हेर्न सकिन्छ।

कसरी पुग्ने ?
सगरमाथा पदयात्राका लागि काठमाडौंदेखि सोलुखुम्बुको लुक्लासम्म हवाई यात्रा गर्नुपर्छ। त्यसपछि पदयात्रा शुरु हुन्छ। यसका लागि जम्मा दुई साताको समय छुट्याउनुपर्छ।

२. पाथीभरा
ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो पाथीभरा। पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र मानिन्छ। सदरमुकाम फुङ्गलिङबाट १९ किलोमिटर पूर्वोत्तर रहेको यो मन्दिरमा वर्षभरि भक्तजनको भीड लाग्छ। ताप्लेजुङको पाथीभरा मन्दिर समुद्र सतहबाट ३ हजार ७९४ मिटर उचाइमा छ।

Ncell 2
Ncell 2
nimb
nimb

अन्नले भरिभराउ पाथी जस्तै सुन्दर छ पाथीभरा। मनमोहक आकृति बोकेको यो ठाउँमा पहाडको टुप्पोमा देवीको उत्पत्तिस्थल रहेको विश्वास गरिन्छ। त्यही भएर ती देवीलाई पाथीभरा देवीका नामले पुकारिन्छ। 

ताप्लेजुङका रैथाने लिम्बू समुदाय पाथीभरालाई मुक्तुबुङू भनेर चिन्दछन्। लिम्बू भाषामा ‘मुक्तु’को अर्थ शक्ति वा बल, ‘बुङू’को अर्थ बोट भन्ने जनाउँछ। अर्थात लिम्बू समुदायले पाथीभरालाई शक्ति वा बलको श्रोत मान्ने गर्छ।

कसरी पुग्ने ?
ताप्लेजुङ विकट क्षेत्र भएपनि अब त्यहाँसम्म पुग्न त्यति कठिनाइ छैन। काठमाडौंदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङसम्म बस चल्छ। त्यहाँबाट फेदीसम्म जिपमा गएर त्यसपछि  पैदल ४ घण्टा उकालो यात्रा तय गरेर पाथीभरा पुग्न सकिन्छ। अथवा काठमाडौंदेखि ताप्लेजुङको सुकेटारसम्म हवाईजहाज चल्छ। त्यसपछि जिपमा तल्लो फेदीसम्म जान सकिन्छ। 

३. जनकपुर 
प्राचीन मिथिलाको राजधानी हो, जनकपुर। जनकपुरको जानकी मन्दिर प्रदेश–२ को प्रमुख पर्यटकीय स्थल हो। धार्मिक र सांस्कृतिक हिसाबले धनी मानिने मैथिल सभ्यताको धरोहरको रूपमा रहेको यो मन्दिर हिन्दूहरूको पवित्र तीर्थस्थलमा पर्दछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मुगल शैलीमा निर्मित जानकी मन्दिर कलाकौशलका हिसाबले पनि भव्य र आकर्षक छ। जानकी मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न प्रयास गरिरहेको छ। राममन्दिर, गंगासागर पोखरी जनकपुरका थप आकर्षण हुन्। यहाँको रीतिरिवाज, संस्कृति र खानपान त आकर्षणको केन्द्र हुने नै भए।

कसरी पुग्ने ?
काठमाडौंबाट २६५ किलोमिटर दूरीमा रहेको जनकपुर आठ घण्टाको बस यात्रामा पुगिन्छ। काठमाडौंबाट जनकपुर सीधा हवाइसेवाले पनि जोडिएको छ। 

४. नगरकोट 
प्राकृतिक सुन्दरतादेखि हिमाली दृष्यावलोकनका लागि काठमाडौंबाट सहजै पुग्न सकिने स्थान हो, नगरकोट। सूर्योदय र सूर्यास्तको रमणीय दृश्यावलोकन गर्न नगरकोट विश्वका उत्कृष्ट दश स्थानमध्येमा पर्छ।

यहाँबाट लाङटाङ, दोर्जे लाक्पा, गणेश, चो यू, गौरीशंकर लगायत हिमाल मात्र होइन, मौसम खुला भएको बेला संसारको सर्वोच्च शिखर सगरमाथा समेत हेर्न सकिन्छ। नगरकोटबाट साँखु, धुलिखेल र चिसापानीसम्म गर्न सकिने हाइकिङ पनि प्रख्यात छ।

कसरी पुग्ने ?
काठमाडौंदेखि भक्तपुरको कमलविनायक हुँदै सार्वजनिक बसबाट नगरकोट पुग्न सकिन्छ। निजी सवारी साधनमा जाँदा काठमाडौंबाट एक घण्टामा नगरकोट पुगिन्छ। 

५. मुक्तिनाथ, मुस्ताङ 
हिमाली भूगोलका मनोरम दृश्य, पृथक भूगोल, हिमाली जीवनशैली, धार्मिक सम्पदा मुस्ताङका प्रमुख आकर्षण हुन्। मुस्ताङलाई हिमालपारिको जिल्ला पनि भनिन्छ। विदेशी पर्यटकमाझ अन्नपूर्ण पदमार्गका कारण प्रख्यात यो जिल्लाको मुक्तिनाथ आन्तरिक पर्यटकका लागि भने धार्मिक आस्थाको केन्द्र बनेको छ। मुक्तिनाथ क्षेत्र हिन्दू र बौद्ध दुवै धर्मवलम्बीको साझा तीर्थस्थल हो। नेपाल मात्र होइन, भारतबाट समेत यहाँ तीर्थालुको भीड लाग्छ।

मुस्ताङ जाने अधिकांश पर्यटकले सदरमुकाम जोमसोमदेखि तीन घण्टाको पैदल यात्रामा पुगिने कागबेनीसम्मको तल्लो मुस्ताङको यात्रा रुचाउँछन्। विकट भू-बनोट रहेको उपल्लो मुस्ताङ तिब्बती रहनसहन र संस्कृतिको भण्डार पनि हो। यहाँ प्राचीन गुम्बाहरू, स्तूपा आदि दर्शनीय मानिन्छन्।

कसरी पुग्ने ?
काठमाडौंदेखि निजी सवारी साधनमा मुस्ताङ जान सकिन्छ। पोखरा–जोमसोम दैनिक हवाईजहाज पनि सञ्चालनमा छ। त्यहाँ चार्टर्ड फ्लाइट पनि भइरहन्छन्। 

६. रारा
कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित राराताल नेपालको सबैभन्दा ठूलो ताल हो। समुद्री सतहबाट २ हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल रारा राष्ट्रिय निकुञ्जसँगै रहेको छ। तालछउमै एउटा होटल छ, २० मिनेटको दूरीमा होमस्टे पनि सञ्चालनमा छन्। यी होटलका कोठाहरुबाहेक टेण्टमा पनि पाहुनालाई बास बसाइन्छ। रारा तालको गहिराई १६७ मिटर छ।

कसरी पुग्ने ?
पश्चिम नेपालको प्रवेशद्धार मानिने नेपालगन्जको राँझा विमानस्थलबाट सिधै मुगुको ताल्चा विमानस्थलसम्म हवाईजहाजमा पुग्न सकिन्छ। तत्पश्चात रारा तालको किनारमा पुग्न तीन घण्टाको पैदल यात्रा तय गर्नुपर्छ। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीसम्म सार्वजनिक बस चल्छन्। त्यहाँबाट दुई घण्टाको यात्रामा राराताल पुग्न सकिन्छ। 

७. स्वर्गद्वारी 
प्युठानको स्वर्गद्वारीको आफ्नै महत्व छ। यो धार्मिकसँगै प्राकृतिक सौन्दर्यको खानी पनि हो। पुराण अनुसार पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिममा प्रयोग गरेको बाटो मानेर यसको नाम स्वर्गद्वारी रहन गएको हो। यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लु लगायतका हिमाल हेर्न सकिन्छ।

कसरी पुग्ने ?
काठमाडौंबाट रोल्पा जाने बस चढेर प्युठानको भिंग्री पुग्न सकिन्छ। त्यहाँबाट तीन घण्टाको पैदल यात्रामा स्वर्गद्वारी आइपुग्छ। निजी सवारीसाधन भए त सिधै स्वर्गद्वारी मन्दिरसम्मै पुग्न सकिन्छ। योबाहेक हवाइ यात्राका लागि पनि सजिलो छ। काठमाडौंबाट नेपालगन्जसम्म वा भैरहवासम्म हवाइजहाजमा गएर त्यहाँबाट बसमा पनि स्वर्गद्वारी पुग्न सकिन्छ। 

८. सिंजा उपत्यका 
नेपाली खस भाषा र संस्कृतिको उद्‌गम थलो मानिने जुम्लाको सिंजा उपत्यका ऐतिहासिक ठाउँ हो। वरिपरि पहाडले घेरेको समथर ठाउँमा तिला नदीको दायाँ–बायाँ गुजुमुज्ज बसेको बस्ती नै नेपालीभाषाको उद्‌गमथलो सिंजा हो।

कुनै बेलाका बाइसे, चौबीसे राज्यमध्येको शक्तिशाली राज्यको पहिचान बोकेको सिंजा देशको सबैभन्दा ठूलो ताल रारा जाने बाटोमा पर्छ। सिंजा पुगेपछि त्यहाँबाट तीन घण्टाको बसयात्रामा पुगिने खलंगा बजारमा अवस्थित चन्दननाथ मन्दिर जुम्लाको अर्को आकर्षण हो। 

कसरी पुग्ने ?
नेपालगञ्जबाट ४५ मिनेटको हवाई यात्रापछि जुम्लाको खलंगा र त्यहाँबाट सवारी साधनमा तीन घण्टाको यात्रामा सिंजा उपत्यका पुग्न सकिन्छ। यसबाहेक सुर्खेतदेखि सार्वजनिक सवारी साधनमा १२ घण्टाको यात्रापछि सिंजा पुगिन्छ।

९. खप्तड 
खप्तडलाई धेरैले भू-स्वर्ग भन्छन् अर्थात् धर्तीको स्वर्ग। प्राकृतिक सुन्दरताको अनुपम उपहार हो, खप्तड। विगतमा यो याममा हरियाली हुने भए पनि यो वर्ष धेरै हिउँ परेकाले प्रकृति धेरै खुलेको छैन। तर, पनि यसको सौन्दर्य उस्तै छ।

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्रलिंग, केदारढुंगा जस्ता धार्मिक स्थलहरू दर्शनीय छन्। ठूला–साना गरी २२ वटा फाँट पनि यहाँका आकर्षण हुन्।

कसरी पुग्ने ?
काठमाडौंबाट धनगढीसम्म हवाइजहाजमा पुग्न सकिन्छ। वा काठमाडौंदेखि ६५० किलोमिटर बस यात्रापछि धनगढी पुगिन्छ। त्यहाँबाट बसमा आठ घण्टामा डोटीको सिलगढी, सिलगढीबाट जीप रिजर्भ गरेर करीब चार घण्टामा खप्तडको प्रवेशद्वार झिग्राना पुगेपछि पैदलयात्रा शुरु हुन्छ। झिग्रनादेखि त्यहाँबाट पैदल एक दिनमा खप्तडको त्रिवेणी पुगिन्छ। 

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला
सम्बन्धित सामग्री
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्या... बिहीबार, असोज २२, २०८३
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्